• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी एमाले नेता, जो पहिलोपटक गर्दैछन् प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा 

64x64
भूपेन्द्र शाह ठकुरी शुक्रबार, असोज २८, २०७९  ०९:२९
1140x725

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट सबैभन्दा धेरै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 

धेरै नयाँ अनुहारलाई प्रतिष्पर्धा गराउने राष्ट्रिय पार्टीमा एमाले पहिलो बनेको छ। महिला र दलित उम्मेदवारमा अन्य दलभन्दा एमाले अगाडि छ। 

एमालेबाट चुनाव लड्दै आएका नेताहरुले एकीकृत समाजवादी रोज्दा  केही ठाउँमा नयाँले अवसर पाएका छन्। केही ठाउँमा पनि अध्यक्ष केपी शर्मा ओलीको निकट हुनेहरुले फरक धारका लागि पाखा लगाएका छन्। 

पहिले स्थानीय तह,  अब प्रतिनिधि सभा
कैलाली- १ बाट तपेन्द्र रावल पहिलोपटक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। टीकापुर नगरपालिकाका पूर्वमेयर रावलको  प्रतिष्पर्धा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र सत्ता गठबन्धनबाट कांग्रेस नेता रामजनम चौधरी उम्मेदवार छन्। 

त्यसै गरि ठूलीभेरी नगरपालिकाका पूर्व नगरप्रमुख गणेशबहादुर शाही डोल्पाबाट पहिलो पटक निर्वाचन लड्दै छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित शाही एमाले विभाजनपछि एकीकृत समाजवादी पार्टीमा थिए। शाही गत भदौ १६ गते फेरि एमालेमै प्रवेश गरेका थिए।

त्यसैगरि इमाल नगरपालिकाका पूर्व मेयर महेश बस्नेत पनि पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा होमिएका छन। बस्नेत नेकपा एमाले इलामको अध्यक्ष समेत हुन्।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं जुम्ला जिल्ला इन्चार्ज रतननाथ योगी पहिलोपटक संसदीय निर्वाचनमा होमिएका छन्। जुम्लामा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी गोमा गौतम उम्मेदवार छन्।  पहिलो स्थानीय तहको निर्वाचनमा जुम्लाको तिला गाउँपालिका अध्यक्ष भएका थिए योगी। 

त्यस्तै बाँकेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपति पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। उनी एमाले बाँकेको अध्यक्ष समेत हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेकपा एमाले भक्तपुरबाट क्षेत्र नं १ मा नवराज गेलाल पहिलोपटक  प्रतिनिधि सभा निर्वाचन लड्दैछन्। गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए। 

यसैगरी काठमाडौं- ८ मा सिफारिस शिव वैद्य पनि यसअघि काठमाडौं समन्वय समितिका प्रमुख थिए। अष्टलक्ष्मी शाक्यले टिकट अस्वीकार गरेपछि उनले अवसर पाएका हुन्।

यसैगरी मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।

२०७४ सालको स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा पराजित ढकालको पहिलोपटक प्रतिनिधिसभा निर्वाचन लड्न लागेका हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ललितपुरमा दुई नयाँ
ललितपुर-३ मा अमृत खड्का उम्मेदवार छन्। त्यसैगरि ललितपुर निर्वाचन- २ मा एमालेका प्रेम महर्जनले पहिलोपटकक प्रतिनिधि सभाका लागि प्रतिष्पर्धा गर्दैछन्।

प्रतिनिधि सभामा पहिलोपटक भएपनि प्रेम  स्थानीय चुनाव २०४९ मा तत्कालीन ललितपुर नगरपालिका वडा नम्बर ८ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। यस्तै २०५४ सालको स्थानीय चुनावमा पनि उनी सोही वडाबाट अध्यक्षमा विजयी भएका थिए। 

एमालेमा फर्केपछि अवसर
कञ्चनपुर-१ बाट नेकपा एमालेका तारा लामा तामाङ प्रतिनिधिसभाका निर्वाचनमा प्रतिस्पर्धामा गर्दैछन्। तामाङले केही महिनाअघि मात्रै नेकपा एकिकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका थिए।

उनी यसअघि  कञ्चनपुर  क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेबाट विजयी भएका थिए। तामाङले २० हजार १५ मत प्राप्त गरी विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपाल गुरुङले ९ हजार २९० मत प्राप्त गरेका थिए। यसपल्ट उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी समेत रहेकी बिना मगरसँग प्रतिस्पर्धा गर्नेछन्। 

कर्णाली प्रदेशमा नयाँ
दैलेख - १ बाट नेकपा एमालेका रवीन्द्रराज शर्मा र क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि पहिलोपटक लक्ष्मीप्रसाद पोखरेल निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका छन्। शर्मा नेकपा एमाले दैलेखका पूर्वअध्यक्ष समेत हुन्। 

नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री दल रावल हुम्लाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार छन् । रावल वाम गठबन्धनका तर्फबाट २०७४ मा हुम्लाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं कालिकोटका जिल्ला इन्चार्ज नगेन्द्र शाही पनि पहिलोपटक प्रतिनिधि सभामा पुग्ने प्रयास गर्दैछन्। उनी सत्ता गठबन्धनका महेन्द्र शाहीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमाले मुगुबाट पहिलोपटक राजु कार्की प्रतिनिधि सभामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। लामो समयसम्म पर्यटन व्यवसायमा सक्रिय कार्की मुगुका परिचित युवा नेताका रूपमा परिचित रहेका छन्।

त्यसै गरि सुर्खेत क्षेत्र नम्बर- २ मा प्रतिनिधिसभाका लागि अमृत विसीले उम्मेद्वारी दर्ता गराएका छन् ।  बिसी पहिलोपटक प्रतिनिधि सभाको निर्वाचनमा होमिएका हुन्।

२०६४ देखि सिफारिस, बल्ल अवसर
२०६४ सालदेखि नेकपा एमाले जाजरकोटबाट सांसदको लागि सिफारिस भइरहने नेता हुन् निरज आचार्य। तर उनले  चुनाव लड्ने अवसर भने पहिलोपटक पाएका हुन्। 

२०५४ सालमा उनी १९ वर्षकै उमेरमा जिल्ला विकास समितिको सदस्य भएका थिए।  देशकै कान्छो जनप्रतिनिधिका रुपमा उनको चर्चा भएको थियो। २०४७  सालमा प्रजातान्त्रिक राष्ट्रिय संघका कान्छा केन्द्रीय सदस्य हुन्। उनी यसअघि बेला-बेला संसदको उम्मेदवारका लागि सिफारिस भएपनि उम्मेदवार बन्न सकिरहेका थिएनन्।

यस्तै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापा प्युठानबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन्। 

नेकपा एमालले रोल्पाबाट पूर्णबहादुर बुढामगर पहिलोपटक प्रतिनिधि सभा उम्मेदवार छन्।  उनी स्थानीय तहको निर्वाचन २०७९ सालमा परिवर्तन गाउँपालिका- १ रोल्पामा माओवादी केन्द्रका मैते बुढामगरसँग वडाध्यक्षमा पराजित भएका थिए। मैले ७६३ मत प्राप्त गर्दा पूर्ण बहादुरले ७२ मत प्राप्त गरेका थिए।

नेकपा एमाले नेकपा एमालेका रोल्पाबाट प्रतिनिधि सभा सदस्यका लागि नन्दराम देवकोटाले पहिलोपटक उम्मेदवारी दर्ता गरेका छन् । एमाले रुकुमपूर्वका अध्यक्ष समेत रहेका देवकोटा यस अघि प्रतिनिधि सभामा उम्मेदवारका लागि सिफारिस भएपनि निर्वाचन लड्न पाइरहेका थिएनन्।

त्यस्तै पश्चिम नवलपरासी २ मा जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीलाई एमालेले पहिलो पटक प्रतिनिधि सभा सदस्यको रुपमा अघि सारेको हो। उनी पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीलाई पछि पार्दै उम्मेदवार बन्न सफल बनेका हुन्।

पुरानाले पार्टी छाड्दा,  नयाँलाई अवसर
नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरे पाल्पा- २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहेका गैरेले पहिलो पटक अवसर पाएका हुन् । यस अगाडि उक्त क्षेत्रबाट  सोमप्रसाद निरन्तर चुनाव जित्दै आएका थिए। तत्कालीन नेकपा एमालेका प्रभावशाली नेता माधव नेपालसँग पारिवारिक सम्बन्ध रहेका पाण्डेका कारण गैरे पछि परिरहेका थिए। 

अनेरास्ववियूका पूर्व अध्यक्ष ऐन महर पहिलोपटक प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गर्दैछन्। बझाङ जिल्लाबाट  उम्मेदवारी दिएका उनले जिल्लाका पाका नेताले पार्टी छाड्दा अवसर पाएका हुन्। 

उक्त जिल्लाबाट प्रतिनिधि सभामा दोहोरिरहेका भानुभक्त जोशी एकीकृत समाजवादीमा छन्। सत्ता गठबन्धनबाट जोशी नै उम्मेदवार छ।  एमाले केन्द्रीय सदस्य रहेका महर आफ्नै पूर्व नेतासँग प्रतिष्पर्धामा छन्। 

त्यसैगरि पाल्पा क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नारायण प्रसाद आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । आचार्य पनि पहिलो पटक संसदीय प्रतिस्पर्धामा होमिएका हुन्।

नगरमा कांग्रेसकी बागी, प्रतिनिधिसभा एमाले
गत स्थानीय निर्वाचनमा गलकोट नगर प्रमुखको टिकट नपाएर कांग्रेसबाट बागी उठेकी मञ्जु शर्मा चालिसे अहिले एमालेबाट बागलुङ- २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन्।

चालिसे गत साउनमा एमाले प्रवेश गरेकी थिइन्। त्यसअघि चालिसे कांग्रेस महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिकी निर्वाचित सदस्य थिइन्। उनले एमाले प्रवेश गर्ने वित्तिकै प्रतिनिधि सभा सदस्यको उपहार प्राप्त गरेकी हुन्।

अधिकारीले मुख्यमन्त्री ताक्दा अवसर
एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ कास्की- १ बाट पहिलोपटक प्रतिनिधि सभाको उम्मेद्वार बनेका छन्। उनले पूर्व गृहमन्त्री खगराज अधिकारीलाई पछि पार्दै प्रतिनिधिसभाको उम्मेदवार बन्न सफल बनेका छन्।

बर्दियाबाट पंकजसिंह राठौरले पहिलोपटक प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी म्याग्दीबाट निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गरेका छन्। दुई कार्यकाल जिल्ला अध्यक्ष बनेका श्रेष्ठ हाल गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हुन्।

नवलपरासी (सुस्ता पूर्व) क्षेत्र- १ बाट नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेलले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन्। 

नवप्रवेशीलाई उपहार
विवेकशील साझा पार्टी छाडेर स्वतन्त्र चुनावल लड्ने बताएका अब्दुस मियाँले एमालेबाट उम्मेदवार बन्ने अवसर पाएका छन्।  मियाँलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिएको गोरखा- २ बाट उठाइएको छ।एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए। 

मियाँसँगै एमाले प्रवेश गरेका नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाललाई नेकपा एमालेले काठमाडौं ६ बाट उम्मेदवार बनेका छन्। 

नेकपा माओवादी केन्द्र परित्याग गरि एमाले रोजेका मनोजजंग थापा सिन्धुली- २ बाट प्रतिनिधि सभा निर्वाचन लड्दैछन्। थापा एमाले रोजेसँगै पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन्।

एमाले रोजेकी ज्वाला साह पनि पहिलोपटक  प्रतिनिधि सभाको निर्वाचनमा होमिएकी छन। उनी २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट मधेश प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।

साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन् । सर्वोच्चले फागुन २३ मा नेकपाको एकता खारेज गरेपछि साह एमालेमा पनि ओलीतिर लागेकी थिइन ।

प्रदेश सभाबाट प्रतिनिधि सभा
२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट गोरखा १ (ख)बाट निर्वाचित भएका रामशरण बस्नेत पहिलोपटक प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन्।

बस्नेत २०४९ र २०५४ गरी दुईपटकसम्म तत्कालीन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भएका थिए। २०७४ को निर्वाचनमा गोरखा १ प्रदेशसभा (ख) बाट कांग्रेसका राजेन्द्र बजगाईंलाई नै हराउँदै उनी सांसद बनेका थिए।

त्यसैगरि नेकपा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङलाई तनहुँ- २ बाट प्रदेशसभा छाडेर प्रतिनिधिसभामा  उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि गण्डकी प्रदेशका मन्त्री समेत रहेका गुरुङ प्रतिनिधिसभाको निर्वाचनमा होमिएका हुन्। यसअघि, मुख्यमन्त्री बन्ने मोहसहित गुरुङ तनहुँको क्षेत्र नं २ (ख) बाट गण्डकी प्रदेशसभाका लागि निर्वाचित भएका थिए। 

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य एकबहादुर राना मगरले तनहुँ- १ बाट पहिलो पटक प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।

वागमती प्रदेश सांसद रहेका सिन्धुली- १ का नेता प्रदीप कटुवाल प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। कटुवाल एमाले जिल्ला अध्यक्षमा आफ्नै जेठान कुमार बहादुर कार्कीसँग पराजित भएका थिए।

रामेछापका कैलाश ढुंगेल रामेछापबाट पूर्व प्रदेश सभामा सदस्य हुन्। प्रदेशमन्त्री समेत रहेका ढुंगेलले पहिलोपटक प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

त्यसैगरि नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं  १ प्रदेश प्रदेश ख मा नेकपा एमालेका बद्री मैनाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका बद्री मैनाली पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचन भिड्न लागेका हुन्।

त्यस्तै प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य जगदीश कुसियत पनि पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।  

आममाफी पाएपछि उम्मेदवारी
हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादव  नेकपा एमालेले सिरहा- १ बाट उम्मेदवार बनेका छन्।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएका थिए । यादवलाई २०७६ सालमा मन्त्री परिषदको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले माफी दिएकी थिइन्।  उनी संविधान दिवसको अवसरमा आम माफी पाएर रिहा भएका थिए।

काठमाडौंमा नयाँ
काठमाडौं- १० बाट हिमेश केसी पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनी कांग्रेसका राजन केसीसँग प्रतिस्पर्धा गर्ने भएका हुन्। त्यसैगरि उदयपुर-२ बाट अम्मर बहादुर रायमाझी पहिलो पटक निर्वाचनमा होमिएका छन्।

काठमाडौं- २ बाट मणीराम फुयाँल पहिलोपटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। त्यसैगरि काठमाडौं- १ मा नेकपा एमालेका नेता किरण पौडेलले उम्मेदवारी दर्ता गराएका छ्। पौडेल युवा संघका अध्यक्ष र केन्द्रीय सदस्य समेत हुन्।

अन्य नयाँ
त्यस्तै बर्दिया- १ बाट लक्ष्मणलाल ज्ञवाली प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्। बाँके- १ बाट पहिलोपटक नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल उम्मेदवार बनेका छन्।

नेकपा एमालेले सोलुखुम्बु जिल्लाबाट प्रतिनिधि सभामा मानवीर राई पहिलो पटक उम्मेदवार बनेका छन्। अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष महेश बर्तौला मकवानपुर- २ बाट पहिलो पटक प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०९:२९
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्