• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘आफूबाट सुरु हुने क्रान्तिले सबैलाई छुँदै जान्छ’ 

64x64
रिखिराम जिसी शुक्रबार, असोज १४, २०७९  ०७:५४
1140x725

पोखरा– जलवायु परिवर्तनका असर कम गर्न स्वअनुशासनबाट काम सुरु गर्नुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका सहभगाीहरूले जोड दिएका छन्। स्वअनुशासन नै पहिलो पाइला भएकाले आफैंबाट सुरु हुने क्रान्तिले सबैलाई छुँदै जानेमा उनीहरू एकमत भए।

भनिन्छ, जलवायु परिवर्तन १/२ वर्षमा थाहा पाउन सकिँदैन। १/२ वर्षमा थाहा पाएको परिवर्तन मौसम हो, दशकौंको परिवर्तन चाहिँ जलवायु। ३०/४० वर्षमा जुन जलवायु परिवर्तन भएका छन्, त्यो अघिल्लो १००/२०० वर्षमा पनि नभएको वातावरणविद् तथा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी बताउँछन्।

‘औद्योगिक क्रान्ति सुरुआतताका सन् १९८० तिर र अहिले प्राकृतिक प्रकोप बढेको तथ्यांकहरुले देखाउँछन्’, उनले भने।  

डा अधिकारीका अनुसार जलवायु परिवर्तनको जोखिमको हिसाबले नेपाल चौंथो स्थानमा छ। नेपालले ०.०२७ प्रतिशत हरितगृह ग्यास उत्पादन गर्छ, नेपाल जस्ता १०० देशले १ प्रतिशत हरितगृह ग्यास निकाल्छन्, अमेरिका, चीन, इयुले ६० प्रतिशत ग्यास उत्पन्न गर्ने तथ्यांकले देखाउँछ। अरुले गरेको गल्ती नेपालले भोग्नुपरेको अवस्था छ। 

मानवले आफ्ना आवश्यकता परिपूर्तिका लागि गरेका गतिविधिले मानव जीवनको अस्तित्वकै लागि खतरा बढेको अन्नपूर्ण मिडिया ग्रुपका सीईओ सनत न्यौपानेले बताए। ‘सबैले आफ्ना तरिकाले मात्र काम गर्दैछन्, जनप्रतिनिधि, पत्रकार, कर्मचारीबीच समन्वय, सहकार्य हुन सकेको छैन, वातावरणीय मूल्यांकन भएका छैनन्। सबैले आफ्नो फाइदाका लागि गरे,’ न्यौपानेले भने। 

जनवायु परिवर्तन अहिलेको जटिल समस्या बन्दै गएको न्यौपानेले उल्लेख गरे। ‘जनवायु परिवर्तन कम गर्न आफैंबाट सुरु गर्नुपर्छ, स्वअनुशासन त्यसको पहिलो स्टेप हो, जुन स्टेपबाट दोस्रो स्टेप तय गर्छ,’ न्यौपानेको भनाइ छ। 

वातावरणविद् डा अधिकारीका अनुसार पृथ्वीको तापक्रम बढ्दो छर समुद्री सतह बढ्दै गएको छ। हिउँ पग्लँदै गए, हिमनदी बढे, जुन समुद्रमा गएर थुप्रियो, माल्दिभ्स र श्रीलंका जोखिम बढ्यो।

जनवायु परिवर्तनको मुख्य कारण भनेको मानव गतिविधि भएको डा अधिकारीको ठम्याइ छ। ‘आफ्ना आवश्यकताका लागि मानिसले रुखहरु काटे, रुखले कार्बनडाइअक्साइड घटाउँछ,  रुख काट्दा वायुमण्डलमा कार्बन डाइअक्साइड बढाउँछ, जसले गर्दा जलवायु परिवर्तन हुन्छ,’ उनले भने। 

Ncell 2
Ncell 2

गण्डकी प्रदेश जजवायु परिवर्तनका हिसाबले जोखिममा रहेको डा अधिकारीले उल्लेख गरे। ‘पानी धेरै पर्ने ठाउँ पनि गण्डकीमै छ, थोरै पर्ने ठाउँ पनि गण्डकीमै छ,’ उनले भने, ‘धेरै पानी पर्ने ठाउँमा औषतमा पानी कम गर्न थालेको छ भने कम पर्ने ठाउँमा पानी धेरै पर्न थालेको छ, जुन जलवायु परिवर्तनको असर हो।’ 

नेपालका २९ जिल्ला जलवायु परिवर्तनको जोखिमका छन्। २२ वटा जिल्ला सुख्खा, १२ हिमनदी फुट्ने जोखिममा र ९ वटा जिल्ला बाढी, पहिरोको जोखिममा रहेको तथ्यांकले देखाउँछ। 

गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापाले सरकारले बनाउने नीति तथा कार्यक्रममा वातावरण प्राथमिकतामा राख्ने प्रतिवद्धता गरे। ‘सरकार वातावरणीय गतिविधिलाई समावेश गरेर अगाडि बढ्छ, वातावरण र वातावरण संरक्षण हाम्रो प्राथमिकता हो,’ उनले भने।

प्रदेश सभामार्फत् ऐन बनाउन गम्भीरताका साथ लागेको प्रदेश सभा पूर्वसदस्य राजीव पहारीले बताए। ‘ऐन, कानुन बनाउने ठूलो कुरा हो, गम्भीरताका साथ लागियो, अब आवश्यकता के छ भने कार्यान्वयन गर्नुपर्छ, प्रभावकारी कार्यान्वयन भएन भने त्यसको अर्थ रहँदैन,’ उनले भने।

कानुनको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सभाले समिति गठन गर्नुपर्ने पहारीले सुझाए। ‘प्रदेश सभा सदस्य रहँदा कानुन बनाउन सहयोग गर्‍यौँ, कार्यान्वयन गर्न निगरानी गर्‍यौँ,’ उनले भने। 

विकासलाई चुनावी अजेन्डा बनाउँदा झनै विनास भएको माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले टिप्पणी गरिन्। ‘चुनाव आएका बेला जहाँ पायो त्यहीँ बाटो खन्छन्। वातावरणीय मूल्यांकन पनि गर्दैनन्। बाटो खन्दा बस्ती नै जोखिममा परेका छन्,’ उनले भनिन्, ‘जनताको मन जित्ने भन्दैमा प्राकृतिक प्रकोप ल्याउनु हुँदैन।’

लक्षित विपन्न, असहाय वर्गका लागि गाउँपालिकाले बजेट छुट्याएको उपाध्यक्ष अधिकारीले उल्लेख गरिन्। ‘लक्षित वर्गका लागि पालिका छ भन्ने हैसियतले बजेट छुट्याएका छौँ,’ उनले भनिन्। 

वातावरणीय गतिविधिमा प्राथमिकतामा दिए पनि समन्वय हुन नसकेको मन्त्री थापा सुनाउँछन्। ‘वातावरणलाई ३ वटै सरकारले प्राथमिकता दिएका छन् तर सरकारबीच समन्वय हुन सकेको छैन,’ उनले भने, ‘सरकारमात्र होइन, निजी क्षेत्र पनि यसमा लाग्नुपर्छ।’

वातावरणीय संरक्षण स्थानीय तहको एकल अधिकारमा रुपमा रहेको मानव अधिकार आयोगका अधिकृत टंक खनालले औंल्याए। ‘स्थानीय तह एकल अधिकारको पहिलो नम्बरमा छ, त्यो अनुसार कानुन, ऐन बनाउन र कार्यान्वयनमा स्थानीय तह लाग्नुपर्छ,’ उनले सुझाए। 

कृषि वैज्ञानिक अनिल सुवेदीले जलवायु परिवर्तनले वातावरणीय रुपमा ठूलो असर परेको बताए। ‘मुस्ताङमा स्याउ उत्पादन घटेको छ, तापक्रम बढेको छ। गहुँ, जौं उत्पादन अवधि लम्बिएको छ, जसले गर्दा उत्पादन घटेको छ’, उनले भने। 

यस्ता खाले कार्यक्रममा राजनीतिक दलका नेताको पनि सहभागिता गराउनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी अध्यक्ष कालीदास सुवदीले सुझाव दिए। ‘यस्ता कार्यक्रममा नेताहरुलाई सहभागी बनाउनुपर्छ। उनीहरुलाई पनि जलवायु परिवर्तनको ज्ञान हुनुपर्छ,’ उनले भने। 

५ वर्षमा पनि प्रदेशसभाले वन ऐन बनाउन नसक्नु दुःखद् भएको सुवेदीको भनाइ छ। ‘सरकारले कहाँ, के खेती हुन्छ, पहिचान गर्नुपर्छ। जसले गर्दा उत्पादन वृद्धि हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्