• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ठूला दलमा टिकटको हानाथाप, साना दललाई उम्मेदवार पाउनै सकस

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असोज ११, २०७९  ०८:३७
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला पार्टीभित्र उम्मेदवार बन्न हानथाप भइरहेको छ। आफूलाई सुरक्षित गर्नका लागि ठूला दलका नेताहरु टिकट पर्खिरहेका छन्।

उम्मेदवारकै विषयमा विवाद चर्किएपछि नेपाली कांग्रेसमा त एक पक्षले आन्दोलन नै घोषणा गरेको छ। समानुपातिक बन्दसूचीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै सच्याउन माग राखेर डा शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरिसकेको छ। 

ठूला दलभित्र टिकटका लागि हानथाप भइरहँदा साना दललाई भने उम्मेदवार पाउनै मुस्किल देखिएको छ। साना दललाई निर्वाचनमा भाग लिनका लागि सबै क्षेत्रमा उम्मेदवार पाउने स्थिति देखिँदैन।

नेपाली कांग्रेसबाट टुक्रिएर बनेको नेपाली कांग्रेस (बीपी)ले त देशैभर उम्मेदवार नपाउने भएपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बन्न आह्वान गरेको छ।  पार्टीले एक विज्ञप्ति जारी गर्दै दुवै तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यका साथै अन्य दल वा समूहलाई पनि असोज १८ गतेभित्र पार्टी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बीपी कांग्रेस पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अहिले हामी समानुपातिक सूचीको लिस्टको अन्तिममा छौं। प्रत्यक्षका उम्मेदवार खोज्नुपर्‍यो। पार्टीको आन्तरिक बैठकमा छलफल हुन्छ। प्रत्यक्ष लड्दा खर्चिलो हुन्छ। ७७ वटै जिल्लामा हाम्रो पार्टीको संगठन छैन। अहिले हामी ६० जिल्लामा मात्र छौं। १७ जिल्लामा खाली छ। उम्मेदवार बन्न इच्छुकका लागि सम्पर्क गर्न सूचना निकालिएको हो।’

महामन्त्री पौडेलले करुवा चिह्नबाट चुनाव लड्नेलाई उम्मेदवार बनाउन पार्टी तयार भएको बताए। उनले करुवा चिह्न लिएर स्वतन्त्रसमेत लड्न पाउने जानकारी दिए। पार्टीको समानुपातिक भोट आउने दाबी गर्दै विगतमा एमालेको चुनाव चिह्नबाट हृदयेश त्रिपाठी, कमल थापासमेत चुनाव लडेको तर्क गरे।

नेपाली कांग्रेस (बीपी) मा मात्रै होइन, कैयौँ अन्य पार्टीलाई समेत सबैतिर उम्मेदवार उठाउन सकस छ। त्यसैले त्यस्ता पार्टीले आफ्नो सीमित प्रभाव क्षेत्रमा मात्रै उम्मेदवार उठाउने गरेका छन्।

कांग्रेसमा किचलो चरम उत्कर्षमा
सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवारको विषयलाई लिएर किचलो उत्पन्न भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरुको सूची एक पक्षीय रुपमा पठाएको भन्दै संस्थापन इतर पक्ष चिढिएको हो। तत्काल उम्मेदवारहरुको बन्दसूची नसच्याएमा विद्रोह गर्ने संस्थापन इतर पक्षले निर्णय नै गरिसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार ठमेलस्थित एक होटलमा शेखर समूहको बैठक बसी समानुपातिक उम्मेदवार चयनमा एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोधका कार्यक्रम तय गरेको हो। निर्वाचन आयोगले नेपाली कांग्रेसलाई १३ र १४ गते समानुपातिकको सूची सच्चाउने समय दिएको सुनेकाले उक्त मितिसम्म सभापतिलाई सूची सच्चाउन समय दिने, तर नसच्चिएमा कठोर निर्णय लिने निर्णय गरेको सो पक्षका नेता जगदीशनरसिंह केसीले नेपाल लाइभलाई बताए। केसीका अनुसार १२ गते १२ बजे पार्टी कार्यालयमा शान्तिपूर्ण धर्ना र १३ गते विरोध स्वरुप चियापान कार्यक्रम गर्ने निर्णय भेलाले गरेको छ।

देउवाले आफ्ना गुटका मानिसहरुलाई सूचीको सुरुमा राखेको र कोइराला पक्षका नेताहरुलाई पछाडि राखेको उनीहरुको आरोप छ। प्रत्यक्षतर्फ पनि देउवाले पेल्ने तयारी गरेको भन्दै आन्दोलनमा जाने शेखर पक्षले जनाएको छ।

माओवादीमा असन्तुष्टि चुलिँदै
सत्ता गठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवारको विषयलाई लिएर आन्तरिक द्वन्द्व देखा परेको छ। पार्टीका नेताहरुलाई टिकट पाउन आश्वस्त तुल्याउन नसक्दा विद्रोहको स्थिति देखापरेको छ। पार्टी अध्यक्ष प्रचण्डकै गृहजिल्ला चितवनमा पाँचपटक पार्टीको जिल्ला अध्यक्ष भएका यमलाल विश्वकर्मा एमालेमा प्रवेश गरे। पार्टीमा नातावाद, कृपावाद भएको भन्दै उनी एमाले प्रवेश गरेका हुन्।

त्यसैगरी आइतबार मात्रै धनकुटामा माओवादीका केन्द्रीय नेता, पोलिटब्यूरो, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीले विद्रोह गर्दै सामूहिक राजीनामा नै दिए। सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय समेत गरे। निर्वाचनकै मुखमा आएर पार्टी नै विलिन गर्ने गरी भएको विद्रोहबारे पार्टीपंक्ति भने मौन देखिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाजवादी पार्टी छोड्दै नेता कार्यकर्ताहरु
सत्तारुढ अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीमा समेत नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। कतिपयले पार्टी परित्याग गरिरहेका छन्। सोमबार मात्रै नेकपा समाजवादी पार्टी अछामका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई लगायतको १७५ जनाको सिंगो टिम एमालेमै समाहित भएको छ। पार्टीभित्रको प्रवृत्ति ठीक नभएको भन्दै नेताहरु एमालेमै पनि फर्किरहेका छन्।

एमालेभित्र अन्यौल
तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर अघि बढेका एमालेका ‘१० भाइ’ अन्तर्गतका कतिपय नेताहरुले टिकट पाउने वा नपाउने अन्यौल छ। ओली प्रधानमन्त्री हुँदा गरिएको संसद् विघटनको आलोचना गरेका नेताहरुलाई आत्मालोचनापछि मात्रै टिकट दिने तयारी भइरहेको समाचार सार्वजनिक नै भइसकेको छ। कतिपय नेताहरु उम्मेदवारमा एकल सिफारिस हुन नसकेका कारण पनि त्यो अन्यौल झन् बलियो बनेको हो।

त्यस्तै, पछिल्लो समय विभिन्न पार्टीहरु परित्याग गरि एमाले भित्र्याइएका नेताहरुलाई टिकटको आश्वासन दिएको बताइन्छ। त्यसले गर्दा सम्बन्धित क्षेत्रमा एमालेमा रहेका नेताहरुले असन्तुष्टि जनाउने गरेका छन्।

त्यसैगरी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरु समेत पार्टी परित्याग गरिरहेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:३७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्