काठमाडौं– प्रधानन्यायधीश नियुक्ति प्रक्रिया थप अन्योलमा धकेलिएपछि कामु प्रधानन्याधीश दीपकराज जोशीले अनाबश्यक विषयलाई विवादमा ल्याएको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार साँझ बिज्ञप्ती निकाल्दै उनले संसदीय सुनुवाई प्रक्रियालाई प्रभावित पार्ने प्रयास भएको आशंका गरेका छन्।
जोशीको शैक्षिक प्रमाणपत्रका विषयमा प्रश्न उठेपछि त्यसविषयमा उनले प्रष्टिकरण दिएका छन्।
उनको सचिवालयले जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘तत्कालिन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वाेच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावीत पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ।’
जोशीले राजिनामा दिने तथा सरकारले राजिनामा दिन दबाब दिएको जस्ता विषय समेत भ्रामक भएकाले बिज्ञप्तीमा उल्लेख छ।
सामान्यतया संसदीय सुनुवाईकै दिन प्रधानन्यायधीको अनुमोदन हुनेमा यसपटक संसदीय बिशेष सुनुवाई समितिको बैठक तीन पठक सरिसकेको छ।
जोशीले विगतमा विवादास्पद फैसला गरेको भन्दै नेकपाका सांसदहरु उनलाई प्रधानन्याधीशमा उनको अनुमोदन नगर्ने पक्षमा उभिएका छन्। जसकारण प्रधानन्याधीश नियुक्ति अन्योलमा परेको छ।
हालसम्म संसदीय समितिले प्रधानन्याधीशको नियुक्ति अनुमोदन नगरेको इतिहास छैन।
यस्तो छ जोशीको सचिवालयले निकालेको बिज्ञप्ती-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।