• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश १ मा जबरजस्ती करणीका घटनामा वृद्धि, अपराधीको रोजाइमा सहरका होटल (तथ्यांकसहित)

64x64
नेपाल लाइभ मंगलबार, साउन १५, २०७५  ०६:०७
1140x725

इटहरी– वैशाख २७ मा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ बस्ने रुद्र अधिकारी द्वारा सोही वडामा डेरा गरी बस्ने १८ वर्षीया युवती बलात्कृत भइन्। एक छोराका साथ डेरा बस्दै आएकी उनको अधिकारीसँग फेसबुकमा चिनजान भएको थियो। करिब दुई महिनादेखिको फेसबुक सम्पर्कपछि अधिकारीले शारीरिक सम्पर्क राख्न आग्रह गरेपछि युवतीले अस्वीकार गरेकी थिइन्। अधिकारीले नग्न तस्बिरमा उनको टाउको जोडिएको फोटो बनाएर युवतीलाई म्यासेज गरेपछि युवतीले आत्तिएर त्यसो नगर्न भनिन्। तर, अधिकारीले ‘कि मैले भनेको मान् नत्र फोटो सार्वजनिक गरिदिन्छु’ भन्दै धम्की दिए। उनले पहिला ती युवतीलाई भेट्न आग्रह गरे। र पछि अधिकारीले होटलमा नास्ता खाने र थकाइ मार्ने भन्दै लगेर जबरजस्ती करणी गरेको युवतीले प्रहरीलाई बयान दिएकी छिन्। 

सुनसरी बराह नगरपालिका वडा नम्बर ३ बस्ने मनोज खत्रीले २०७५ वैशाख २१ मा मामाघर जाने क्रममा एक बालिकालाई फकाएर जबरजस्ती करणी गरे। म मामा घर बाइकमा पुर्याेइदिन्छु भन्दै मनोजले फकाएर जंगलमा लगेर बलात्कार गरेको पीडित बालिकाले बयान दिएकी छिन्। १४ वर्षीया बालिकाको नाता पर्ने मनोजले त्यसपछि पनि बारम्बार फकाएर र धम्काएर जबरजस्ती करणी गरेको प्रहरीलाई बालिकाले भनेकी छिन्। 

२०७४ मंसिर ८ मा इटहरी उपमहानगर वडा नम्बर १७ बस्ने चन्द्रनारायण चौधरी र सोही वडाका इसुव मियाद्वार एक युवती बलात्कृत भइन्। भोलिपल्ट बिहान उनी इटहरीकै विष्णु होटलमा अचेत अवस्थामा फेला परिन्। चौधरी र मियाले उनलाई सानो काम छ भन्दै मोटरसाइकलमा हालेर होटलमा ल्याएका थिए। तर, होटलमा ल्याएपछि उनीहरूले जबरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीलाई बताएकी छिन्। सुरुमा बिहे गर्छु कसैलाई नभन भनेको र पछि नमानेपछि यातना दिएर जबरजस्ती गरेको उनको बयानमा उल्लेख छ। 

बलात्कारका यस्ता घटना दैनिक सञ्चार माध्यममा आइरहने समाचार बनेका छन्। पछिल्लो समयको आँकडा हेर्ने हो भने बलात्कारका घटनामा वृद्धि हुँदै गइरहेको पाइन्छ। 

प्रदेश १ को ३ वर्षको तथ्यांक हेर्दा जबरजस्ती करणकीको घटनामा वृद्धि भएको पाइन्छ। आर्थिक वर्ष २०७२/७३ मा प्रदेश १ मा मात्रै २ सय ४९ वटा बलात्कारका घटना भएका थिए। आर्थिक वर्ष २०७३/७४ मा २ सय ९३ र आर्थिक वर्ष २०७४/७५ मा ३ सय ८४ गरी ३ वर्षमा बलात्कारका ९ सय २७ उजुरी दर्ता भएको प्रहरीको तथ्यांमा छ। 

२०७२/७३ देखि ०७३/७४ सम्म आइपुग्दा जबरजस्ती करणकीको घटनामा १८ प्रतिशतले वृद्धि भएको छ भने २०७३/७४ देखि ०७४/७५ सम्ममा ३१ प्रतिशतले वृद्धि भएको छ। 

त्रिवर्षीय आँकडा अनुसार सबैभन्दा धेरै झापामा २ सय ३ घटना भएका छन्। त्यसपछि मोरङमा १ सय ९६ र सुनसरीमा १ सय ६३ घटना जानकारीमा आएको प्रहरीले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्ला ३ वर्षमा इलाममा ६६, उदयपुरमा ६४, पाँचथरमा ४१, तेह्रथुममा २६, धनकुटामा २५, ताप्लेजुङ र ओखलढुंमा समान १९, खोटाङमा १७ र सोलुखुम्बुमा १६ वटा जबरजस्ती करणीका घटना भएका छन्। 

त्यस्तै, जबरजस्ती करणी उद्योगमा पछिल्लो ३ वर्षमा ४ सय १२ वटा मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७२/७३ मा १ सय ११, आव २०७३/७४ मा १ सय १४ र आव २०७४/७५ मा १ सय ८७ वटा मुद्दा दर्ता भएका छन्।

यो तथ्यांक मूल्यांकन गर्दा उजुरी दर्ता भएका आधारमा मुद्दाको संख्यामा भने कमी देखिन्छ।

समाजशास्त्री अर्जुन उप्रेती प्रहरीसम्म उजुरीमै नआइपुगेका यस्ता घटना अझै धेरै हुन सक्ने बताउँछन्। पहाडी जिल्लाबाट यस्ता घटनाको उजुरी प्रहरीसमक्ष आइनपुग्न नसक्ने उनको अनुमान छ। गाउँमै मिलाएर समस्या सुल्झाउने चलनले पनि धेरै पीडित निस्सासिएर बसिरहेको हुनसक्ने उनले बताए।

‘प्रहरी समक्ष गए सामाजिक रूपमा बेइजत हुन्छ भन्ने धारणाले धेरै घटना बाहिर आउन सकेका हुँदैनन्,’ उनी भन्छन्, ‘महिलाको इज्जत नाकको टुप्पोमा हुन्छ, सानो घटनाले भोलि समाजमा जिउन समस्या पर्छ भन्ने मानसिकता व्याप्त छ। त्यसैले पनि धेरै घटना गुपचुप हुने गरेका छन्।’ 

घटना भए पनि सार्वजनिक नहुनु र सार्वजनिक भए पनि स्थानीयस्तरमै मिलाउने परिपाटीले पीडितले न्याय पाउन नसकेको उप्रेतीको बुझाइ छ। 

प्रहरी अधिकारीहरुले नै बलात्कार जस्तो जघन्य अपराधलाई सार्वजनिक गर्नुभन्दा मिलाउनतिर जोड दिने गरेको उदाहरण पनि प्रसस्त छ। केही समयअघि इटहरीको रोयल रिसोर्टमा एक बालिका बलात्कृत भएको घटनामा तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी केही समय निलम्बनमा परे। उक्त घटना मिलाउन जनप्रतिनिधिसमेत संलग्न रहेको खुल्न। घटनाका आरोपी प्रहरीकै मिलेमतोमा भारत गएर बसेको तथ्यसमेत बाहिर आयो। 

बलात्कारका घटना पहिला पनि उत्तिकै हुने गरेको तर हाल सार्वजनिक हुने क्रम बढेको बताउँछिन् मनोविमर्शकर्ता मञ्जिता पाण्डे। ‘मिडियामा सहज पहुँचका कारण पनि घटना सार्वजनिक हुन थालेका छन्। तर, समाजमा अझै पितृसत्ता हाबी भएकाले महिलाभित्रको त्रास हट्न सकेको छैन,’ उनी भन्छिन्, ‘सामाजिक सञ्जालमा सहज पहुँचसँगै कसैप्रति चाँडै विश्वास गर्नाले पनि बलात्कारका घटना हुने गरेका छन्।’ सामाजिक सञ्जालमा भेटिने व्यक्तिहरुलाई तत्काल विश्वास नगर्न, आफ्नो सुरक्षामा ध्यान दिन र आफ्नो वरिपरिकैबाट कुनै यौनजन्य शंकास्पद गतिविधि देखिए आफन्तलाई जानकारी गराउन किशोरी तथा महिलालाई उनी सुझाव दिन्छिन्।

यस्तै, तराईका सहरी क्षेत्रमा लुक्न सहज हुने, लगाइफकाई गरेर होटलहरुमा जबरजस्ती गर्ने, घटना हुनासाथ भारतका विभिन्न स्थानमा भाग्न सजिलो हुने जस्ता कारणले तराई क्षेत्रमा जबरजस्ती करणीका घटना कम हुन नसकेको प्रदेश १ का प्रहरी प्रमुख केदार रिजाल बताउँछन्।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५  ०६:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्