• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

विजय गच्छदारदेखि प्रभु साहविरुद्ध सर्वोच्चमा रिट, यस्ता छन् आरोप 

64x64
नेपाल लाइभ बिहीबार, असोज २७, २०७९  १८:४७
1140x725

काठमाडौ– मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दर्ता भएसँगै विवाद पनि सुरु भएको छ।

केही उम्मेदवारको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ भने केहीको उजुरी नपर्दा कायमै रहेको छ। अब यो विवाद सर्वोच्च अदालतमा प्रवेश भएको छ। अधिवक्ता अनिल आचार्यले नौ जना उम्मेदवारविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

आचार्यले उनीहरुको उम्मेदवारी कायम हुन नसक्ने दाबीसहित  सार्वजनिक सरोकारको रिट दायर गरेका हुन्। रिटमा नेपालको संविधान, निर्वाचन कानुन र राजनीतिक दलको विधानले समेत यस्ता व्यक्तिलाई उम्मेदवार हुनवाट रोक्ने दाबी गरिएको छ। उक्त रिटको पेसी सम्भवत: शुक्रबारलाई राखिने छ। शुक्रबार नभए आइतबार राख्ने तयारी सर्वोच्च प्रशासनले गरेको छ।

कोमाथि के आरोप? 
विजयकुमार गच्छदार 

नेपाली कांग्रेसका नेता गच्छदार आगामी निर्वाचनमा सुनसरी–३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएका छन्। उनीविरुद्ध विशेष अदालतमा ललिता निवास प्रकरण सम्बन्धी भ्रष्टाचार मुद्दा दायर भएको विषय आचार्यको रिटमा उल्लेख गरिएको छ।  

‘आसन्न निर्वाचनमा भाग लिन सजाय भुक्तान गरिरहेका, फरार व्यक्तिले वारेसमार्फत् र अन्यले आफैं निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रतिनिधि र प्रदेशसभातर्फ प्रत्यक्षमा विभिन्न जिल्लाबाट उम्मेदवारी दिएका छन्’, रिटमा भनिएको छ, ‘यसरी उम्मेदवारी दिनेमा पूर्वउपप्रधानमन्त्रीदेखि पार्टीका स्थानीय नेतासम्म छन्।’

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई सत्तारूढ कांग्रेसले सुनसरी–३ मा उम्मेदवार बनाएकाले उनको उम्मेदवारी खारेज गर्नू भनी अन्तरिम आदेश माग गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा गच्छदारसँग ९ करोड ६५ लाख ७६ हजार विगो दाबी गरेको छ। उनी विशेष अदालतबाट १० लाख धरौटी बुझाएर २०७८ असार ३० गते छुटेका थिए। 
२०६६ चैत २९ गते बालुवाटारको जग्गा व्यक्तिसँग सट्टापट्टा गर्ने निर्णयको प्रस्ताव भौतिक निर्माण तथा योजना मन्त्रालयबाट गएको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए। कानुन विपरीत सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै अख्तियारले गच्छदार लगायत १ सय ७५ जनामाथि  मुद्दा दायर गरेको थियो। 

टेकबहादुर गुरुङ 
टेकबहादुर गुरुङविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। उक्त मुद्दा बुधबार पेसीमा चढेको थियो। तर, निवेदन दिँदै स्थगित गरियो।

nimb
nimb

उनले मनाङमा प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस नेता गुरुङले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आफैं उपस्थित भएर उम्मेदवारी दर्ता गरेका थिए।  भ्रष्टाचारको अभियोग खेपिरहेका भएपनि अदालतबाट हालसम्म कुनै फैसला भएको छैन।

फनपार्कको जग्गामा भ्रष्टाचार गरेको आरोपमा गुरुङविरुद्ध २०७६ माघमा मुद्दा दायर भएको थियो। काठमाडौंको फनपार्कको भाडा विवादमा उनीसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। उनीमाथि ३१ करोड बिगो दाबी गरिएको छ। २०७५ चैत्रमा उनी साधारण तारखेमा छुटेका थिए।

उनलाई विशेष अदालतले साधारण तारेखमा छाडेको थियो।  रिटमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन हुँदाहुँदै फेरि जनप्रतिनिधि हुन खोजेकोले उम्मेवार हुनबाट रोक लगाउन माग गरिएको छ।  

प्रभु साह 
माओवादी केन्द्र हुँदै नेकपा एमालेमा सक्रिय रहेका प्रभु साह त्यहाँबाट पनि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारको रुपमा मंसिर ४ को निर्वाचनमा होमिएका छन्। साहले रौतहट–३ बाट उम्मेदवारी दर्ता गराएका छन्। पूर्वमन्त्री समेत रहेका साहको मधेशका जिल्लाहरुमा राम्रो प्रभाव रहेको छ।

रिटमा पर्सामा विश्व हिन्दु युवा संघका अध्यक्ष काँशी तिवारी हत्या आरोपमा मुछिएकाले उम्मेदवार बनाउन नहुने दाबी गरिएको छ। 


उनलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले महान्यायाधिवक्तामार्फत् मुद्दा चल्नै नदिई उन्मुक्ति दिएको रिटमा दाबी गरिएको छ। उनीविरुद्ध पर्सा प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन अहिले पनि जिल्ला सरकारी वकिलको कार्यालयमा विचाराधीन रहेको दाबी रिटमा गरिएको छ। 

विक्रम पाण्डे 
सिक्टा सिचाई आयोजनामा भ्रष्टाचार मुद्दा खेपेर विशेष अदालतबाट सफाइ पाएका राप्रपाका नेता विक्रम पाण्डेलाई पनि प्रतिनिधि सभाको उम्मेदवार बनाउन नहुने रिटमा जिकीर गरिएको छ।

चितवन–३ बाट उम्मेदवारी दर्ता गराएका पाण्डेको मुद्दा विशेषले टुंग्याएको भएपनि सर्वोच्चमा पुनरावेदन हुनसक्ने र उनीमाथि भ्रष्टाचारको आरोप लागेकाले उम्मेदवार बनाउन नहुने दाबी रिटमा गरिएको छ।

पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको उक्त आयोजनामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

गोविन्दराज जोशी 
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेका गोविन्दराज जोशीलाई पनि रिटमा विपक्षी बनाइएको छ। रिटमा जोशी एक तह अदालतबाट दोषी ठहर भएको र सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले तनहुँ–१ बाट प्रतिनिधि सभा उम्मेदवार बन्न नपाउने जिकिर गरिएको छ।

२०७४ सालको निर्वाचनमा पनि जोशीले उम्मेदवारी दिएका थिए। आयोगमा उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो। उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। तर, यसपटक उनीविरुद्ध कुनै पनि उजुरी दर्ता भएन।

रेशम चौधरी र लक्ष्मण थारु  
नागारिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। चौधरीले बर्दिया–२ बाट वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए।

चौधरी व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएर हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनलाई जिल्ला र उच्च अदालतले जन्म कैदको फैसला सुनाएको थियो। उनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। त्यसैगरी, जन्मकैदकै सजाय तोकिएका अर्का दोषी लक्ष्मण थारूले कैलाली–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका थिए।

उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए। उनलाई पनि व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएको थियो। उनलाई जिल्ला र उच्च अदालतले दोषी ठहर गरेको थियो। तर, उनी अहिले फरार सूचीमा रहेका छन्। उनको मुद्दा पनि अहिले सर्वोच्चामा विचाराधीन छ। यी दुई जनाविरुद्ध पनि आचार्यले रिट दायर गरेका छन्। यद्यपि, निर्वाचन अधिकृतको कार्यालयले यी दुबै जनाको उम्मेदवारी खारेज गरिसकेको छ।

लक्ष्मी महतो  र डीबी लामा 
आइतबार जनता समाजवादी पार्टीबाट बाहिरिएर नेकपा एमालेमा प्रवेश गरेका लक्ष्मी महतोले महोत्तरी–१ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन्। सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा मुछिएका उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्।

मधेश आन्दोलनमा सशस्त्र प्रहरीका असई विक हत्या प्रकरणका अभियुक्त महतोले मिथिलेशप्रसाद यादवमार्फत् मनोनयन दर्ता गराएका हुन्।

उनको उम्मेदवारी पनि खारेज हुनुपर्ने रिटमा उल्लेख छ। त्यस्तै, सिन्धुपाल्चोक–१ को प्रदेश सभामा उम्मेदवार भएका नेकपा एमालेका डीबी लामा अर्थात् युद्ध विक्रम तामाङले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएकोले खारेज हुनुपर्ने जिकीर गरिएको छ।  

ज्यान मार्ने उद्योगमा जिल्ला अदालत सिन्धुपाल्चोकबाट उनीविरुद्ध केही महिनाअघि पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएको रिटमा उल्लेख छ।

सरिता गिरी 
रिटमा सरिता गिरीको पनि उम्मेदवारी खारेजीको माग गरिएको छ। भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर प्रकाशित नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा समावेश गर्न संविधान संशोधन गर्दा तत्कालीन प्रतिनिधिसभा सदस्य सरिता गिरीले नक्सामा समेटिएको भूभाग भारतको भन्दै विवादित अभिव्यक्ति दिएको रिटमा उल्लेख छ। उनलाई तत्कालीन संघीय समाजवादी पार्टीले २०७६ असारमा सांसदबाट बर्खास्त गरेको रिटमा उल्लेख छ। 


पार्टीबाट अलग भएकी उनले सिरहा–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छन्। नेपालको संविधानको धारा ८७ (ग) मा नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति मात्र संघीय संसद् बन्न पाउने संवैधानिक व्यवस्था रहेको रिटमा उल्लेख छ।

राजनीतिक दल सम्बन्धी ऐन, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति सुद्धीकरण, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा कैदको सजाय नपाएको व्यक्ति मात्र दलको सदस्य बन्न पाउने कानुनी व्यवस्था रहेको रिटमा उल्लेख छ।

राजनीतिक दलको विधानमा पनि विवादित  व्यक्तिहरुलाई उम्मेदवार नबनाउने भनिएको तर, अहिले उम्मेदवार भएकाले खारेज हुनुपर्ने रिटमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १८:४७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ?
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री बालेनको जानकारी : बाढी प्रभावित क्षेत्रमा १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
रविले बोलाएको सर्वदलीय बैठक सुरु, प्रचण्ड र गगनसहितका शीर्ष नेता सहभागी बिहीबार, भदौ ११, २०८३
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्