काठमाडौं– सुन तस्करीको अनुसन्धान तथा सनम शाक्य हत्याको अनुसन्धानमा गठन भएको बिशेष अनुसन्धान टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा सुन तस्करीको थप अनुसन्धान गर्न सिफारिस गरिएको छ। साथै, राज्यको संयन्त्रमा रहेका कमजोरीहरु औल्याउँदै त्यसलाई सुधार गर्न सुझाव दिइएको छ।
सहसचिव ईश्वरराज पौडेल नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गएर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझाउने क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत उपस्थित थिए।
प्रतिवेदनका मुख्य अंशबारे बिहीबार गृह मन्त्रलायले सार्ववजनिक गर्ने टोलीका एक सदस्यले बताए।
टोलीले सुन तस्करी र सनम शाक्य हत्यामा संलग्न ७५ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिसकेको छ। केही चर्चित व्यापारीहरुको तस्करीमा संलग्नता खुलेपछि दबाबमा टोलीको म्याद थप नभएको स्रोत बताउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।