काठमाडौं– कर्नर फ्लाग प्रालिले सिजनको फेन्टासी प्रिमियर लिग (एफपिएल) प्रतियोगिता बिहीबारबाट सुरु गरेको छ।
इंग्लिस प्रिमियर लिग (इपिएल) मा आधारित एफपिएलको अवधि ९ महिना हुनेछ। यो वर्ष ३८ हप्ताको खेलपछि अन्तिममा उत्कृष्ट हुने सहभागीले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक हप्ता उत्कृष्ट हुने एक सहभागीले गिफ्टह्याम्पर प्राप्त गर्नेछन्। गतबर्ष प्रत्येक हप्ता उत्कृष्ट हुनेले नगद ५ हजार प्राप्त गरेका थिए। गतवर्ष १० हजार बढीले सहभागिता जनाएका थिए।
एफपिएलमा सहभागी हुन मोबाइल एप्स फुट्टी फेन्टासी डाउनलोड गर्नुपर्ने हुन्छ। एन्ड्रोइड प्रयोगकर्ताले गुगलप्ले स्टोर र आइओएस प्रयोगकर्ताले एप्स स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन्।
इपिएलमा आधारित रहेर खेलिने एफपिएल कल्पनामा आधारित खेल हो। प्रिमियर लिगको अफिसियल साइटबाट वार्षिक ४५ लाखले फ्यान्टसी फुटबल खेल्ने गर्छन्। गत वर्षको तथ्यांक अनुसार नेपालमा करिब ५० हजारले खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।