• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भीम रावलले १६ पृष्ठको वक्तव्य : प्रचण्डको ‘१९ पृष्ठको प्रतिवेदन’ कै झल्को!

64x64
नेपाल लाइभ बिहीबार, असोज २७, २०७९  १७:२५
1140x725
फाइल फोटो

काठमाडौं- नेकपा एमालेका नेता तथा निवर्तमान सांसद भीम रावलले मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा पार्टीबाट टिकट नपाएका कारण उम्मेदवार हुन नपाएपछि बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। सुरुवातमा उनले १६ पृष्ठको आफ्नो वक्तव्य वाचन गरे। जहाँ उनले आफूलाई टिकट नदिइएको निर्णयलाई 'षडयन्त्र' भनेका छन्।

रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको घरमा सुदूरपश्चिमका प्रमुख जिम्मेवारहरुसँगको बैठकमा आफ्नो नाम सर्वसम्मत एकल किन सिफारिश गरिएको भनी पार्टी अध्यक्षबाट जवाफ मागिएको र उपस्थित हुनेहरुबाट आफ्नो छाला जोगाउने स्पष्टीकरण दिइएको भन्ने जानकारी पाएको उल्लेख गरेका छन्।

'अध्यक्ष ओली निकटका मानिसहरुबाट अछाममा मैले चुनाव जित्ने वा हार्ने स्थितिबारे सोधखोज गर्दा हराउन नसकिने निष्कर्षमा पुगेपछि मेरो उम्मेदवारी नै रोकिएको कुरा पनि सुनियो', वक्तव्यमा उनले भनेका छन्, 'मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुनसक्ने प्रतिक्रियाको कारण उम्मेदवारका लागि विभिन्न व्यक्तिहरुसँग पार्टी नेतृत्वले कुरा गरी अन्ततः सिफारिश नै नभएका व्यक्तिको नाम षडयन्त्रपूर्ण किसिमले अगाडि सारियो।'

रावलले एमालेले समानुपातिक सूचीमा राखेका उम्मेदवार, एमालेको चिह्नमा अन्य पार्टीका नेतालाई उम्मेदवार बनाउने निर्णय तथा तालमेलको खुलेर आलोचना गरे।

'युनिफिकेशन चर्चसँग आबद्ध होलिवाइन भनी चिनिएका एकनाथ ढकालको समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्य सुनिश्चित गर्ने, निरंकुश व्यवस्थामा नेकपा (एमाले) का नेता र कार्यकर्ता प्रताडित गर्ने व्यक्तिलाई हेटौंडामा उम्मेदवार बनाउने, आफैंले प्रतिक्रियावादी भनेको राप्रपा तथा अध्यक्ष ओली र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुस्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिवस एवं एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने, लोसपाका मानिसहरुलाई बिहान पार्टी प्रवेश गराएर दिउँसो उम्मेदवार बनाउने, धन र सत्ताका अनेकौं कर्म र कुकर्म गरेकाहरुलाई धमाधम उम्मेदवार बनाउने कार्य पार्टीको कुन सिद्धान्त, विधि र अनुशासन भित्र पर्छ? के यस्तै पार्टी र व्यक्तिहरुलाई प्रश्रय दिएर समाजवाद आउँछ?', रावलको प्रश्न छ।

पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको भूमिकालाई लिएर रावलले प्रशस्त आलोचना गरेका छन्। उनको आलोचनाले तत्कालीन नेकपाभित्रको विवादका बेलामा एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा वितरण गरेको '१९ पृष्ठको प्रतिवेदन' कै झल्को दिन्छ। सो प्रतिवेदनमा प्रचण्डले ओलीले सरकार र पार्टी अध्यक्षले खेलेको भूमिकाको चर्को आलोचना गरेका थिए। जसलाई प्रचण्डले ओली प्रवृत्तिविरुद्ध ‘बमबार्ड द हेडक्वार्टर’ भएको बताउने गरेका छन्। ओलीपक्षले भने आरोपपत्र भन्ने गरेको छ।

प्रचण्डको प्रतिवेदन पढ्नुहोस्-

nimb
nimb

रावलले आफू एकल सिफारिस हुँदा पनि टिकट नपाएको र कतिपयले नयाँलाई अवसर दिइएको भन्ने तर्क गर्ने गरिरहेको सन्दर्भमा अध्यक्ष ओलीलाई नै सन्दर्भ बनाएर कटाक्ष गरेका छन्।

'अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा समेत सहभागी नहुने, आफूलाई बोल्न मन लागेको बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने, झण्डै दुई तिहाईको प्रधानमन्त्री हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताका हित एवं सरोकारका विषयमा निरन्तर संसद र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानून निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिश हुँदा पनि उम्मेदवार हुन नपाउने किन?', उनको प्रश्न छ।

रावलले कैयौँ बुँदामा अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले पार्टीलाई नै कुनै जानकारी नदिई गलत निर्णयहरु गर्ने गरेको आरोप लगाएका छन्। ओलीको भूमिका र आफ्नो भूमिकाको तुलना गर्दै उनले आफू राष्ट्रहितमा उभिएको भन्दै ओलीको भूमिकालाई सन्देहात्मक बनाउने प्रयास गरेका छन्। 'पार्टी सिद्धान्त र नीति अनुशरणको प्रसंग' अन्तर्गत राखिएका सबैजसो बुँदाहरुमा उनले उदाहरण र सन्दर्भ दिँदै ओलीको भूमिकाको आलोचना गरेका छन्। जसमा उनले २०७५ यताका सन्दर्भ उल्लेख गरेका छन्।

२०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच पार्टी एकता हुनु ठीकअघि स्थायी कमिटीलाई कुनै जानकारी नदिई प्रधानमन्त्री पदमा आधा–आधा समय रहने भनी पार्टी अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग गोप्य सम्झौता गर्नु नै पार्टीलाई अन्तरविरोध, स्वार्थ र विभाजनको मार्गमा धकेल्ने  विधि, पद्धति र मान्यता विपरीतको पहिलो पाइला भएको स्पष्ट भइसकेको रावलको भनाइ छ। त्यसलाई उनले अनुशासन, पद्धति र विधिको उल्लंघन भनेका छन्।

'संविधान सभाबाट नेपालको संविधान बनाउँदा देशमा राजनीतिक स्थायित्व कायम गर्न प्रतिनिधि सभामा सरकार बनाउने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन गर्न नपाईने भनी राखिएको प्रावधान विपरीत पार्टीमा कुनै छलफल नगरी २०७७ साल पुष ५ गते प्रतिनिधि सभा भंग गरिएको कार्य संविधानसम्मत नभएको सर्वोच्च अदालतको ठहर हुँदाहुँदै देशमा कोरोना महामारीको प्रकोप भएको बेला २०७८ साल जेठ ८ गते फेरि प्रतिनिधि सभा विघटन गरिएको', ओलीको आलोचनाका लागि रावलले सन्दर्भ उल्लेख गरेका छन्।

भारतले नेपालको दार्चुला जिल्लाका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राख्नुका साथै कालापानीमा सडक बनाउन थालेपछि त्यसको विरोध गर्दै ती क्षेत्र समेटेर नेपालको नक्शा प्रकाशित गरिनुपर्ने मागप्रति तत्कालीन प्रधानमन्त्री ओलीले बेवास्ता गरेको र सदन, सडक र पार्टी सचिवालयको दबाबपछि मात्र सहमति जनाएको रावलको भनाइ छ।

'पार्टी एकता र विभाजनको प्रसंग' शीर्षकमा उनले नेकपाको तत्कालीन विवाददेखि एमाले विभाजन हुँदै पछिल्लो कालखण्डका प्रसंगसम्मलाई उल्लेख गरेका छन्। नेकपा विभाजन, एमाले विभाजन पार्टी विभाजनका सन्दर्भमा ओलीको भूमिकाको उनले आलोचना गरेका छन्। जसमा उनले वैधानिक रुपमा पार्टी बैठकको लागि माग गर्दा बेवास्ता गरेको, स्थायी कमिटीको बैठकले कार्यान्वयनका लागि अनुमोदन  गरी 'पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवं राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवं सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताका साथ उभिने प्रतिज्ञा'को स्वयं ओलीबाटै उल्लंघन भई समस्याको समाधानमा तगारो हालिएको बताएका छन्।

'२०७७ साल फागुन २३ गते षडयन्त्रपूर्ण परिवेशमा नाटकीय रुपमा नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरिएको र पार्टी एकता गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा सम्पर्क गर्नु भनी दिएको निर्देशनबारे पार्टीको बैठकमा कुनै छलफल नगरी फागुन २८ गते प्रधानमन्त्री निवासमा आफ्ना पक्षधरहरुको भेलाबाट केन्द्रीय कमिटी भंग गरी थप संकट सिर्जना गरिएको', रावलले लेखेका छन्।

नेकपामा अन्तरविरोध चर्किनुमा तत्कालीन प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्त गोयलसँग बालुवाटारमा गरेको भेटलाई पनि कारणको रुपमा प्रस्तुत गरिएको छ। '२०७७ साल कार्तिक ७ गते आधा राति पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीको भारतीय गुप्तचरका प्रमुख सामन्त गोयलसँग बालुवाटारमा गुप्त भेटवार्ता पछि राष्ट्रिय राजनीति झन संकटग्रस्त हुनुका साथै तत्कालिन नेकपामा अन्तरविरोध चर्केको देखियो', रावलले लेखेका छन्।

एमाले विभाजनअघि त्यसलाई रोक्न गठित कार्यदलकै सदस्यहरुलाई पार्टीबाट निस्कासन गरेर ओलीले वार्तालाई अवरोध गरेको रावलको भनाइ छ। ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरेको पनि रावलको आरोप छ।

'आफैं कार्यदल गठन गरी सहमति जनाउनु तर त्यसको कार्यान्वयन नगर्नु सामान्य मर्यादा, अनुशासन र नैतिकता विपरीत होइन र? एकताको आधार भत्किएर र पार्टी फुटेको जिम्मेवारी पार्टी एकताका लागि दश बुँदे सहमति गर्दै पार्टी विभाजनको विपक्षमा उभिने हामीले लिनुपर्ने नभई त्यसको कार्यान्वयनमा तगारो हाल्नेले लिनुपर्ने स्पष्ट छैन र? दश बुँदे सहमति गरी पार्टीको एकता जोगाउन भूमिका खेल्दै पार्टी विभाजन रोक्नेहरुलाई उल्टै 'दश बुँदे र दश भाइ' भनी हेलोहोचो गरी आम निर्वाचनमा उम्मेदवारीबाट समेत वञ्चित गराउनु अन्यायपूर्ण प्रतिशोध भएको घाम जत्तिकै छर्लङ्ग छैन र?', रावलको प्रश्न छ।

पार्टी एकता कायम गर्न गम्भीर प्रयास भइरहेको बेला पार्टीमा कुनै छलफल नगरी प्रधानमन्त्री ओलीले २०७८ वैशाख २७ गते प्रतिनिधि सभामा तत्काल आवश्यक नरहेको विश्वासको मत माग्ने प्रस्ताव पेश गरी एकता प्रयासमा समस्या सिर्जना गरेको रावलको तर्क छ।

एमालेको दशौं महाधिवेशनमा ओलीको भूमिकालाई पनि रावलले उल्लेख गरेका छन्।

'२०७८ साल मंसिरमा चितवनमा भएको पार्टी महाधिवेशनमा १० गते खुला सभा, ११ गते उम्मेदवारको मनोनयन र १२ गते मतदान गर्ने भनी काठमाण्डौमा सम्पन्न स्थायी कमिटीको बैठकबाट भएको सर्वसम्मत निर्णयको विपरीत ११ र १२ गते अधिवेशनको कुनै बैठक नगरी विधान महाधिवेशनबाट निर्णित २२५ सदस्यीय केन्द्रीय कमिटीको संख्या ३०१ पुर्या७इनु, विद्युतीय मतदानका लागि प्रयोग मेसिनलाई राति २ बजे मतदान सुरु गर्ने समय राखेर तिनको निरीक्षण गर्न नदिने स्थिति सिर्जना गरिनु, यन्त्रमा प्रयोग गरिने मतपत्रलाई गुटका मानिसहरुको हातहातमा पुर्याेई फलानोलाई मत नदिनु भनी खुला प्रचार गरिनु, कसैलाई पनि उम्मेदवार भई प्रतिस्पर्धा गर्न नदिन दबाबपूर्ण स्थिति सिर्जना गरिनु र मेरो विरुद्ध नाराबाजी गरिनु जस्ता क्रियाकलाप नेकपा (एमाले) को कुन विधान, पद्धति, अनुशासन र पराम्परा अनुरुप थिए त? यो विषय मैले यस अघि उठाएको थिएन तर अहिले पार्टी विधान, पद्धति र अनुशासनको कथित हल्लाको आवरणमा मलाई उम्मेदवार हुननदिने प्रपञ्च गरिएकोले यहाँ उल्लेख गर्न बाध्य भएको हुँ', उनले उल्लेख गरेका छन्।

रावलको वक्तव्य पढ्नुहोस्:

 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:२५
  • #भीम रावल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्