भक्तपुर– श्रीमतीसँगको झगडापछि प्रतिशोध लिन एक व्यक्तिले आफ्नै छोराको क्रुर तरिकाले हत्या गरेका छन्। मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा ४० वर्षिय डिल्लीराम चापागाईले १७ वर्षिय छोरा सागर चापागाईको घाँटी रेटेर हत्या गरेका हुन्। राती करिब साढे १२ बजेको समयमा चुप्पीले घाँटी रेटेर छोराको हत्या गरेका हुन्।
हत्यापछि उनी महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा गएर आत्मसमर्पण गरेका थिए। महानगरीय प्रहरी वृत्त ठिमीले चापागाईमाथि कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। चापागाई विमानस्थलमा लोडरका रुपमा काम गर्दथे।
मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका उनको श्रीमतीसँग बारम्बार झगडा हुने गरेको थियो। श्रीमतीलाई विभिन्न आरोप लगाउँदै उनी झगडा गर्दथे। मंगलबार साँझ पनि झगडा भएपछि आफ्नो रिसको सिकार छोरालाई बनाएका हुन्। प्रहरी चौकीमा पुगेपछि उनले श्रीमतीसँग धेरै रिस उठेपछि प्रतिशोध लिन छोराको हत्या गर्न पुगेको बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।