नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – दोस्रो एकदिवसीय क्रिकेट
मिति– १८ साउन
समय– दिउँसो २ : ४५ बजे
काठमाडौं– एकदिवसीय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेन। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सदर् ५५ रनले पराजित गरेको थियो।
२ खेलको सिरिजको पहिलो खेलमा कुनै समय नेपाल नेदरल्यान्ड्समाथि हाबी थियो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सलाई नेपालले १ सय ८९ रनमै अलआउट गरेको थियो। सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो। त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल १ सय ३४ रनमा अलआउट हुन पुग्यो।
नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिँदा २६ रन मात्र खर्चिए। सोमपाल कामीले पनि ३ विकेट लिएका थिए। नेदरल्यान्ड्सका लागि मिचेल रिपोप्नले ५१ रन जोडेका थिए।
जवाफमा ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र अनिलकुमार साहले २१ रन जोडेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। तर ब्याटिङमा जमेका रिप्पोन बलिङमा पनि घातक बन्दा नेपालको ब्याटिङ लाइन ध्वस्त बन्यो। रिपोप्पनले ३ विकेट हात पार्दा पिटर सीलार र फ्रेड क्लासेनले पनि ३–३ विकेट नै लिए।
पहिलो खेलले दुवै टिमको ब्याटिङमा समस्या देखिएको छ। बलिङमा दुवै टिमले राम्रो प्रदर्शन गरेको अवस्थामा दोस्रो खेलमा ब्याटिङकै भिडन्त हुने देखिएको छ। खास गरी नेपालको मध्यपंक्तिले सुधार गर्नु पर्ने देखिएको छ।
घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले दोस्रो खेल गुमाउदैछन्। उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन्।
नेपालले शुक्रबार हुने दोस्रो खेलमा जित निकाल्ने लक्ष्य बनाएको छ। कप्तान पारस खड्का दोस्रो खेलबारे भन्छन्,'ब्याटिङमा थेरै सम्हालिएको भए पहिलो खेल सजिलै जित्न सक्थ्यौं। तर त्यस्तो हुन सकेन। दोस्रो खेल राम्रो ब्याटिङ गर्नेमा आशावादी छु।'

प्लेयर्स टु वाच
मिचेल रिप्पोन – नेदरल्यान्ड्स
अलराउन्डर रिप्पोनले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्सले जित हात पार्न सफल भयो। थोरै रन बनेको खेलमा उनले अर्धशतक प्रहार गर्नुका साथै ३ विकेट लिन सफल भए। उनले लिएका ३ विकेट नेपालका शीर्ष ५ ब्याट्सम्यान मध्येका थिए। खेलमा उनी म्याच अफ दि म्याच समेत भए। त्यसलै दोस्रो खेलमा पनि उनी नेपालका लागि घातक बन्न सक्छन्।
पारस खड्का– नेपाल
नेपालका कप्तान पारस खड्काले पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दा नेदरल्यान्ड्स १८९ रनमै समेटियो। उनले ४ विकेट लिन २.६ को इकोनोमीमा बलिङ गरे। जसले गर्दा नेपालले समान्य लक्ष्य पाएको थियो। पहिलो खेलमा ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेका पारस दोस्रो खेलमा पनि नेपालको मुख्य खेलाडी हुन्।
मैदानको अवस्था
शुक्रबार भीआरए मैदानमा घाम लाग्ने पूर्वानुमान छ। तापक्रम २९ डिग्री सेल्सियस पुग्ने अनुमान भएकाले गर्मी हुनेछ। पिच खराब छैन तर सुरुमा ब्याटिङ गर्न असजिलो हुनेछ। बलरका लागि शुक्रबार सुखद दिन हुन सक्छ।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
डच टिम
पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मीकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।