• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भीम रावलको टिकट खोसिएपछिको अछाम- १ : पूर्वएमाले र पूर्वमाओवादीको भिडन्तमा कसको पल्ला भारी ?

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, कात्तिक १३, २०७९  २०:४५
1140x725

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका नेता भीम रावलको टिकट खोसिएपछि अछाम- १ चर्चामा छ।

एकल सिफारिस भएका रावललाई टिकट नदिएर उनको ठाउँमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका झपट बोहरालाई उम्मेदवार बनाइएपछि अछाम- १ को चर्चा थप चुलिएको हो।

सो क्षेत्रमा सत्ता-गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन्। 

को हुन् बोहरा?
बोहरा २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अछाम- क्षेत्र १ को (ख) मा प्रदेश सभामा निर्वाचित भएका थिए। त्यसपछि उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए। 

माओवादी त्यागेर एमाले रोजेका बोहरालाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेको थियो। एमालेबाट टिकट पाए पनि पूर्व माओवादी भएका कारण उनी एमालेका जिल्ला स्तरका नेता कार्यकर्तामाझ परिचित हुन बाँकी नै रहेको एमाले नेता कार्यकर्ताहरुको बुझाइ छ।

पूर्वमाओवादी विरुद्ध पूर्वएमाले
नेकपा विभाजनपछि बनेको एकीकृत समाजवादी (एस) मा लागेका शेरबहादुर कुँवरलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ। उनी माओवादी छोडेर एमालेमा प्रवेश गरेका बोहरासँग प्रतिस्पर्धा गर्दैछन्। 

कुँवर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अछाम- १ बाट निर्वाचित भएका थिए। उनी प्रत्यक्ष निर्वाचन लड्दा भीम रावल समानुपातिकमा बसेका थिए। त्यतिबेला उनी भीम रावललाई सुरक्षित गर्न प्रत्यक्ष निर्वाचनमा होमिएका थिए। 

राष्ट्रिय सभा सदस्य रहेका कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो क्षेत्रमा रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिका गरी पाँच पालिका पर्छन्।

भीम रावलको साथ कसलाई? 
अछाम- १ बाट प्रतिनिधि सभामा एकल सिफारिसमा पर्दा पनि टिकट खोसिएपछि रावल चिढिएका छन्। रावलले टिकट नपाएपछि उनी निकट जिल्लाका नेता कार्यकर्ताले राजीनामा दिएका थिए। अछाम- १ का क्षेत्रीय संयोजक प्रकाश शाह लगायतले पदबाट राजीनामा दिएका थिए। 

यद्यपि, शाहले आफूहरुले पार्टीबाट नभई पदबाट मात्रै राजीनामा दिएको नेपाल लाइभसँग बताए। आफूहरुको लामो समयसम्म पार्टीमा लगानी रहेकोले एमाले नछोडेको उनले स्पष्ट पारे। 

'जिल्लाबाट सर्वसम्मत सिफारिस गरेर एउटालाई पठायौं, केन्द्रबाट अर्कैलाई उम्मेदवार बनाएपछि पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिएका हौं,' उनले भने, ‘ म लगायत ३/३६ जना जिल्ला कमिटीका साथीहरुले राजीनामा गरेका हौं। तर जिल्ला कमिटीको बैठकले हाम्रो राजीनामा अस्वीकृत गरेको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रावलले टिकट नपाएका कारण पार्टीमा असमति र असन्तुष्टि भए पनि एमालेले पठाएका उम्मेदवारलाई हराउने आफूहरुको उद्देश्य नभएको शाहीले बताए। उनले भने, ‘हामीसँग अरु विकल्प छैन। गठबन्धनका उम्मेदवारलाई जिताउने कुरा भएन। स्वतन्त्र उम्मेदवारलाई जिताउने कुरा पनि भएन। असहमति हुँदाहुँदै पनि पार्टीका उम्मेदवारलाई जिताउनैपर्ने हुन्छ।'

यो क्षेत्रमा एमालेका बोहोरासहित सत्ता गठबन्धनका शेरबहादुर कुँवर, नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार राजन कुँवर, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माका साथै महेन्द्रबहादुर बोगटी, हिक्मत कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

यस्तो छ स्थानीय तहको अंकगणित
२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने अछाम- १ मा कांग्रेस १४ हजार ९६६, नेकपा एमाले १७ हजार ९१८, माओवादी केन्द्र ५  हजार ९६९, एकीकृत समाजवादी २ हजार ७५२ र स्वतन्त्र १ हजार २१६ मत देखिन्छ।

स्था नीय तह निर्वाचनमा रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसले ३ हजार १९०, माओवादी केन्द्र २ हजार ६६६, नेकपा एमाले २  हजार ९४६ र एकीकृत समाजवादीले ६६ मत प्राप्त गरेको देखिन्छ।

बान्नीगढी जयगढ गाउँपालिकामा नेकपा एमाले २ हजार ७६४, कांग्रेस १ हजार ८२८, माओवादी केन्द्र ६ सय ९९ र एकीकृत समाजवादीले ३ सय ९२ मत पाएका थिए।

त्यस्तै चौरपाटी गाउँपालिकामा कांग्रेस ३ हजार ८४५ एमाले ३ हजार २१४, माओवादी केन्द्र ९ सय ७४ र एकीकृत समाजवादीले ६ सय ९७ प्राप्त गरेको देखिन्छ।

अछाम- १ मा पर्ने एक मात्र साँफेबगर नगरपालिकामा  एमालेले ५ हजार ६४४, कांग्रेसले ५ हजार ५७९ र समाजवादीले १ हजार ४० मत प्राप्त गरेका छन्। 

यस नगरपालिकामा दुई जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन्। स्वतन्त्र वडाध्यक्षले ४ सय ५३ मत प्राप्त गरेका छन्।

त्यसैगरी मेल्लेख गाउँपालिका एमालेले ३ हजार ३५०, कांग्रेसले २ हजार ३५२, माओवादी १ हजार ६३० र समाजवादीले ५ सय ५७ मत प्राप्त गरेका छन् भने एक जना स्वतन्त्र वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्