काठमाडौं– प्रधानन्यायधीशको अनुमोदनको विषयलाई लिएर नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर अज्ञात व्यक्तिले धम्काएको खुलेको छ। उनले सुरक्षा माग गर्दै बुधबार संसदमा निवेदन दिएकी छिन्। सभामुखलाई समेत उनले लिखित रुपमा यसबारे जानकारी गराएकी छिन्।
मंगलबार साँझ पसलमा निस्कने क्रममा एक व्यक्तिले संसदीय समितिको बैठकमा नजान भन्दै धम्काएको उनको उजुरीमा उल्लेख छ। लगत्तै उनको सुरक्षामा पिएसओ खटाइएको थियो। उनीसहित समितिमा रहेका अधिकांश सांसदहरुले सुरथा थ्रेटका आधारमा पिएसओ लिएका छन्।
नेकपाका सांसदहरु दीपकराज जोशीलाई प्रधानन्याधीशमा नियुक्त नगर्ने पक्षमा छन्। समितिको पाँचौ बैठक सिंहदरबारमा बसिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।