काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई ठगिन नदिन सरकारले तत्कालका लागि मलेसिया रोजगारीमा जान रोक लगाउनु परेको स्पष्ट पारेका छन्।
मन्त्री विष्टले नेपाली कामदारलाई ठगिन नदिन मलेसिया सरकारसमेत गम्भीर भएको उल्लेख गर्दै द्विपक्षीय सहमति गरी नेपाली श्रमिकलाई मलेसिया जान खुला गर्ने योजना रहेको पनि जानकारी दिए।
उनले मंगलबार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीमाझ नेपाली कामदारलाई मलेसिया जाने व्यवस्था गर्न केही समय लाग्ने जानकारी पनि दिए। मन्त्री विष्टले वैदेशिक रोजगारीमा देखिएको सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको दावी गरे।
मन्त्री विष्टले सरकार नेपालमै रोजगारीको अवसर सृजना गर्न लागि परेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।