• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

यी हुन् माओवादीबाट उम्मेदवार बनेका २० नयाँ अनुहार

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असोज २५, २०७९  १८:२९
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ धेरै नयाँ अनुहारलाई मौका दिएको छ। 

माओवादी केन्द्रले उम्मेदवार बनाएका नयाँ अनुहारमध्ये अन्य पार्टी परित्याग गरी आएकादेखि पार्टीका विभिन्न संगठनमा सक्रिय युवाहरु छन्। 

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढा क्षेत्री (पराग) ले ताप्लेजुङबाट प्रतिनिधि सभाको टिकट पाएका छन्। उनी द्वन्द्वकालदेखि नै माओवादी केन्द्रमा आवद्ध भएका थिए। पार्टीको विभिन्न जिम्मेवारीमा रहेका उनले यसअघि अवसर पाएका थिइनन्। 

सुनसरी- १ बाट मुक्सामहाङ सुब्बाले उम्मेदवारी दर्ता गराएका छन् भने सुनसरी- ३ बाट नरेन्द्र साह उम्मेदवार बनेका छन्। साहले यसअघि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनी माओवादीकै रामेश्वर राय यादवसँग पराजित भएका थिए। 

यस्तै रविन्द्र पटेलले रौतहट- ३ बाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी पनि नयाँ हुन्।

माओवादी केन्द्र दोलखाका संस्थापक नेतामध्येका गंगा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। उनी पनि संसदीय प्रतिस्पर्धामा पहिलो पटक आउन लागेका हुन्।

त्यसैगरी काठमाडौं- ३ बाट बद्रीप्रसाद बजगाईंले उम्मेदवारी दिएका छन्। उनी पनि नयाँ हुन्। 

बर्दियाबाट माओवादी केन्द्रका सुरेश पन्थ पहिलो पटक प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार बनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

मानुषी माओवादीको चुनाव चिह्नबाट लड्दै
नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमि भट्टराई सत्ता-गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट काठमाडौं- ७ बाट पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन्।

उनी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमिकी छोरी हुन्। हिसिला यही क्षेत्रबाट सांसद बनेकी थिइन्।

काठमाडौं- ९ बाट माओवादी पोलिटब्युरो सदस्य कल्पना धमलाले उम्मेदवारी दर्ता गरेकी छन्। उनी पनि पहिलो पटक संसदीय प्रतिस्पार्धामा जाँदै छिन्। 

अग्नीको ठाउँमा भतिजको उम्मेद्वारी
निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाको क्षेत्र सिन्धुपाल्चोक- १ मा उनकै भतिजा माधव सापकोटाले उम्मेदवारी दिएका छन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका सापकोटा पहिलो पटक निर्वाचनमा होमिँदैछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भागबण्डामा सिन्धुपाल्चोक- १ माओवादी केन्द्रको भागमा परेको थियो। अग्नीले चुनाव जित्दै यो क्षेत्रमा माओवादी केन्द्रले युवा नेता सापकोटालाई टिकट दिएको हो।

जिल्लामा राम्रो संगठन गर्ने र कार्यकर्तामाझ परिचित भए पनि उनी अग्नी सापकोटाको छायामा पर्दै आएका थिए। यस पटक सभामुख सापकोटाले युवालाई प्राथमिकता दिने भन्दै उम्मेदवार हुन अस्वीकार गरेपछि उनले टिकट पाएका हुन्।

प्रचण्डको क्षेत्र चितवनमा डा. भोजराज 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला चितवन- ३ मा डा. भोजराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन्। प्रचण्डले गोरखा रोजेसँगै माओवादीले सो क्षेत्रमा  अधिकारीलाई ल्याएको हो। उनी पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

नवलपरासी बर्दघाट सुस्ता पूर्व- २ बाट माओवादी केन्द्रकै नेता बालकृष्ण गैरेले उम्मेदवारी दर्ता गरेका छन्। गैरे २०७४ सालको निर्वाचनमा नवलपरासी पूर्व- २ (क) मा कांग्रेसका विष्णु लामिछानेसँग पराजित भएका थिए।

एमाले परित्याग गरी माओवादी रोजेका राना उम्मेदवार 
झापा- २ बाट हरिकुमार राना उम्मेदवार बनेका छन्। उनी माओवादी केन्द्रका नयाँ अनुहार हुन्। राना यसअघि नेकपा एमालेबाट झापा अर्जुनधारा नगरपालिकाका नगर प्रमुखमा विजयी भएका थिए। उनी एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

हरिबोलको ठाउँमा राजनलाई मौका
सिन्धुली- २ को प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ दाहाल (राजन) ले उम्मेदवारी दर्ता गरेका छन्। दाहाल पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्व बागमती प्रदेश सभा सदस्य हुन्।

२०७४ सालको निर्वाचनमा सिन्धुली- १ को प्रदेश सभा (क) मा विजयी भएका दाहाल यस पटक संघमा निर्वाचन लड्न लागेका हुन्।

माओवादी केन्द्रबाट सिन्धुली- २ बाट प्रतिनिधि सभामा दुई पटक विजयी भएका पार्टी उप-महासचिव हरिबोल गजुरेलले यस पटक टिकट पाएनन्।

माओवादी केन्द्रबाट २०४७ सालको निर्वाचनमा रुकुम पूर्व (ख) बाट प्रदेश सभामा निर्वाचित भएका पूर्णबहादुर घर्ती मगर उम्मेदवारमा बढुवा भएका छन्। उनी यस पटक रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनी लुम्बिनी प्रदेश सभाका सभामुख समेत हुन्। प्रदेश सभाको अनुभव सहित उनी पहिलो पटक प्रतिनिधि सभामा उठेका हुन्।

विवादित कार्चेन पनि उम्मेदवार
गैरसांसद भएर मन्त्री भएको भन्दै विरोध खेपेका हुम्लाका छिरिङ डम्डोल लामा(कार्चेन) प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्। हुम्लाका छिरिङ डम्डुल लामा माओवादीको कोटाबाट कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका थिए।

लामाले मूर्ति चोरेको अभियोगमा दुई वर्ष जेल सजाय र पाँच हजार जरिवाना समेत तिरेका थिए। २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट १२ सय वर्ष पुरानो मूर्ति चोरेर ल्याएको अभियोगमा दोषी ठहर भई लामाले कैद र जरिवाना भुक्तान गरेका थिए।

माओवादी केन्द्रले उनलाई पहिलो पटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको हो।

त्यसैगरी कैलाली- २ बाट माओवादी केन्द्रले नयाँ अनुहार भरतबहादुर बडुवाललाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। 

कैलाली- ३ बाट माओवादी केन्द्रबाट कृष्णकुमार चौधरी उम्मेदवार बनेका छन्। चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य हुन्। 

त्यसैगरी बैतडीका नरेन्द्रबहादुर कुँवरले पनि प्रतिनिधि सभामा टिकट पाएका छन्। कुँवर २०६४ सालको निर्वाचनमा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।

माओवादीले जुम्लाबाट गोमा गौतमलाई उम्मेदवार बनाएको छ। उनी कर्णाली प्रदेशकै एक मात्र महिला उम्मेदवार हुन्। उनी पहिलो पटक उम्मेदवार बनेकी हुन्।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्