• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

एमाले र राप्रपाबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा हुने

64x64
नेपाल लाइभ शुक्रबार, असोज २१, २०७९  १२:४६
1140x725

काठमाडौं– नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने  र केही क्षेत्रहरुमा गठवन्धन गर्ने सहमति गरेका छन्। 

राप्रपाका एक पदाधिकारीका अनुसार देशभर पूर्ण तालमेल भन्दा क्षेत्रगत गर्ने र बाँकी क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको हो। केही दिनदेखिको छलफलका क्रममा झापा, बाँके, रुपन्देही, चितवनको क्षेत्रमा सहमति भएको र अन्यको हकमा छलफल चलिरहेको ती नेताले बताए।

झापामा एमालेले प्रतिनिधि सभामा १  र प्रदेश सभामा १ सिट राप्रपालाई दिने सहमति भएको छ।  राप्रपा नेताका अनुसार झापा–३ एमालेले राप्रपालाई छाड्ने छ। उक्त क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभाको उम्मेदवार हुने छन्। अन्य क्षेत्रमा एमाले उम्मेदवार हुने छन् र राप्रपाले सहयोग गर्ने छ।  

झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली, ४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू, २ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र १ मा स्थायी कमिटी सदस्य अग्नि खरेललाई उम्मेदवार उठाउने एमालेको तयारी छ। 

झापा–१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको क्षेत्र हो। बाँके–२ मा राप्रपा महामन्त्री धवल शमशेर राणालाई सहयोग गर्ने सहमति दुवै पार्टीका बीचमा भएको छ।  उक्त क्षेत्रमा जनता समाजवादीले पनि दाबी गरिरहेको छ। सत्ता गठबन्धन छोडेर एमालेतिर सहमतिका लागि वार्तामा रहेको जसपाले उक्त क्षेत्रमा मोहम्मद इश्तियाक राईलाई उम्मेदवार बनाउने भनेको छ। २०७४ सालको निर्वाचनमा उनी एमालेका उम्मेदवार पशुपति दायल मिश्रलाई पराजित गर्दै विजयी भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

एमाले–राप्रपाका बीचमा सहमति भएको अर्को क्षेत्र हो रुपन्देही–३। उक्त क्षेत्र एमाले नेता घनश्याम भुसालको हो। भुसाल उक्त क्षेत्रमा सिफारिस पनि भएका छन्। भुसाललाई यसपटक रुपन्देही–१ र ३ गरी दुई स्थानबाट सिफारिस गरिएको छ। तर, एमाले अध्यक्ष ओलीले भुसालको सिफारिसलाई खासै मन पराएका छैनन्। त्यसैले भुसालको क्षेत्र राप्रपालाई दिने सहमति भएको राप्रपाका एक नेताले बताए। त्यहाँ दीपक बोहरा उम्मेदवार हुनेछन्। 

राप्रपा नेता बोहरा पञ्चायतकालदेखिका सदावहार उम्मेदवार हुन्। २०७० को संविधानसभा निर्वाचनमा उनी विजयी भएका थिए। २०७४ को निर्वाचनमा  नेपाली कांग्रेसको सर्मथनमा उम्मेदवार भएका बोहरा थोरै मतले पराजित भएका थिए। एमालेका भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए। 

२०७० मा भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले भुसाललाई ८६ मतले पराजित गरेका थिए। यस क्षेत्रबाट २०६४ सालमा पनि खाण नै विजयी भएका थिए। 

त्यस्तै, राप्रपाले सहमति भएको दाबी गरेको अर्को क्षेत्र हो, चितवन–३। उक्त क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७४ सालमा निर्वाचित भएका थिए। वाम गठवन्धनको उम्मेदवार बनेका प्रचण्डसँग नेपाली कांग्रेसको सहकार्यमा राप्रपाका उम्मेदवार विक्रम पाण्डे प्रतिस्पर्धी थिए। प्रचण्डले ४८ हजार २६९ मत प्राप्त गरेर विजयी भएका थिए भने पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका थिए। यस पटकको स्थानीय निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका थिए भने मााओवादी र कांग्रेसले तालमेल गरेका थिए। 

राप्रपाका अनुसार एमालेसँग शुक्रबार निर्णायक वार्ता हुँदैछ। राप्रपा अध्यक्ष लिङ्देन र एमाले अध्यक्ष ओलीका बीचमा नवलपरासी, हुम्ला, कपिलवस्तु, सिन्धुपाल्चोक र अन्य केही जिल्लामा तालमेल गर्ने विषयमा छलफल हुने र शुक्रबार नै टुङ्ग्याउने ती नेताले बताए। राप्रपाले काठमाडौं–२ मा पनि दाबी गरिरहेको छ।

राप्रपाका महामन्त्री भुवन पाठकले एमालेसँगको छलफल सकारात्मक नै रहेको र शनिबारसम्म उम्मेदवाररको अन्तिम तय हुने बताए। उनले कति क्षेत्र भन्ने विषयमा दुवै पक्ष छलफलमै रहेको बताए। उनले देशभरका सबै निर्वाचन क्षेत्रमा तालमेल नगर्ने र केही क्षेत्रमा मात्र सहमति गरेर अन्यमा मित्रवत प्रतिस्पर्धा हुने जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  १२:४६
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्