• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

गठबन्धनका दलबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुने काठमाडौं–३, पूर्व सांसद र पूर्व मेयरको प्रतिस्पर्धामा स्वतन्त्र ‘निर्णायक’!

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  १८:१३
1140x725

काठमाडौं–  गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनताका काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरको टिकटका लागि नेपाली कांग्रेसमा निकै रस्साकस्सी चल्यो। गोकर्णेश्वरको मेयरका लागि कांग्रेसभित्र दर्जनको हाराहारीमा आकांक्षी थिए। दिपक रिसाल, सन्तोष चालिसे, विमल ठकुरी लगायत मुख्य आकांक्षी थिए। 

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो। कांग्रेसले ११ गतेसम्म उम्मेदवार टुंग्याउन सकेको थिएन। १२ गते ‘अन्तिम समय’मा आएर रिसालले मेयरको टिकट पाए। तर, निर्वाचन परिणाम सार्वजनिक हुँदा टिकट वितरणका क्रममा देखिएको रस्साकस्सीको असर देखियो। मतगणनाको अन्तिमतिर मात्रै झिनो मतन्तारले रिसाल मेयर निर्वाचित भए। तर, उपमेयर भने एमालेको ‘हात’मा गयो। 

वडाको परिणाम पनि कांग्रेसका लागि सुखद रहेन। कांग्रेसले पहिले (२०७४ सालको निर्वाचनमा) जितेका २ वडा गुमाएर ३ वटामा मात्रै चित्त बुझाउनुपर्‍यो। एमालेले ५ वडाको वडाध्यक्ष जित्दा कांग्रेसबाट विद्रोह गरेर वडाध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार पनि विजयी भए। 

काठमाडौं क्षेत्र नम्बर ३ मा पर्ने यो नगरपालिकाको मतपरिणामले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामलाई पनि ‘संकेत’ गर्ने कांग्रेसका नेताहरुको बुझाइ छ। 

गठबन्धनबीच ‘मित्रवत’ प्रतिस्पर्धा
सत्तामा रहेका र प्रतिपक्षी दलले देशभर नै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवार तय गर्दा काठमाडौं ३ मा भने सबैका आ–आफ्नै उम्मेदवार छन्। सत्ता गठबन्धनका मुख्य २ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता एमाले, एमाले नेतृत्वको गठबन्धनको साझेदार जसपा र राप्रपाले पनि उम्मेदवार उठाएको छ। 

काठमाडौं ३ मा कांग्रेसबाट सन्तोष चालिसे, नेकपा एमालेबाट कृष्ण बहादुर राई, माओवादी केन्द्रबाट बद्रिप्रसाद बजगाईं उम्मेदवार छन्। यस्तै, जसपाबाट मोहन कुमार विश्वकर्मा, राप्रपाबाट गणेश गिरि, नेमकिपाबाट विशोक डंगोल, लोसपाबाट मोहनबहादुर बस्नेत उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्। 

एमालेका राईलाई क्षेत्र जोगाउने चुनौती
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ३ बाट नेकपा एमालेका कृष्ण बहादुर राई विजयी भएका थिए। कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार २८५ को मतान्तरले पराजित गरेका राईलाई त्यतिबेला माओवादी केन्द्रको पनि साथ थियो। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका उम्मेदवार राईले जित हासिल गर्दा कांग्रेसमा भने ‘अन्तर्घात’को विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। बलियो जनाधार रहेको क्षेत्रमा नै पराजित हुनुको मुख्य कारण पार्टी भित्रको आन्तरिक किचलो र ‘अन्तर्घात’ भएको विषयले कांग्रेसभित्र लामै समय विवाद भइरह्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन अवस्थामा माओवादीको साथ र कांग्रेसको ‘अन्तर्घात’ले जित हासिल गरेका राईलाई यसपटक उक्त क्षेत्र जोगाउन सहज छैन।  

काठमाडौं–३ मा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पर्दछ।  

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले १५ हजार ७९५ मत पाएका थिए भने एमालेबाट वडाध्यक्षका उम्मेदवारले १४ हजार ८७६ मत पाएका थिए। माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १ हजार ७३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार ५६ मत र राप्रपाका उम्मेदवारले १ हजार ५१४ मत पाएका थिए। 

आगामी निर्वाचनमा पनि सबैले आ–आफ्नो ‘मत’ होल्ड गर्दा कांग्रेसले सहजै जित निकाल्ने देखिन्छ। स्थानीय तहको निर्वाचनमा आन्तरिक विवादले केही कमजोर नतिजा आएको भएपनि अब मतमा धेरै सुधार आउने कांग्रेसका नेताहरुको भनाइ छ। 

कांग्रेसले आफ्नो मत होल्ड गरी आन्तर्घातको सम्भावनालाई टार्ने हो भने एमालेका राईलाई जित निकाल्न सहज नहुने देखिन्छ। तर, एमालेका स्थानीय नेताहरु भने कांग्रेसको विवादलाई नै जित्ने आधारको रुपमा अर्थ्याइरहेका छन्। 

‘कांग्रेसको विवाद अहिले पनि छ। गोकर्णेश्वर नगरपालिकामै विवाद छ। कांग्रेसका नेता/कार्यकर्ताहरु पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ,’ राईको चुनावी अभियानमा खटिएका एमालेका एक स्थानीय नेता भन्छन्, ‘त्यसैले हाम्रो जित निश्चितजस्तै छ।’ 

एमालेका उम्मेदवार राई ५ वर्षको अवधिमा आफूले गरेका कामका कारण पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। गठबन्धन नहुनु, कांग्रेसमा आन्तरिक विवाद हुनु र आफ्नो पार्टी तथा व्यक्तिगत रुपमा आफ्नो पनि राम्रो प्रभाव रहेका कारण सहजै जित हासिल हुने राई दाबी गर्छन्। 

‘गठबन्धन नभएर एकल रुपमा प्रतिस्पर्धा गर्दा मनौवैज्ञानिक रुपमा नै एमाले बलियो देखिएको छ। मतदातामा पनि त्यस प्रकारको प्रभाव पर्छ,’ राई भन्छन्, ‘हाम्रो पार्टीको पनि बलियो जनाधार छ। ५ वर्षको अवधिमा मैले धेरै काम गरेको छु, त्यसको पनि सकारात्मक प्रभाव पर्ने भयो।’

मेयरमा टिकट नपाएका चालिसेको संसद बन्ने प्रतिस्पर्धा
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार रहेका सन्तोष चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। ५ वर्षको अवधिमा धेरै कामको सुरुवात गरेको र ती कामलाई पूर्णता दिन मेयरमा दोहोरिन पाउनुपर्ने भन्दै पार्टी (कांग्रेस)मा उनले तीव्र लबिङ गरे। 

तर, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चालिसेले मेयरको टिकट पाएनन्। मेयरमा टिकट नपाएका उनै चालिसे अहिले प्रतिनिधि सभाको उम्मेदवार छन्। 

मेयर हुँदा जोरपाटी–सुन्दरीजल बाटो विस्तारमा आफैं डोजर लिएर हिड्नेदेखि फोहोर मैला व्यवस्थापनका लागि जापान पुगेर मेसिन ल्याउने सम्मका कार्य गरेका थिए। त्यस्तै, स्थानीय महिला, युवा र सहरी किसानहरुका लागि नगरपालिकाबाट कार्यक्रम सञ्चालन गरेको दाबी गर्ने चालिसे आफूलाई विकासवादी नेताको रुपमा प्रस्तुत गर्छन्। 

‘विकासवादी नेता’को आफ्नो छवि नै आफ्नो जितका लागि मुख्य आधार भएको उनी बताउँछन्।  नगरपालिकाबाट सुरु गरेको विकास अब केन्द्रबाट निरन्तरता दिन तथा पालिका, प्रदेश र केन्द्र (संघ)बाट आउने बजेटलाई एकीकृत गरेर सो क्षेत्रको विकासमा लगाउने योजना आफूसँग रहेको चालिसे बताउँछन्। 

कांग्रेसलाई स्वतन्त्रको अर्को चुनौती
बलियो जनाधार रहेको दाबी गरिए पनि नेपाली कांग्रेसका उम्मेदवार चालिसेलाई पनि जित हासिल गर्न त्यति सजिलो छैन। उनका लागि ‘सबैभन्दा ठूलो’ चुनौती कांग्रेसका ३ जना ‘बागी’ (स्वतन्त्र) उम्मेदवार बन्ने देखिन्छ। कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएका निरञ्जन पुडासैनी, श्रीकृष्ण ज्योती र जनन्नाथ देवकोटाले आफ्नो काट्ने चिन्ता चालिसेलाई रहेको छ। स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका उनीहरु उक्त क्षेत्रमा लामो समय समाजसेवा र अन्य काममा अग्रसरता देखाउँदै आएका व्यक्ति हुन्। 

काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनेमा केदारनाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश विष्ट, विन्दु मगर पनि छन्। अधिकांश स्वतन्त्र उम्मेदवारले कांग्रेसकै मत काट्ने अनुमान गरिएको छ। 

त्यस्तै, प्रदेश सभा सदस्यको टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले पनि उम्मेदबारी दिएका छन्। उनले पनि असर पार्ने अनुमान स्थानीय काग्रेस नेताहरुले गरेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्