काठमाडौं– प्रधानन्यायधीशमा सिफारिस भएका दीपकराज जोशीको सुनुवाई अन्योलमा परिरहेका बेला नेकपा तथा कांग्रेसका सांसदहरु दौडधुपमा छन्। आज सुनुवाई समितिको पाँचै बैठक बस्दै छ।
बैठकअघि नेकपाका नेता सुवास नेम्वाङ र भानुभक्त ढकालले समितिमा रहेका आफ्ना सांसदहरुसँग छलफल गरेका छन्। सिंहदरबारस्थित संसदीय दलमा उनले छलफल गरेका हुन्। छलफलपछि उनीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न वालुवाटार गएका छन्।
त्यस्तै नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसी र महासचिव खम्म बहादुर खातीले कांग्रेस शेरबहादुर देउवासँग छलफल गरेका छन्।
संसदीय सुनुवाइको नजिता आउने समय नजिकिँदै जाँदा केसी र खाती सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासँग भेटघाटका लागि पुगेका थिए।
उनीहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीकै पक्षमा निर्णय गर्नको लागि दबाब दिएको स्रोत बताउँछ।
नेकपा जोशीलाई अनुमोदन नगर्ने पक्षमा छ भने कांग्रेसले यस विषयमा प्रष्ट निर्णय लिइसकेको छैन।
कांग्रेस जोशीको पक्षमा उभिएमा मतदानमार्फत निर्णय हुने छ। केही सदस्यले भने आजको बैठक पनि स्थगित हुन सक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।