काठमाडौं– सरकारले धरौटी रकम बढाउन लागेको विषयमा छलफल गर्न बोलाइएको भेलामा मेनपावर व्यवसायीबीच नै विवाद भएको छ। विवादपछि कार्यक्रममै गाली गलौच र प्रदर्शन भएको छ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघले बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा व्यवसायीबीच भेलाको आयोजना गरेको थियो। जसमा नेकपा तथा नेपाली कांग्रेस निकट व्यवसायीबीच विवाद भएको हो। अध्यक्ष रोहन गुरुङले बोल्दाबोल्दै केही व्यवसायीले होहल्ला गर्दै अवरोध गरेका थिए। यस विषयमा अध्यक्षले व्यवसायीको पक्षमा बोल्न नसकेको भन्दै केहीले विरोध गरेका थिए।
मेनपावर कम्पनीले धरौटी रकम ६ करोड राख्नुपर्ने गरी सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्न लागेको छ। मेनपावरहरुको ठगी रोक्न भन्दै श्रम मन्त्रालयले धरौटी रकम बढाउन लागेको हो।
त्यसको विरोधमा व्यवसायीहरु विरोधमा उत्रिएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।