• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

बाँके- २ : कांग्रेसलाई सुशील कोइरालाको विरासत फर्काउने चुनौती, राई र राणाका आ-आफ्नै दाउ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ६, २०७९  १२:५८
1140x725

काठमाडौं– सत्ता गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीले एक्कासी बालुवाटारबाट बाहिर निस्केर नेकपा एमालेसँग सहमतिको प्रयास सुरु गर्‍यो। अन्तत: जसपाको प्रयास सफल भयो र एमालेसँग चुनावी तालमेल गर्न पुग्यो।

सत्ता गठबन्धनमा रहेर केन्द्रमा ४ मन्त्री र मधेस प्रदेशको सरकार जोगाएको जसपाले सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिपक्षी एमालेसँग तालमेल गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि एमालेसँगै तालमेलमा थियो। 

एमालेसँगको तालमेलमा छुट्टाछुट्टै सहमति गरेका यिनै दुई दल जसपा र राप्रपा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा बाँके- २ मा प्रतिस्पर्धीको रुपमा उभिएका छन्।

एमालेले राप्रपालाई साथ दिएको उक्त क्षेत्रमा जसपाका उम्मेदवार मोहम्मद इस्तियाक राई आफ्नो जितलाई निरन्तरता दिने दाउमा छन्। राप्रपाले बलिया उम्मेदवारका रुपमा पार्टी महामन्त्री धवलशमशेर राणालाई चुनावी मैदानमा खडा गरेको छ। 

बाँके २ नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको क्षेत्र हो। यतिबेला कांग्रेसलाई कोइरालाको विरासत फर्काउने चुनौती छ भने जसपा र राप्रपा परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन्। 

मुस्लिम, मधेसी र पहाडे मत रहेको यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। बाँके- २ मा २०७४ सालको निर्वाचनमा एमालेले वाम-गठबन्धन बनाएर उम्मेदवार खडा गरेको थियो भने कांग्रेस र राप्रपाले तालमेल गरेका थिए। तर जित भने जसपाका राईले निकालेका थिए। यस पटक पनि आफ्नो जित सुनिश्चित रहेको राईको दाबी छ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसले माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट सुदीपनरसिंह राणालाई उम्मेदवार बनाएको छ। लोसपाका अब्दुल हन्नान जसगढ चुनावी मैदानमा छन्।

राप्रपाका उम्मेदवार धवल दुई कार्यकाल स्थानीय जनप्रतिनिधि भएर गरेका कामका आधारमा आफूले निर्वाचन जित्ने दावी गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

२०७४ सालमा धवलले नेपालगञ्ज उपमहानगरपालिको मेयर जितेका थिए। मेयरको रुपमा उनी लोकप्रिय नै थिए। यही लोकप्रियतालाई आफ्नो चुनावी नारा बनाएर सांसद हुने दाउमा उनी छन्।

जसपाका उम्मेदवार राई पनि आफ्नो क्षेत्र नगुमाउने रणनीतिमा छन्। उक्त क्षेत्रका मतदाताले फेरि आफूलाई सांसदको रुपमा देख्न चाहेको उनको दावी छ।  

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले बाँके- २ मा कांग्रेसको विरासत फर्कने दावी गरे। यस पटक कांग्रेसलाई माओवादी र समाजवादीको पनि साथ रहेकाले आफ्नो विजयको आधार निर्माण भएको उनको भनाइ छ।

स्थानीय निर्वाचनको मत अनुसार पनि कांग्रेस अगाडि रहेको, त्यसमाथि गठबन्धनको मत पनि थप हुँदा आफ्नो जित सहज भएको उनले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय निर्वाचनको मत कांग्रेसको बढी
वैशाखमा सम्पन्न स्थानीय तहको मत हेर्दा बाँके- २ मा कांग्रेस अगाडि देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडामध्ये २१ वटा वडा यो क्षेत्रमा पर्छन्। यीमध्ये स्थानीय चुनावमा जसपाले ६, नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेका थिए। यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कांग्रेसले एउटा वडा जितेको थियो।

क्षेत्र नम्बर २ अन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस पहिलो, एमाले दोस्रो र जसपा तेस्रो स्थानमा देखिन्छन्। त्यसपछि राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) छन्।  

यो क्षेत्रमा कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादी केन्द्रले ६ हजार ८ सय ५९, नेकपा एकीकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत प्राप्त गरेका थिए। 

सुशील कोइरालाको विरासत फर्काउन कांग्रेसलाई चुनौती 
बाँके- २ मा २०७० सालसम्म कांग्रेस नेता सुशील कोइराला चुनाव लड्ने गरेका थिए। कोइरालाको निधनपछि २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच चुनावी तालमेल भएको थियो। कांग्रेस र राप्रपाका साझा उम्मेदवार ओमप्रकाश आजाद पराजित भएका थिए। यस्तै बामगठबन्धनका तर्फबाट पशुपतिदयाल मिश्र चुनावी मैदानमा थिए। तर तत्कालीन संघीय समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले जित निकाले। राईले २१ हजार पाँच सय ७५ मत ल्याएर जित हात हासिल गरेका थिए भने बाम गठबन्धनका उम्मेदवार मिश्रले १५ हजार ९ सय ५१ मात्र मत पाएका थिए। राप्रपा र नेपाली कांग्रेसका साझा उम्मेदवार आजादले ११ हजार ६ सय २२ मत  पाएका थिए। 

आफ्नो क्षेत्र बचाउने दाउमा राई 
अघिल्लो पटक दुवैतर्फ गठबन्धन हुँदा पनि निर्वाचन जितेका राई यस पटक पनि जित्नुपर्ने चुनौतीमा छन्। शहरी विकास मन्त्री रहेका उनी जसपाले सत्ता गठबन्धनलाई साथ नदिँदा बीचमै बर्खास्तमा परे। मन्त्रीको रुपमा उनले केही प्रभाव पार्न सक्ने भए पनि उक्त अवसर गुमेको छ। तर राईले आफूलाई उक्त क्षेत्रका मतदाताले राम्ररी बुझेकाले जित्नेमा ढुक्क रहेको बताए।

तर उनको जित सहज भने देखिँदैन। उक्त क्षेत्रमा लोसपाले पनि मुस्लिम उम्मेदवार उठाएको छ। धवलशमशेरले जनप्रतिनिधिको रुपमा मुस्लिम प्रभाव क्षेत्रमा केही छाप पारेका कारण भोट विभाजन हुने डर राईलाई देखिन्छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  १२:५८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्