• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

गैरआवासीय नेपाली नागरिकता र मताधिकार सुनिश्चित गर्न माग

64x64
नेपाल लाइभ मंगलबार, असोज ११, २०७९  ०८:२७
1140x725

काठमाडौं– गैरआवासीय नेपालीहरूले गैरआवासीय नेपाली नागरिकता र मताधिकार सुनिश्चित गर्न माग गरेका छन्। 

स्वीडेनको राजधानी स्टकहोममा २४–२५ सेप्टेम्बरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४औं क्षेत्रीय बैठकले नागरिकता विधेयकलाई आमसहमतिको आधारमा मूर्तरुप दिएर गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष  पुगेको नागरिकता सम्बन्धी विधेयक अघि बढ्न नसक्दा आमगैरआवासीय नेपाली समुदायलाई दु:खित बनाएको बताइएको छ। 

यसैगरी, विदेशमा रहेका नेपालीहरूको पैत्रिक सम्पत्ति तथा मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न सरकार र राजनीतिक दलहरुलाई अनुरोध गरिएको छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको स्मरण गर्दै तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित बैठकले माग गरेको छ। 

पढ्नुहोस् थप निर्णयहरू :
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं क्षेत्रीय बैठक स्वीडेनको राजधानी स्टकहोममा २४–२५ सेप्टेम्बर २०२२ मा सम्पन्न भयो। शनिबारबाट सुरु भएको २ दिने सम्मेलन प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो। 
एनआरएनए अभियानको ‘रुपान्तरणका लागि कार्यगत साझेदारी’ (Partnership in Action, for Transformation) भन्ने मूल नारासहित शुरु भएको सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव  एकनारायण अर्याल, अध्यक्ष कुल आचार्य, अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम्  आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, नेपाली दूतावास  डेनमार्कका उपनियोग प्रमुख तिर्थ अर्याल, एनआरएनए आइसिसीका उपाध्यक्षहरु आरके शर्मा, नारायण आचार्य, दुर्गा आचार्य, एनआरएनए युवा उपाध्यक्ष राज रेग्मी, एनआरएनए उपमहासचिव रामशरण सिमखडा, सचिव गंगाधर गौतम, एनआरएनए मध्यपूर्व संयोजक मनोज श्रेष्ठ गोर्खाली, युरोप क्षेत्रीय संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराई, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुबेदी, एनआरएनए स्विजरल्यान्डका अध्यक्ष शुभ एल्मार लामा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतम लगायत युरोपका विभिन्न एनसिसिका अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।
कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो। क्षेत्रीय उपसंयोजकद्वय दयानिधि सापकोटा र डा नवराज रोस्याराले सञ्चालन गर्नु भएको उद्घाटन सत्र एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो। क्षेत्रीय युवा संयोजक रमेश काफ्लेले संचालन गर्नु भएको समापन समारोहको अध्यक्षता सन्तोष भट्टराइले गर्नु भएको थियो।  
बैठकमा गैरआवासीय नेपाली संघको विधान, युवा, महिला र विज्ञहरुका विभिन्न सेसनहरुमा छलफल भयो।  त्यस्तै विभिन्न एनसिसीहरुको प्रतिवेदन समेत प्रस्तुत भएका थिए। २० भन्दा बढी देशका करिब २ सय जना प्रतिनिधि सहभागी रहेको सो बैठक विभिन्न निस्कर्ष सहित निम्नानुसारको निर्णयहरु गर्दै सम्पन्न भएको छ।
१. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष  पुगेको नागरिकता सम्बन्धी विधेयक अघी बढ्न नसकेकोमा आम गैरआवासीय नेपाली समुदायलाई दुखित बनाएको ठहर गर्दछ। यस विधेयकलाई आम सहमतिको आधारमा मूर्तरुप दिएर गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो बैठक सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दछ।   
२.  विदेशमा रहेका नेपालीहरूको पैत्रिक सम्पत्ती तथा मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुसंग अनुरोध गर्दछ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ।   
३.  “Growing Stronger Together with Youths & 2nd Generation” भन्ने नाराका साथ सम्पन्न गरिएको युवा सम्मेलन विशेषगरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनु पर्ने र गैरआवासीय नेपाली संघसंग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी छु्ट्टै बजेट ब्यबस्था गरिनु पर्ने निष्कर्ष निकालेको छ। छिट्टै बृहत्  “Global Youth Conference” आयोजना गर्ने निर्णय गर्दै राष्ट्रिय युवा परिषद, नेपाल र गैरआवासीय नेपाली संघबीच नेपालमा युवा परिचालन तथा क्षमता अभिवृद्धिमा साझेदारी गर्ने गरी १२ बुंदे सम्झौता पत्रमा हस्ताक्षर गरी सम्मेलन सम्पन्न गरियो।
 ४. आगामी अक्टोवर ११ देखी १३ सम्म हुने एनआरएनए स्थापना दिवस, विधान सभा तथा साधारणसभामा सकृय सहभागिता जनाउन युरोपस्थित सबै राष्ट्रिय समितिहरुलाई यो बैठक हार्दिक आग्रह गर्दछ। साथै गैरआवासीय नेपाली संघको आगामी वर्ष हुने ११ औं महाधिवेशनमा संघको नेतृत्व चयन प्रक्रियालाई सुनिश्चित गर्दै संघको विधानलाई उक्त विधान सभामा सर्वसम्मत  दस्तावेजको रुपमा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरियो।   
५.  संघले उद्यमशीलताको विकास गर्न विद्यालयस्तरबाटै 'पढ्दै कमाउंदै' जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो बैठक सहर्ष स्वागत गर्दछ। साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो बैठक प्रतिबद्धता जाहेर गर्दछ। 
६.  एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्षको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो बैठक आह्वान गर्दछ। विद्यमान कानूनी अडचनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो बैठक प्रतिबद्धता जाहेर गर्दछ।
७. नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने उडानलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसंग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ।   
८. पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लीक लगायतका देशहरुमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक पुनः आह्वान गर्दछ। कूटनीतिक नियोग नहुँदासम्म ती मुलुकहरुमा कन्सुलर सेवा प्रभावकारी बनाउन यो बैठक विशेष अनुरोध गर्दछ। हाल नेपाली नियोगहरुबाट दिईने सुविधाहरुमा राष्ट्रिय परिचय पत्र प्रदान गर्ने र मतदाता नामावली संकलन तथा मतदाता परिचय पत्र वितरणको समेत ब्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोग समक्ष यो बैठक अनुरोध गर्ने निर्णय गर्दछ। 
९. नेपाल सरकारले यूरोपेली मुलकहरुसंग श्रमसम्झौता मार्फत नेपाली श्रमबजार विस्तारको लागी यूकेसंग गरेको श्रम-सम्झौताको स्वागत गर्दै पोर्चुगल लगायतका देशहरुमा यो कार्य अघि बढेकोमा खुसी ब्यक्त गर्दै थप श्रम गन्तब्यलाई नीतिगतरुपमा अघि बढाउन अनुरोध गर्ने निर्णय गर्दछ। साथै विभिन्न कारणले युरोपमा आएर अलपत्र परेका नेपालीहरुको  सहयोगको लागि गैरआवासीय नेपाली संघका तर्फबाट एनआरएनए यूरोप राहत कोषको स्थापना गर्ने र  सो कोष निर्माणको लागि आगामी दुई महिनाभित्र छुट्टै नियमावलीको निर्माण गरिनेछ।  
१०. युरोपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको कुनै कारणले आकस्मिक निधन हुँदा  शव अलपत्र पर्ने अवस्थालाई  ध्यानमा राख्दै  त्यसरी  निधन भएका व्यक्तिहरूको शवलाई  नेपाल लैजाने व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ। 
११.    गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको  ज्ञान र सीपलाई  आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विशेष योजना बनाइ अघि बढाइने छ।
१२. नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई नेपालका बैंकहरुमा डलर लगायतका विदेशी मुद्रामा खाता खोल्न सहज गरिदिएको प्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ। विदेशका बैंक र वित्तीय संस्थाहरुको तुलनामा आकर्षक व्याज पाइने,  आफुले चाहेको बेला आफ्नो रकम फिर्ता पनि ल्याउन सकिने र नेपालको अर्थतन्त्रमा पनि भरथेग हुने यो अवसरबाट लाभ उठाउन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।
१३. वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष लाखौं नेपालीको सामाजिक सुरक्षासंग जोडिएको विषय भएकोले गैरआवासीय नेपाली संघले लामो समयदेखि त्यसका लागि पहल गर्दै आएको छ। अहिले नेपाल सरकार सामाजिक रोजगार सुरक्षा कोषको कार्यान्वयनका लागि सकारात्मक देखिएकाले यो क्षेत्रीय बैठक सरकारको त्यस निर्णयको स्वागत गर्दछ र वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष यथाशिघ्र कार्यान्वयनको माग गर्दै सबैखाले सहयोगका लागि गैरआवासीय नेपाली संघ प्रतिबद्धता जाहेर गर्दछ।
१४. बैठक सफलतापूर्वक सम्पन्न गर्न प्रमुख अतिथि, अतिथिहरु, सहयोगी सम्पूर्ण प्रायोजक, स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ। बैठक सफलतापूर्वक आयोजना गर्न निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् स्वीडेनलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ। आगामी १५ औं यूरोपेली बैठक चेक गणतन्त्रको प्राग शहरमा आगामी वर्ष २०२३ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ। 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ
रविले बोलाए सचिवालय बैठक
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ बिहीबार, भदौ १८, २०८३
रविले बोलाए सचिवालय बैठक बिहीबार, भदौ १८, २०८३
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो बिहीबार, भदौ १८, २०८३
बाढी–पहिरोले रसुवा, धादिङ, मुगु र सिन्धुपाल्चोकका सडक अवरुद्ध बिहीबार, भदौ १८, २०८३
केनको दुई गोलमा बायर्नको जित बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्