काठमाडौं– प्रधानन्यायधीशको संसदीय सुनुवाई लम्बिरहँदा संसदीय सुनुवाई समितिका केही सदस्यहरुले आफुमाथि सुरक्षा थ्रेट रहेको बताएका छन्। सोही आधारमा उनीहरुलाई पिएसओ खटाइएको छ।
सांसद निरुदेवी पाल लगायत सांसदहरुलाई धम्की आएको हो। स्रोतका अनुसार दीपकराज जोशीको अनुमोदनमा चलखेल गरेको भन्दै फोनमार्फत धम्की दिइएको थियो।
बैठकका लागि सिंहदरबार पुगेका समितिका अधिकांश सदस्यहरु पिएसओसहित उपस्थित भएका छन्। केहीले भने पिएसओ लिएका छैनन्।
आज संसदीय समितिको पाँचौ पटक बैठक बस्न लागेको हो। प्रधानन्यायधीशमा सिफारिस भएका जोशीको शैक्षिक प्रमाणपत्र तथा फैसलाहरु विवादास्पद भएको भन्दै सत्रारुढ नेकपा उनलाई अनुमोदन नगर्ने पक्षमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।