• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिटौला–लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धाः दोहोरिने कसरतमा लिङ्देन, शक्ति फर्काउने दाउमा सिटौला

64x64
नेपाल लाइभ मंगलबार, असोज २५, २०७९  ०७:२१
1140x725

काठमाडौं– मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धा हुँदैछ। उनीहरू झापा क्षेत्र नम्बर ३ मा आमुनेसामुन्ने हुँदैछन्। 

सिटौला र लिङ्देनबीचको प्रतिद्वन्द्वीता २०५६ को निर्वाचनबाट हो। ०५६को संसदीय निर्वाचनमा यी दुई नेताले झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा सिटौलाले १७ हजार ५६१ मत ल्याएर विजयी हुँदा लिङ्देन ५ हजार ६२५ मत ल्याउँदै तेस्रो भएका थिए। लिङदेन राप्रपाबाट उम्मेदवार थिए।

त्यस्तै, सिटौला र लिङ्देनबीच दोस्रो प्रतिस्पर्धा २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा भएको थियो। यो निर्वाचनमा सिटौलाले १४ हजार ३५५ मत ल्याएका थिए भने लिङ्देनले ९ हजार २५३ मत ल्याएर दोस्रो बनेका थिए।

यो निर्वाचनमा लिङ्देन राप्रपा नेपालबाट उम्मेदवार बनेका थिए। यस्तै, यी दुई नेताको तेस्रो भेट २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मै भएको थियो। अघिल्ला प्रतिस्पर्धामा आफ्नो स्थान सुधारेका लिङ्देनले यो निर्वाचनमा सिटौलालाई दोस्रो बनाएर आफू विजयी बने। लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत मात्र ल्याएका थिए। यद्यपि, लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको समर्थन रहेको थियो। 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा यी दुई नेताबीचको चौथो पटकको प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। तर, ०७४ को निर्वाचनको राजनीतिक समिकरण र अहिलेको समिकरण भने फेरिएको छ। 

सिटौला वर्तमान कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन्।

तर, यो क्षेत्रको तथ्याङ्कको विश्लेषण गर्ने हो भने आउँदो निर्वाचनमा पनि लिङ्देन सिटौलामाथि हाबी हुन सक्ने देखिन्छ। यसको बलियो आधार भनेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र भित्रका दलहरुले उठाएका वडाध्यक्षले प्राप्त गरेको मत हो।

स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषणः
झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ। यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर स्थितिमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो दल देखिन्छ। यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा यी ४ राजनीतिक पार्टी दुई ध्रुवमा बाँडिएका छन्। पहिलो वर्तमान सत्ता गठबन्धन, जसमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् भने दोस्रोमा एमाले र राप्रपाको समीकरण बनेको छ। उपरोक्त मत परिणामलाई आधार मान्ने हो भने एमाले–राप्रपाकै गठबन्धन बलिये रहेको छ यसले लिङ्देनको संसद यात्रा दोहोरिने सम्भावना बलियो देखिन्छ।

त्यस्तै, अघिल्लो निर्वाचनमाभन्दा आसन्न निर्वाचनका लागि लिङ्देनको व्यक्तित्व थप बलियो भएको उनका सर्मथक बताउँछन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनले एक कार्यकाल सांसद बनेर आफूलाई थप चर्चामा पुर्याेएका र राप्रपाका पार्टी अध्यक्ष बनेर थप शक्ति संचित गरेका ती कार्यकर्ताको तर्क छ। जसलाई नजरअन्दाज भने गर्न सकिन्न।

संसद्‌मा दिएको अन्तिम वक्तव्यमा ‘आफू बलियो शक्ति बनेर संसद् फर्किने’ हाँक दिएका लिङ्देन आफ्नो बलियो आधार इलाकाबाट लड्दैछन् भने अन्य केही स्थानमा एमालेसँग गठबन्धन गरेर उम्मेदवार खडा गरेका छन्।

उता ०६२–०६३को आन्दोलनपछिको सरकारका गृहमन्त्री तथा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाका प्रिय व्यक्ति सिटौला भने अघिल्लो निर्वाचनको पराजयपछि लगभग मौन जस्तै छन्। सार्वजनिक वृत्तबाट करिब ओझेलमा परेका सिटौलालाई यो निर्वाचनबाट विजयी बनेर आउन भने लिङ्देन बलियो तगारो हुन सक्छन्।

तर, सत्ता गठबन्धनका बलिया नेता तथा यो क्षेत्रका पुराना नेता भएकाले जनताले अन्तिम एक चरण सिटौलालाई निर्वाचित गराउन सक्ने टिप्पणी गर्छन् झापा क्षेत्र नम्बर ३ का कांग्रेसका पुराना एक नेता। तर यो सबैको छिनोफानोका लागि मंसिरको पहिलो सातासम्म कुर्नैपर्ने हुन्छ।
 

यो पनि पढ्नुहोस

झापा ३: लिङ्देन ‘हेबिवेट’ बन्दा ‘रेड जोन’ मा सिटौला

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्