काठमाडौं– वैदेशिक रोजगार विभागले युएईस्थित नेपाली दूतावासको छाप र दस्तखत किर्ते गर्ने म्यानपावरमा छापा मारेको छ।
काठमाडौंको बसुन्धारामा रहेको ग्रेट स्काई इन्टरनेसनल म्यानपावरले नक्कली छाप र दस्तखत किर्ते गरेर मागपत्र पेस गरेको थियो। आज म्यानपावरमा कम्पनीको कार्यालयमा छापा मारेर विभागले कागजात नियन्त्रणमा लिएको छ।
विभागका अनुसार म्यानपावरको कारोवार समेत रोक्का गरिएको छ।
केही दिनदेखि उक्त म्यानपावरले पेस गर्ने गरेका मागपत्रमा विभागले छानबिन गरिरहेको थियो। दुबईस्थित नेपाली दूतावास कार्यालयले नै फर्जी मागपत्र पेस भइरहेकोबारे विभागमा सूचना दिएको थियो।
कम्पनीका कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।