• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिटौला–लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धाः दोहोरिने कसरतमा लिङ्देन, शक्ति फर्काउने दाउमा सिटौला

64x64
नेपाल लाइभ मंगलबार, असोज २५, २०७९  ०७:२१
1140x725

काठमाडौं– मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धा हुँदैछ। उनीहरू झापा क्षेत्र नम्बर ३ मा आमुनेसामुन्ने हुँदैछन्। 

सिटौला र लिङ्देनबीचको प्रतिद्वन्द्वीता २०५६ को निर्वाचनबाट हो। ०५६को संसदीय निर्वाचनमा यी दुई नेताले झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा सिटौलाले १७ हजार ५६१ मत ल्याएर विजयी हुँदा लिङ्देन ५ हजार ६२५ मत ल्याउँदै तेस्रो भएका थिए। लिङदेन राप्रपाबाट उम्मेदवार थिए।

त्यस्तै, सिटौला र लिङ्देनबीच दोस्रो प्रतिस्पर्धा २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा भएको थियो। यो निर्वाचनमा सिटौलाले १४ हजार ३५५ मत ल्याएका थिए भने लिङ्देनले ९ हजार २५३ मत ल्याएर दोस्रो बनेका थिए।

यो निर्वाचनमा लिङ्देन राप्रपा नेपालबाट उम्मेदवार बनेका थिए। यस्तै, यी दुई नेताको तेस्रो भेट २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मै भएको थियो। अघिल्ला प्रतिस्पर्धामा आफ्नो स्थान सुधारेका लिङ्देनले यो निर्वाचनमा सिटौलालाई दोस्रो बनाएर आफू विजयी बने। लिङ्देनले ४४ हजार ६१४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत मात्र ल्याएका थिए। यद्यपि, लिङ्देनलाई तत्कालीन एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको समर्थन रहेको थियो। 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा यी दुई नेताबीचको चौथो पटकको प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ। तर, ०७४ को निर्वाचनको राजनीतिक समिकरण र अहिलेको समिकरण भने फेरिएको छ। 

सिटौला वर्तमान कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवार हुन् भने लिङ्देन एमाले–राप्रपा गठबन्धनका उम्मेदवार हुन्।

तर, यो क्षेत्रको तथ्याङ्कको विश्लेषण गर्ने हो भने आउँदो निर्वाचनमा पनि लिङ्देन सिटौलामाथि हाबी हुन सक्ने देखिन्छ। यसको बलियो आधार भनेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्र भित्रका दलहरुले उठाएका वडाध्यक्षले प्राप्त गरेको मत हो।

स्थानीय निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषणः
झापा क्षेत्र नम्बर ३ मा बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ तथा ८ नम्बर वडाहरू र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० पर्दछ। यो क्षेत्रको बलियो राजनीतिक शक्ति कांग्रेस, एमाले र राप्रपा हुन् भने माओवादी केन्द्र तुलनात्मक रुपमा कमजोर स्थितिमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो क्षेत्रमा पर्ने पालिकाका वडाहरूमा दलहरूका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो दल देखिन्छ। यसका वडाध्यक्षका उम्मेदवारले २६ हजार ९२१ मत प्राप्त गरेका छन्। 

त्यस्तै, राप्रपाबाट वडाध्यक्षका उम्मेदवारहरुले २१ हजार १५९ मत ल्याएका छन्। तेस्रो नम्बरमा रहेको एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ११३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रले ६ हजार ६८८ र स्वतन्त्र लगायत अन्य दलले ३ हजार ३७३ मत प्राप्त गरेका छन्।

यो क्षेत्रमा यी ४ राजनीतिक पार्टी दुई ध्रुवमा बाँडिएका छन्। पहिलो वर्तमान सत्ता गठबन्धन, जसमा कांग्रेस र माओवादी केन्द्र रहेका छन् भने दोस्रोमा एमाले र राप्रपाको समीकरण बनेको छ। उपरोक्त मत परिणामलाई आधार मान्ने हो भने एमाले–राप्रपाकै गठबन्धन बलिये रहेको छ यसले लिङ्देनको संसद यात्रा दोहोरिने सम्भावना बलियो देखिन्छ।

त्यस्तै, अघिल्लो निर्वाचनमाभन्दा आसन्न निर्वाचनका लागि लिङ्देनको व्यक्तित्व थप बलियो भएको उनका सर्मथक बताउँछन्। 

उनले एक कार्यकाल सांसद बनेर आफूलाई थप चर्चामा पुर्याेएका र राप्रपाका पार्टी अध्यक्ष बनेर थप शक्ति संचित गरेका ती कार्यकर्ताको तर्क छ। जसलाई नजरअन्दाज भने गर्न सकिन्न।

संसद्‌मा दिएको अन्तिम वक्तव्यमा ‘आफू बलियो शक्ति बनेर संसद् फर्किने’ हाँक दिएका लिङ्देन आफ्नो बलियो आधार इलाकाबाट लड्दैछन् भने अन्य केही स्थानमा एमालेसँग गठबन्धन गरेर उम्मेदवार खडा गरेका छन्।

उता ०६२–०६३को आन्दोलनपछिको सरकारका गृहमन्त्री तथा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाका प्रिय व्यक्ति सिटौला भने अघिल्लो निर्वाचनको पराजयपछि लगभग मौन जस्तै छन्। सार्वजनिक वृत्तबाट करिब ओझेलमा परेका सिटौलालाई यो निर्वाचनबाट विजयी बनेर आउन भने लिङ्देन बलियो तगारो हुन सक्छन्।

तर, सत्ता गठबन्धनका बलिया नेता तथा यो क्षेत्रका पुराना नेता भएकाले जनताले अन्तिम एक चरण सिटौलालाई निर्वाचित गराउन सक्ने टिप्पणी गर्छन् झापा क्षेत्र नम्बर ३ का कांग्रेसका पुराना एक नेता। तर यो सबैको छिनोफानोका लागि मंसिरको पहिलो सातासम्म कुर्नैपर्ने हुन्छ।
 

यो पनि पढ्नुहोस

झापा ३: लिङ्देन ‘हेबिवेट’ बन्दा ‘रेड जोन’ मा सिटौला

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  ०७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्