• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘आफूबाट सुरु हुने क्रान्तिले सबैलाई छुँदै जान्छ’ 

64x64
रिखिराम जिसी शुक्रबार, असोज १४, २०७९  ०७:५४
1140x725

पोखरा– जलवायु परिवर्तनका असर कम गर्न स्वअनुशासनबाट काम सुरु गर्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका सहभगाीहरूले जोड दिएका छन्। स्वअनुशासन नै पहिलो पाइला भएकाले आफैंबाट सुरु हुने क्रान्तिले सबैलाई छुँदै जानेमा उनीहरू एकमत भए।

भनिन्छ, जलवायु परिवर्तन १/२ वर्षमा थाहा पाउन सकिँदैन। १/२ वर्षमा थाहा पाएको परिवर्तन मौसम हो, दशकौंको परिवर्तन चाहिँ जलवायु। ३०/४० वर्षमा जुन जलवायु परिवर्तन भएका छन्, त्यो अघिल्लो १००/२०० वर्षमा पनि नभएको वातावरणविद् तथा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी बताउँछन्।

‘औद्योगिक क्रान्ति सुरुआतताका सन् १९८० तिर र अहिले प्राकृतिक प्रकोप बढेको तथ्यांकहरुले देखाउँछन्’, उनले भने।  

डा अधिकारीका अनुसार जलवायु परिवर्तनको जोखिमको हिसाबले नेपाल चौंथो स्थानमा छ। नेपालले ०.०२७ प्रतिशत हरितगृह ग्यास उत्पादन गर्छ, नेपाल जस्ता १०० देशले १ प्रतिशत हरितगृह ग्यास निकाल्छन्, अमेरिका, चीन, इयुले ६० प्रतिशत ग्यास उत्पन्न गर्ने तथ्यांकले देखाउँछ। अरुले गरेको गल्ती नेपालले भोग्नुपरेको अवस्था छ। 

मानवले आफ्ना आवश्यकता परिपूर्तिका लागि गरेका गतिविधिले मानव जीवनको अस्तित्वकै लागि खतरा बढेको अन्नपूर्ण मिडिया ग्रुपका सीईओ सनत न्यौपानेले बताए। ‘सबैले आफ्ना तरिकाले मात्र काम गर्दैछन्, जनप्रतिनिधि, पत्रकार, कर्मचारीबीच समन्वय, सहकार्य हुन सकेको छैन, वातावरणीय मूल्यांकन भएका छैनन्। सबैले आफ्नो फाइदाका लागि गरे,’ न्यौपानेले भने। 

जनवायु परिवर्तन अहिलेको जटिल समस्या बन्दै गएको न्यौपानेले उल्लेख गरे। ‘जनवायु परिवर्तन कम गर्न आफैंबाट सुरु गर्नुपर्छ, स्वअनुशासन त्यसको पहिलो स्टेप हो, जुन स्टेपबाट दोस्रो स्टेप तय गर्छ,’ न्यौपानेको भनाइ छ। 

वातावरणविद् डा अधिकारीका अनुसार पृथ्वीको तापक्रम बढ्दो छर समुद्री सतह बढ्दै गएको छ। हिउँ पग्लँदै गए, हिमनदी बढे, जुन समुद्रमा गएर थुप्रियो, माल्दिभ्स र श्रीलंका जोखिम बढ्यो।

जनवायु परिवर्तनको मुख्य कारण भनेको मानव गतिविधि भएको डा अधिकारीको ठम्याइ छ। ‘आफ्ना आवश्यकताका लागि मानिसले रुखहरु काटे, रुखले कार्बनडाइअक्साइड घटाउँछ,  रुख काट्दा वायुमण्डलमा कार्बन डाइअक्साइड बढाउँछ, जसले गर्दा जलवायु परिवर्तन हुन्छ,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

गण्डकी प्रदेश जजवायु परिवर्तनका हिसाबले जोखिममा रहेको डा अधिकारीले उल्लेख गरे। ‘पानी धेरै पर्ने ठाउँ पनि गण्डकीमै छ, थोरै पर्ने ठाउँ पनि गण्डकीमै छ,’ उनले भने, ‘धेरै पानी पर्ने ठाउँमा औषतमा पानी कम गर्न थालेको छ भने कम पर्ने ठाउँमा पानी धेरै पर्न थालेको छ, जुन जलवायु परिवर्तनको असर हो।’ 

नेपालका २९ जिल्ला जलवायु परिवर्तनको जोखिमका छन्। २२ वटा जिल्ला सुख्खा, १२ हिमनदी फुट्ने जोखिममा र ९ वटा जिल्ला बाढी, पहिरोको जोखिममा रहेको तथ्यांकले देखाउँछ। 

गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले सरकारले बनाउने नीति तथा कार्यक्रममा वातावरण प्राथमिकतामा राख्ने प्रतिवद्धता गरे। ‘सरकार वातावरणीय गतिविधिलाई समावेश गरेर अगाडि बढ्छ, वातावरण र वातावरण संरक्षण हाम्रो प्राथमिकता हो,’ उनले भने।

प्रदेश सभामार्फत् ऐन बनाउन गम्भीरताका साथ लागेको प्रदेश सभा पूर्वसदस्य राजीव पहारीले बताए। ‘ऐन, कानुन बनाउने ठूलो कुरा हो, गम्भीरताका साथ लागियो, अब आवश्यकता के छ भने कार्यान्वयन गर्नुपर्छ, प्रभावकारी कार्यान्वयन भएन भने त्यसको अर्थ रहँदैन,’ उनले भने।

कानुनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सभाले समिति गठन गर्नुपर्ने पहारीले सुझाए। ‘प्रदेश सभा सदस्य रहँदा कानुन बनाउन सहयोग गर्‍यौँ, कार्यान्वयन गर्न निगरानी गर्‍यौँ,’ उनले भने। 

विकासलाई चुनावी अजेन्डा बनाउँदा झनै विनास भएको माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले टिप्पणी गरिन्। ‘चुनाव आएका बेला जहाँ पायो त्यहीँ बाटो खन्छन्। वातावरणीय मूल्यांकन पनि गर्दैनन्। बाटो खन्दा बस्ती नै जोखिममा परेका छन्,’ उनले भनिन्, ‘जनताको मन जित्ने भन्दैमा प्राकृतिक प्रकोप ल्याउनु हुँदैन।’

लक्षित विपन्न, असहाय वर्गका लागि गाउँपालिकाले बजेट छुट्याएको उपाध्यक्ष अधिकारीले उल्लेख गरिन्। ‘लक्षित वर्गका लागि पालिका छ भन्ने हैसियतले बजेट छुट्याएका छौँ,’ उनले भनिन्। 

वातावरणीय गतिविधिमा प्राथमिकतामा दिए पनि समन्वय हुन नसकेको मन्त्री थापा सुनाउँछन्। ‘वातावरणलाई ३ वटै सरकारले प्राथमिकता दिएका छन् तर सरकारबीच समन्वय हुन सकेको छैन,’ उनले भने, ‘सरकारमात्र होइन, निजी क्षेत्र पनि यसमा लाग्नुपर्छ।’

वातावरणीय संरक्षण स्थानीय तहको एकल अधिकारमा रुपमा रहेको मानव अधिकार आयोगका अधिकृत टंक खनालले औंल्याए। ‘स्थानीय तह एकल अधिकारको पहिलो नम्बरमा छ, त्यो अनुसार कानुन, ऐन बनाउन र कार्यान्वयनमा स्थानीय तह लाग्नुपर्छ,’ उनले सुझाए। 

कृषि वैज्ञानिक अनिल सुवेदीले जलवायु परिवर्तनले वातावरणीय रुपमा ठूलो असर परेको बताए। ‘मुस्ताङमा स्याउ उत्पादन घटेको छ, तापक्रम बढेको छ। गहुँ, जौं उत्पादन अवधि लम्बिएको छ, जसले गर्दा उत्पादन घटेको छ’, उनले भने। 

यस्ता खाले कार्यक्रममा राजनीतिक दलका नेताको पनि सहभागिता गराउनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालीदास सुवदीले सुझाव दिए। ‘यस्ता कार्यक्रममा नेताहरुलाई सहभागी बनाउनुपर्छ। उनीहरुलाई पनि जलवायु परिवर्तनको ज्ञान हुनुपर्छ,’ उनले भने। 

५ वर्षमा पनि प्रदेशसभाले वन ऐन बनाउन नसक्नु दुःखद् भएको सुवेदीको भनाइ छ। ‘सरकारले कहाँ, के खेती हुन्छ, पहिचान गर्नुपर्छ। जसले गर्दा उत्पादन वृद्धि हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्को विषयबारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने समय आएको छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको सङ्केत गरेको उल्लेख गरे ।  “ह... मंगलबार, भदौ १६, २०८३
बाढी प्रभावित नागरिकका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात... आइतबार, भदौ १४, २०८३
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरूको पूजा–अर्चना गर्ने गर्दछन् । वश... शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
शव पहिचानका लागि डीएनए परीक्षण : मृतकका कुन-कुन आफन्तले दिन सक्छन् रगतको नमुना ? बिहीबार, भदौ १८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : १ हजार २२२ शव फेला, ४ हजार ८७५ जना अझै सम्पर्कविहीन बिहीबार, भदौ १८, २०८३
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्