• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, असार ६, २०८२ Fri, Jun 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
गठबन्धनका दलबीच ‘मित्रवत प्रतिस्पर्धा’ हुने काठमाडौं–३, पूर्व सांसद र पूर्व मेयरको प्रतिस्पर्धामा स्वतन्त्र ‘निर्णायक’!
64x64
नेपाल लाइभ आइतबार, कात्तिक १३, २०७९  १८:१३
1140x725

काठमाडौं–  गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनताका काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरको टिकटका लागि नेपाली कांग्रेसमा निकै रस्साकस्सी चल्यो। गोकर्णेश्वरको मेयरका लागि कांग्रेसभित्र दर्जनको हाराहारीमा आकांक्षी थिए। दिपक रिसाल, सन्तोष चालिसे, विमल ठकुरी लगायत मुख्य आकांक्षी थिए। 

निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो। कांग्रेसले ११ गतेसम्म उम्मेदवार टुंग्याउन सकेको थिएन। १२ गते ‘अन्तिम समय’मा आएर रिसालले मेयरको टिकट पाए। तर, निर्वाचन परिणाम सार्वजनिक हुँदा टिकट वितरणका क्रममा देखिएको रस्साकस्सीको असर देखियो। मतगणनाको अन्तिमतिर मात्रै झिनो मतन्तारले रिसाल मेयर निर्वाचित भए। तर, उपमेयर भने एमालेको ‘हात’मा गयो। 

वडाको परिणाम पनि कांग्रेसका लागि सुखद रहेन। कांग्रेसले पहिले (२०७४ सालको निर्वाचनमा) जितेका २ वडा गुमाएर ३ वटामा मात्रै चित्त बुझाउनुपर्‍यो। एमालेले ५ वडाको वडाध्यक्ष जित्दा कांग्रेसबाट विद्रोह गरेर वडाध्यक्षमा उठेका स्वतन्त्र उम्मेदवार पनि विजयी भए। 

काठमाडौं क्षेत्र नम्बर ३ मा पर्ने यो नगरपालिकाको मतपरिणामले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामलाई पनि ‘संकेत’ गर्ने कांग्रेसका नेताहरुको बुझाइ छ। 

गठबन्धनबीच ‘मित्रवत’ प्रतिस्पर्धा
सत्तामा रहेका र प्रतिपक्षी दलले देशभर नै गठबन्धन गरेर चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवार तय गर्दा काठमाडौं ३ मा भने सबैका आ–आफ्नै उम्मेदवार छन्। सत्ता गठबन्धनका मुख्य २ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता एमाले, एमाले नेतृत्वको गठबन्धनको साझेदार जसपा र राप्रपाले पनि उम्मेदवार उठाएको छ। 

काठमाडौं ३ मा कांग्रेसबाट सन्तोष चालिसे, नेकपा एमालेबाट कृष्ण बहादुर राई, माओवादी केन्द्रबाट बद्रिप्रसाद बजगाईं उम्मेदवार छन्। यस्तै, जसपाबाट मोहन कुमार विश्वकर्मा, राप्रपाबाट गणेश गिरि, नेमकिपाबाट विशोक डंगोल, लोसपाबाट मोहनबहादुर बस्नेत उम्मेदवारको रुपमा चुनावी मैदानमा छन्। 

एमालेका राईलाई क्षेत्र जोगाउने चुनौती
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं ३ बाट नेकपा एमालेका कृष्ण बहादुर राई विजयी भएका थिए। कांग्रेसकी अम्बिका बस्नेतलाई ४ हजार २८५ को मतान्तरले पराजित गरेका राईलाई त्यतिबेला माओवादी केन्द्रको पनि साथ थियो। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका उम्मेदवार राईले जित हासिल गर्दा कांग्रेसमा भने ‘अन्तर्घात’को विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। बलियो जनाधार रहेको क्षेत्रमा नै पराजित हुनुको मुख्य कारण पार्टी भित्रको आन्तरिक किचलो र ‘अन्तर्घात’ भएको विषयले कांग्रेसभित्र लामै समय विवाद भइरह्यो। 

Ncell 2
Ncell 2

तत्कालीन अवस्थामा माओवादीको साथ र कांग्रेसको ‘अन्तर्घात’ले जित हासिल गरेका राईलाई यसपटक उक्त क्षेत्र जोगाउन सहज छैन।  

काठमाडौं–३ मा गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २, ३ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ पर्दछ।  

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले १५ हजार ७९५ मत पाएका थिए भने एमालेबाट वडाध्यक्षका उम्मेदवारले १४ हजार ८७६ मत पाएका थिए। माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले १ हजार ७३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार ५६ मत र राप्रपाका उम्मेदवारले १ हजार ५१४ मत पाएका थिए। 

आगामी निर्वाचनमा पनि सबैले आ–आफ्नो ‘मत’ होल्ड गर्दा कांग्रेसले सहजै जित निकाल्ने देखिन्छ। स्थानीय तहको निर्वाचनमा आन्तरिक विवादले केही कमजोर नतिजा आएको भएपनि अब मतमा धेरै सुधार आउने कांग्रेसका नेताहरुको भनाइ छ। 

कांग्रेसले आफ्नो मत होल्ड गरी आन्तर्घातको सम्भावनालाई टार्ने हो भने एमालेका राईलाई जित निकाल्न सहज नहुने देखिन्छ। तर, एमालेका स्थानीय नेताहरु भने कांग्रेसको विवादलाई नै जित्ने आधारको रुपमा अर्थ्याइरहेका छन्। 

‘कांग्रेसको विवाद अहिले पनि छ। गोकर्णेश्वर नगरपालिकामै विवाद छ। कांग्रेसका नेता/कार्यकर्ताहरु पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ,’ राईको चुनावी अभियानमा खटिएका एमालेका एक स्थानीय नेता भन्छन्, ‘त्यसैले हाम्रो जित निश्चितजस्तै छ।’ 

एमालेका उम्मेदवार राई ५ वर्षको अवधिमा आफूले गरेका कामका कारण पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। गठबन्धन नहुनु, कांग्रेसमा आन्तरिक विवाद हुनु र आफ्नो पार्टी तथा व्यक्तिगत रुपमा आफ्नो पनि राम्रो प्रभाव रहेका कारण सहजै जित हासिल हुने राई दाबी गर्छन्। 

‘गठबन्धन नभएर एकल रुपमा प्रतिस्पर्धा गर्दा मनौवैज्ञानिक रुपमा नै एमाले बलियो देखिएको छ। मतदातामा पनि त्यस प्रकारको प्रभाव पर्छ,’ राई भन्छन्, ‘हाम्रो पार्टीको पनि बलियो जनाधार छ। ५ वर्षको अवधिमा मैले धेरै काम गरेको छु, त्यसको पनि सकारात्मक प्रभाव पर्ने भयो।’

मेयरमा टिकट नपाएका चालिसेको संसद बन्ने प्रतिस्पर्धा
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा उम्मेदवार रहेका सन्तोष चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। ५ वर्षको अवधिमा धेरै कामको सुरुवात गरेको र ती कामलाई पूर्णता दिन मेयरमा दोहोरिन पाउनुपर्ने भन्दै पार्टी (कांग्रेस)मा उनले तीव्र लबिङ गरे। 

तर, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चालिसेले मेयरको टिकट पाएनन्। मेयरमा टिकट नपाएका उनै चालिसे अहिले प्रतिनिधि सभाको उम्मेदवार छन्। 

मेयर हुँदा जोरपाटी–सुन्दरीजल बाटो विस्तारमा आफैं डोजर लिएर हिड्नेदेखि फोहोर मैला व्यवस्थापनका लागि जापान पुगेर मेसिन ल्याउने सम्मका कार्य गरेका थिए। त्यस्तै, स्थानीय महिला, युवा र सहरी किसानहरुका लागि नगरपालिकाबाट कार्यक्रम सञ्चालन गरेको दाबी गर्ने चालिसे आफूलाई विकासवादी नेताको रुपमा प्रस्तुत गर्छन्। 

‘विकासवादी नेता’को आफ्नो छवि नै आफ्नो जितका लागि मुख्य आधार भएको उनी बताउँछन्।  नगरपालिकाबाट सुरु गरेको विकास अब केन्द्रबाट निरन्तरता दिन तथा पालिका, प्रदेश र केन्द्र (संघ)बाट आउने बजेटलाई एकीकृत गरेर सो क्षेत्रको विकासमा लगाउने योजना आफूसँग रहेको चालिसे बताउँछन्। 

कांग्रेसलाई स्वतन्त्रको अर्को चुनौती
बलियो जनाधार रहेको दाबी गरिए पनि नेपाली कांग्रेसका उम्मेदवार चालिसेलाई पनि जित हासिल गर्न त्यति सजिलो छैन। उनका लागि ‘सबैभन्दा ठूलो’ चुनौती कांग्रेसका ३ जना ‘बागी’ (स्वतन्त्र) उम्मेदवार बन्ने देखिन्छ। कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएका निरञ्जन पुडासैनी, श्रीकृष्ण ज्योती र जनन्नाथ देवकोटाले आफ्नो काट्ने चिन्ता चालिसेलाई रहेको छ। स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका उनीहरु उक्त क्षेत्रमा लामो समय समाजसेवा र अन्य काममा अग्रसरता देखाउँदै आएका व्यक्ति हुन्। 

काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनेमा केदारनाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश विष्ट, विन्दु मगर पनि छन्। अधिकांश स्वतन्त्र उम्मेदवारले कांग्रेसकै मत काट्ने अनुमान गरिएको छ। 

त्यस्तै, प्रदेश सभा सदस्यको टिकट बाँडफाँटमा असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्व वडाध्यक्ष दीपेन्द्र लामाले पनि उम्मेदबारी दिएका छन्। उनले पनि असर पार्ने अनुमान स्थानीय काग्रेस नेताहरुले गरेका छन्। 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १८:१३
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त
सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
बस्ती जोगाउन जैविक तटबन्ध निर्माण शुक्रबार, असार ६, २०८२
दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री ओली द्वारा खुसी व्यक्त शुक्रबार, असार ६, २०८२
सुनको मूल्य तोलामा ८ सयले घट्यो, कतिमा हुँदैछ कारोवार ? शुक्रबार, असार ६, २०८२
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै शुक्रबार, असार ६, २०८२
कैलालीमा एक सुत्केरी महिला मृत फेला शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ५, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ?
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? बिहीबार, असार ५, २०८२
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ
आर्थिक समृद्धिका लागि जलविद्युत् र धार्मिक पर्यटनलाई सरकारले जोड दिनुपर्छ बुधबार, असार ४, २०८२
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: प्रहरी सई नाथ पक्राउ बिहीबार, असार ५, २०८२
दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि बिहीबार, असार ५, २०८२
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले दियो निरन्तरता, तत्काल पक्राउ नगर्न निर्देशन बिहीबार, असार ५, २०८२
टी–२०आई सिरिजमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै शुक्रबार, असार ६, २०८२
आङ सान सुकीको ८० औँ जन्मदिन जेलमा बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
यस्तो छ कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति शुक्रबार, जेठ ३०, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्