• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २, २०८२ Wed, Dec 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी हुन् माओवादीबाट उम्मेदवार बनेका २० नयाँ अनुहार

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असोज २५, २०७९  १८:२९
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ धेरै नयाँ अनुहारलाई मौका दिएको छ। 

माओवादी केन्द्रले उम्मेदवार बनाएका नयाँ अनुहारमध्ये अन्य पार्टी परित्याग गरी आएकादेखि पार्टीका विभिन्न संगठनमा सक्रिय युवाहरु छन्। 

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढा क्षेत्री (पराग) ले ताप्लेजुङबाट प्रतिनिधि सभाको टिकट पाएका छन्। उनी द्वन्द्वकालदेखि नै माओवादी केन्द्रमा आवद्ध भएका थिए। पार्टीको विभिन्न जिम्मेवारीमा रहेका उनले यसअघि अवसर पाएका थिइनन्। 

सुनसरी- १ बाट मुक्सामहाङ सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् भने सुनसरी- ३ बाट नरेन्द्र साह उम्मेदवार बनेका छन्। साहले यसअघि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी माओवादीकै रामेश्वर राय यादवसँग पराजित भएका थिए। 

यस्तै रविन्द्र पटेलले रौतहट- ३ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी पनि नयाँ हुन्।

माओवादी केन्द्र दोलखाका संस्थापक नेतामध्येका गंगा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। उनी पनि संसदीय प्रतिस्पर्धामा पहिलो पटक आउन लागेका हुन्।

त्यसैगरी काठमाडौं- ३ बाट बद्रीप्रसाद बजगाईंले उम्मेदवारी दिएका छन्। उनी पनि नयाँ हुन्। 

बर्दियाबाट माओवादी केन्द्रका सुरेश पन्थ पहिलो पटक प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेका छन्। 

Ncell 2
Ncell 2

मानुषी माओवादीको चुनाव चिह्नबाट लड्दै
नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमि भट्टराई सत्ता-गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट काठमाडौं- ७ बाट पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन्।

उनी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमिकी छोरी हुन्। हिसिला यही क्षेत्रबाट सांसद बनेकी थिइन्।

काठमाडौं- ९ बाट माओवादी पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दर्ता गरेकी छन्। उनी पनि पहिलो पटक संसदीय प्रतिस्पार्धामा जाँदै छिन्। 

अग्नीको ठाउँमा भतिजको उम्मेद्वारी
निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाको क्षेत्र सिन्धुपाल्चोक- १ मा उनकै भतिजा माधव सापकोटाले उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका सापकोटा पहिलो पटक निर्वाचनमा होमिँदैछन्। 

भागबण्डामा सिन्धुपाल्चोक- १ माओवादी केन्द्रको भागमा परेको थियो। अग्नीले चुनाव जित्दै यो क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो।

जिल्लामा राम्रो संगठन गर्ने र कार्यकर्तामाझ परिचित भए पनि उनी अग्नी सापकोटाको छायामा पर्दै आएका थिए। यस पटक सभामुख सापकोटाले युवालाई प्राथमिकता दिने भन्दै उम्मेदवार हुन अस्वीकार गरेपछि उनले टिकट पाएका हुन्।

प्रचण्डको क्षेत्र चितवनमा डा. भोजराज 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवन- ३ मा डा. भोजराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। प्रचण्डले गोरखा रोजेसँगै माओवादीले सो क्षेत्रमा  अधिकारीलाई ल्याएको हो। उनी पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नवलपरासी बर्दघाट सुस्ता पूर्व- २ बाट माओवादी केन्द्रकै नेता बालकृष्ण गैरेले उम्मेदवारी दर्ता गरेका छन्। गैरे २०७४ सालको निर्वाचनमा नवलपरासी पूर्व- २ (क) मा कांग्रेसका विष्णु लामिछानेसँग पराजित भएका थिए।

एमाले परित्याग गरी माओवादी रोजेका राना उम्मेदवार 
झापा- २ बाट हरिकुमार राना उम्मेदवार बनेका छन्। उनी माओवादी केन्द्रका नयाँ अनुहार हुन्। राना यसअघि नेकपा एमालेबाट झापा अर्जुनधारा नगरपालिकाका नगर प्रमुखमा विजयी भएका थिए। उनी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

हरिबोलको ठाउँमा राजनलाई मौका
सिन्धुली- २ को प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ दाहाल (राजन) ले उम्मेदवारी दर्ता गरेका छन्। दाहाल पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्व बागमती प्रदेश सभा सदस्य हुन्।

२०७४ सालको निर्वाचनमा सिन्धुली- १ को प्रदेश सभा (क) मा विजयी भएका दाहाल यस पटक संघमा निर्वाचन लड्न लागेका हुन्।

माओवादी केन्द्रबाट सिन्धुली- २ बाट प्रतिनिधि सभामा दुई पटक विजयी भएका पार्टी उप-महासचिव हरिबोल गजुरेलले यस पटक टिकट पाएनन्।

माओवादी केन्द्रबाट २०४७ सालको निर्वाचनमा रुकुम पूर्व (ख) बाट प्रदेश सभामा निर्वाचित भएका पूर्णबहादुर घर्ती मगर उम्मेदवारमा बढुवा भएका छन्। उनी यस पटक रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनी लुम्बिनी प्रदेश सभाका सभामुख समेत हुन्। प्रदेश सभाको अनुभव सहित उनी पहिलो पटक प्रतिनिधि सभामा उठेका हुन्।

विवादित कार्चेन पनि उम्मेदवार
गैरसांसद भएर मन्त्री भएको भन्दै विरोध खेपेका हुम्लाका छिरिङ डम्डोल लामा(कार्चेन) प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। हुम्लाका छिरिङ डम्डुल लामा माओवादीको कोटाबाट कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए।

लामाले मूर्ति चोरेको अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवाना समेत तिरेका थिए। २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट १२ सय वर्ष पुरानो मूर्ति चोरेर ल्याएको अभियोगमा दोषी ठहर भई लामाले कैद र जरिवाना भुक्तान गरेका थिए।

माओवादी केन्द्रले उनलाई पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो।

त्यसैगरी कैलाली- २ बाट माओवादी केन्द्रले नयाँ अनुहार भरतबहादुर बडुवाललाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। 

कैलाली- ३ बाट माओवादी केन्द्रबाट कृष्णकुमार चौधरी उम्मेदवार बनेका छन्। चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य हुन्। 

त्यसैगरी बैतडीका नरेन्द्रबहादुर कुँवरले पनि प्रतिनिधि सभामा टिकट पाएका छन्। कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

माओवादीले जुम्लाबाट गोमा गौतमलाई उम्मेदवार बनाएको छ। उनी कर्णाली प्रदेशकै एक मात्र महिला उम्मेदवार हुन्। उनी पहिलो पटक उम्मेदवार बनेकी हुन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु बुधबार, पुस २, २०८२
भिरबाट लडेर वृद्धाको मृत्यु बुधबार, पुस २, २०८२
एमाले महाधिवेशन : प्रतिनिधिहरु लाइनमा, विद्युतीय मतदानको तयारी हुँदै बुधबार, पुस २, २०८२
भेनेजुएलामा आवत–जावत गर्ने सबै तेल ट्यांकरहरुमा पूर्ण नाकाबन्दी गर्ने ट्रम्पको आदेश बुधबार, पुस २, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली प्यानलबाट रघुजी पन्त उपाध्यक्षका उम्मेदवार मंगलबार, पुस १, २०८२
ओलीको समूहमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा मंगलबार, पुस १, २०८२
ओलीको साथ छोड्दै ईश्वर प्यानलको सचिवमा समेटिए अग्नि खरेल मंगलबार, पुस १, २०८२
एमाले महाधिवेशन : मतदान बुधबार बिहान ८ बजेदेखि मंगलबार, पुस १, २०८२
हर्क साम्पाङको पार्टीका उपाध्यक्ष पक्राउ, बबरमहल विस्फोटको घटनामा बसिसकेका थिए जेल मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्