काठमाडौं– पछिल्लो तीन महिनामा अनियमितता तथा अनुशासनविपरीतको गतिविधिमा संलग्न २ सय १० जना सशस्त्र प्रहरी कर्मचारी कारबाही परेका छन्। कारबाहीमा पर्नेमा ६ जना सिनियर अधिकृत छन्। ६ सिनियर अधिकृत मध्ये ३ जनाको बढुवा रोक्का गरिएको छ।
त्यस्तै ३९ जना जुनियर अधिकृत पनि कारबाहीमा परेका छन्। बिल्लेदार तथा जवान एक सय १६५ जना कारबाहीमा परेका छन्। जसमध्ये २ जनालाई नोकरीबाट हटाइएको छ भने ३ जनाको घटुवा भएको छ।
मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी बाबुराम पाण्डेले यससम्बन्धि जानकारी दिएका हुन्।
७ सय प्रहरीद्वारा राजिनामा
बैशाख, जेठ र असारमा ७ सय ८६ सशस्त्र प्रहरीले राजिनामा दिएका छन्। असार महिनामा मात्र ५ सय २६ जनाले राजिनामा दिएको मंगलबार सार्वजनिक भएको छ। त्यस्तै जेठमा १ सय ६० तथा तथा बैशाखमा एक सय जनाले राजिनामा दिएका थिए। एक वर्षमा करिब २ हजार कर्मचारीले राजिनामा दिएका छन्। राजिनामा दिनेमा ३ इन्सपेक्टर तथा २७ जना सइ छन्।
३० वर्षे सेवाहद तथा करिअरको अनिश्चितताका कारण सशस्त्र प्रहरीमा राजिनामाको लहर डरलाग्दो रुपमा बढेको छ। पेन्सन अवधि पुगेलगत्तै राजिनामा दिएर अन्य काममा लाग्ने प्रवृत्ती सुरक्षा निकायमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।