काठमाडौं– मन्त्रिपरिषद्को बैठकले सचिवको सरुवा तथा बढुवा गरेको छ। गण्डकी प्रदेशका कामु मुख्य सचिवमा कार्यरत नारायणप्रसाद विडारीलाई सचिवमा बढुवा गरेको छ।
प्रधानमन्त्री कार्यालयका सचिव बुद्धीबहादुर खड्कालाई महिला तथा बालवालिका मन्त्रालयमा सरुवा गरिएको छ।
प्रदेश नम्बर १ का मुख्य सचिव सुरेश प्रधानलाई महालेखा नियन्त्रकमा तथा महालेखा नियन्त्रक रामकुमार आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।