• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भीम रावलको टिकट खोसिएपछिको अछाम- १ : पूर्वएमाले र पूर्वमाओवादीको भिडन्तमा कसको पल्ला भारी ?

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, कात्तिक १३, २०७९  २०:४५
1140x725

काठमाडौं- मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका नेता भीम रावलको टिकट खोसिएपछि अछाम- १ चर्चामा छ।

एकल सिफारिस भएका रावललाई टिकट नदिएर उनको ठाउँमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका झपट बोहरालाई उम्मेदवार बनाइएपछि अछाम- १ को चर्चा थप चुलिएको हो।

सो क्षेत्रमा सत्ता-गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर चुनावी प्रतिस्पर्धामा छन्। 

को हुन् बोहरा?
बोहरा २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अछाम- क्षेत्र १ को (ख) मा प्रदेश सभामा निर्वाचित भएका थिए। त्यसपछि उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत भएका थिए। 

माओवादी त्यागेर एमाले रोजेका बोहरालाई माओवादी केन्द्रले पार्टीबाट निष्काशन गरेको थियो। एमालेबाट टिकट पाए पनि पूर्व माओवादी भएका कारण उनी एमालेका जिल्ला स्तरका नेता कार्यकर्तामाझ परिचित हुन बाँकी नै रहेको एमाले नेता कार्यकर्ताहरुको बुझाइ छ।

पूर्वमाओवादी विरुद्ध पूर्वएमाले
नेकपा विभाजनपछि बनेको एकीकृत समाजवादी (एस) मा लागेका शेरबहादुर कुँवरलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ। उनी माओवादी छोडेर एमालेमा प्रवेश गरेका बोहरासँग प्रतिस्पर्धा गर्दैछन्। 

कुँवर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अछाम- १ बाट निर्वाचित भएका थिए। उनी प्रत्यक्ष निर्वाचन लड्दा भीम रावल समानुपातिकमा बसेका थिए। त्यतिबेला उनी भीम रावललाई सुरक्षित गर्न प्रत्यक्ष निर्वाचनमा होमिएका थिए। 

राष्ट्रिय सभा सदस्य रहेका कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्। 

Ncell 2
Ncell 2

यो क्षेत्रमा रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका, साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिका गरी पाँच पालिका पर्छन्।

भीम रावलको साथ कसलाई? 
अछाम- १ बाट प्रतिनिधि सभामा एकल सिफारिसमा पर्दा पनि टिकट खोसिएपछि रावल चिढिएका छन्। रावलले टिकट नपाएपछि उनी निकट जिल्लाका नेता कार्यकर्ताले राजीनामा दिएका थिए। अछाम- १ का क्षेत्रीय संयोजक प्रकाश शाह लगायतले पदबाट राजीनामा दिएका थिए। 

यद्यपि, शाहले आफूहरुले पार्टीबाट नभई पदबाट मात्रै राजीनामा दिएको नेपाल लाइभसँग बताए। आफूहरुको लामो समयसम्म पार्टीमा लगानी रहेकोले एमाले नछोडेको उनले स्पष्ट पारे। 

'जिल्लाबाट सर्वसम्मत सिफारिस गरेर एउटालाई पठायौं, केन्द्रबाट अर्कैलाई उम्मेदवार बनाएपछि पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिएका हौं,' उनले भने, ‘ म लगायत ३/३६ जना जिल्ला कमिटीका साथीहरुले राजीनामा गरेका हौं। तर जिल्ला कमिटीको बैठकले हाम्रो राजीनामा अस्वीकृत गरेको छ।’ 

रावलले टिकट नपाएका कारण पार्टीमा असमति र असन्तुष्टि भए पनि एमालेले पठाएका उम्मेदवारलाई हराउने आफूहरुको उद्देश्य नभएको शाहीले बताए। उनले भने, ‘हामीसँग अरु विकल्प छैन। गठबन्धनका उम्मेदवारलाई जिताउने कुरा भएन। स्वतन्त्र उम्मेदवारलाई जिताउने कुरा पनि भएन। असहमति हुँदाहुँदै पनि पार्टीका उम्मेदवारलाई जिताउनैपर्ने हुन्छ।'

यो क्षेत्रमा एमालेका बोहोरासहित सत्ता गठबन्धनका शेरबहादुर कुँवर, नेपाली कांग्रेसका स्वतन्त्र उम्मेदवार राजन कुँवर, हाम्रो नेपाली पार्टीका तेजप्रसाद शर्माका साथै महेन्द्रबहादुर बोगटी, हिक्मत कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

यस्तो छ स्थानीय तहको अंकगणित
२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने अछाम- १ मा कांग्रेस १४ हजार ९६६, नेकपा एमाले १७ हजार ९१८, माओवादी केन्द्र ५  हजार ९६९, एकीकृत समाजवादी २ हजार ७५२ र स्वतन्त्र १ हजार २१६ मत देखिन्छ।

स्था नीय तह निर्वाचनमा रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसले ३ हजार १९०, माओवादी केन्द्र २ हजार ६६६, नेकपा एमाले २  हजार ९४६ र एकीकृत समाजवादीले ६६ मत प्राप्त गरेको देखिन्छ।

बान्नीगढी जयगढ गाउँपालिकामा नेकपा एमाले २ हजार ७६४, कांग्रेस १ हजार ८२८, माओवादी केन्द्र ६ सय ९९ र एकीकृत समाजवादीले ३ सय ९२ मत पाएका थिए।

त्यस्तै चौरपाटी गाउँपालिकामा कांग्रेस ३ हजार ८४५ एमाले ३ हजार २१४, माओवादी केन्द्र ९ सय ७४ र एकीकृत समाजवादीले ६ सय ९७ प्राप्त गरेको देखिन्छ।

अछाम- १ मा पर्ने एक मात्र साँफेबगर नगरपालिकामा  एमालेले ५ हजार ६४४, कांग्रेसले ५ हजार ५७९ र समाजवादीले १ हजार ४० मत प्राप्त गरेका छन्। 

यस नगरपालिकामा दुई जना स्वतन्त्रले वडाध्यक्ष जितेका छन्। स्वतन्त्र वडाध्यक्षले ४ सय ५३ मत प्राप्त गरेका छन्।

त्यसैगरी मेल्लेख गाउँपालिका एमालेले ३ हजार ३५०, कांग्रेसले २ हजार ३५२, माओवादी १ हजार ६३० र समाजवादीले ५ सय ५७ मत प्राप्त गरेका छन् भने एक जना स्वतन्त्र वडाध्यक्षमा निर्वाचित भएका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु बुधबार, पुस २, २०८२
भिरबाट लडेर वृद्धाको मृत्यु बुधबार, पुस २, २०८२
एमाले महाधिवेशन : प्रतिनिधिहरु लाइनमा, विद्युतीय मतदानको तयारी हुँदै बुधबार, पुस २, २०८२
भेनेजुएलामा आवत–जावत गर्ने सबै तेल ट्यांकरहरुमा पूर्ण नाकाबन्दी गर्ने ट्रम्पको आदेश बुधबार, पुस २, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्