काठमाडौं– नेकपाकी सांसद शशी श्रेष्ठले बलात्कारका घटना सरकारलाई असफल बनाउने षडयन्त्र पनि हुनसक्ने अाशंका गरेकी छिन्। उनले बहुदल आएपछि यस्तै प्रकृतिका घटना हुँदा पञ्चायती पक्षधरले 'बहुदल आएको थाहा छैन' भन्ने गरेको स्मरण गर्दै बलात्कारका घटनाबाट कम्युनिस्ट सरकारलाई बदनाम गरिएको हुनसक्ने बताइन्।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले भनिन् ‘अहिले बहुमत प्राप्त कम्युनिष्ट पार्टीको सरकार छ। यसलाई असफल बनाउनका लागि षडयन्त्र भएको छैन म सरकारको ध्यानाकर्षण गराउँछु।’
पुर्खाहरुले न्याय नपाए गोर्खा जानु तर महिलाहरुले सुरक्षित महशुस नगरेर कहाँ जाने हो भन्दै उनले प्रश्न गरिन्– ‘'कञ्चनपुर , जाजरकोट, कैलालीमा भएको वा काभ्रेमा भएको घटना किन नहोस् यस्तो कार्यमा संलग्नहरुलाई किन कडा कारबाही हुदैन?’
संसदमा चर्कियो बलात्कार प्रकरण
प्रतिनिधि सभाको वैठकमा बोल्ने सांसदहरुले देशभर भएका बलात्कारका घटनाहरुमा छानवीन गर्न माग गरे । सांसदहरुले यस्ता अपराधीहरुलाई फासीको सजाय दिन पनि माग गरे ।
सांसद हृदयश त्रिपाठीले बलत्कारमा संलग्नहरुलाई बाँच्ने अधिकार नभएको भन्दै त्यसतर्फ कानुन निर्माण गर्न माग गरे । सांसद यज्ञराज सुुनुवारले सामुहिक बलात्कार र हत्याको विषयमा सदन गम्भीर हुनु भई सरकारको ध्यानाकर्षण गराउन माग गरे।
पार्वती डिसी चौधरी े आम जनताले सरकार नभएको महसुस गरेको हो भन्दै प्रश्न गरिन्।
सांसद यशोदा सुवेदी गुरुङले महिलामाथि हिंसा धेरै भएको भन्दै महिलाहरुले यसवाट मुक्ती दिन उनले माग गरिन् ।
सांसद डिला संग्रौला पन्तले सरकारले अपराधलाई किन पक्राउ गरेन भनि प्रश्न गरिन् । ‘म निकम्मा सरकारको ध्यानाकर्षण गराउँछु ’ उनले भनिन् ‘ नावालिकाहरु माथि भएको जघन्य घटनामा संलग्न अपराधी किन पक्राउ पर्दैनन । सांसद दुर्गा पौडेलले बलत्कारमा संलग्नहरुलाई कडा भन्दा कडा कारवाही नगर्ने हो भने यसले झन विकराल रुप लिने टिप्पणी गरिन् ।
कानुनी कारवाही कडा नहुदाँ यस्ता कार्यमा संलग्न अपराधीहरुको मनोबल बढेको भन्दै उनले एक पटक यस्तो अपराध गर्नुअघि सोच्नु पर्ने अवस्था आउने गरि कारवाही हुने व्यवस्था राख्न उनले माग गरिन् । महिलाहरुको बाँच्ने अधिकार गुम्ने अवस्था आउन लागेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।