• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

ठूला दलमा टिकटको हानाथाप, साना दललाई उम्मेदवार पाउनै सकस

64x64
भूपेन्द्र शाह ठकुरी मंगलबार, असोज ११, २०७९  ०८:३७
1140x725

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ठूला पार्टीभित्र उम्मेदवार बन्न हानथाप भइरहेको छ। आफूलाई सुरक्षित गर्नका लागि ठूला दलका नेताहरु टिकट पर्खिरहेका छन्।

उम्मेदवारकै विषयमा विवाद चर्किएपछि नेपाली कांग्रेसमा त एक पक्षले आन्दोलन नै घोषणा गरेको छ। समानुपातिक बन्दसूचीमा सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै सच्याउन माग राखेर डा शेखर कोइराला पक्षले आन्दोलनको घोषणा गरिसकेको छ। 

ठूला दलभित्र टिकटका लागि हानथाप भइरहँदा साना दललाई भने उम्मेदवार पाउनै मुस्किल देखिएको छ। साना दललाई निर्वाचनमा भाग लिनका लागि सबै क्षेत्रमा उम्मेदवार पाउने स्थिति देखिँदैन।

नेपाली कांग्रेसबाट टुक्रिएर बनेको नेपाली कांग्रेस (बीपी)ले त देशैभर उम्मेदवार नपाउने भएपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बन्न आह्वान गरेको छ।  पार्टीले एक विज्ञप्ति जारी गर्दै दुवै तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यका साथै अन्य दल वा समूहलाई पनि असोज १८ गतेभित्र पार्टी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

बीपी कांग्रेस पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘अहिले हामी समानुपातिक सूचीको लिस्टको अन्तिममा छौं। प्रत्यक्षका उम्मेदवार खोज्नुपर्‍यो। पार्टीको आन्तरिक बैठकमा छलफल हुन्छ। प्रत्यक्ष लड्दा खर्चिलो हुन्छ। ७७ वटै जिल्लामा हाम्रो पार्टीको संगठन छैन। अहिले हामी ६० जिल्लामा मात्र छौं। १७ जिल्लामा खाली छ। उम्मेदवार बन्न इच्छुकका लागि सम्पर्क गर्न सूचना निकालिएको हो।’

महामन्त्री पौडेलले करुवा चिह्नबाट चुनाव लड्नेलाई उम्मेदवार बनाउन पार्टी तयार भएको बताए। उनले करुवा चिह्न लिएर स्वतन्त्रसमेत लड्न पाउने जानकारी दिए। पार्टीको समानुपातिक भोट आउने दाबी गर्दै विगतमा एमालेको चुनाव चिह्नबाट हृदयेश त्रिपाठी, कमल थापासमेत चुनाव लडेको तर्क गरे।

नेपाली कांग्रेस (बीपी) मा मात्रै होइन, कैयौँ अन्य पार्टीलाई समेत सबैतिर उम्मेदवार उठाउन सकस छ। त्यसैले त्यस्ता पार्टीले आफ्नो सीमित प्रभाव क्षेत्रमा मात्रै उम्मेदवार उठाउने गरेका छन्।

कांग्रेसमा किचलो चरम उत्कर्षमा
सत्तारुढ दल नेपाली कांग्रेसमा समानुपातिक उम्मेदवारको विषयलाई लिएर किचलो उत्पन्न भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा समानुपातिक उम्मेदवारहरुको सूची एक पक्षीय रुपमा पठाएको भन्दै संस्थापन इतर पक्ष चिढिएको हो। तत्काल उम्मेदवारहरुको बन्दसूची नसच्याएमा विद्रोह गर्ने संस्थापन इतर पक्षले निर्णय नै गरिसकेको छ।

Ncell 2
Ncell 2

सोमबार ठमेलस्थित एक होटलमा शेखर समूहको बैठक बसी समानुपातिक उम्मेदवार चयनमा एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोधका कार्यक्रम तय गरेको हो। निर्वाचन आयोगले नेपाली कांग्रेसलाई १३ र १४ गते समानुपातिकको सूची सच्चाउने समय दिएको सुनेकाले उक्त मितिसम्म सभापतिलाई सूची सच्चाउन समय दिने, तर नसच्चिएमा कठोर निर्णय लिने निर्णय गरेको सो पक्षका नेता जगदीशनरसिंह केसीले नेपाल लाइभलाई बताए। केसीका अनुसार १२ गते १२ बजे पार्टी कार्यालयमा शान्तिपूर्ण धर्ना र १३ गते विरोध स्वरुप चियापान कार्यक्रम गर्ने निर्णय भेलाले गरेको छ।

देउवाले आफ्ना गुटका मानिसहरुलाई सूचीको सुरुमा राखेको र कोइराला पक्षका नेताहरुलाई पछाडि राखेको उनीहरुको आरोप छ। प्रत्यक्षतर्फ पनि देउवाले पेल्ने तयारी गरेको भन्दै आन्दोलनमा जाने शेखर पक्षले जनाएको छ।

माओवादीमा असन्तुष्टि चुलिँदै
सत्ता गठबन्धनको अर्को ठूलो दल नेकपा माओवादी केन्द्रमा पनि उम्मेदवारको विषयलाई लिएर आन्तरिक द्वन्द्व देखा परेको छ। पार्टीका नेताहरुलाई टिकट पाउन आश्वस्त तुल्याउन नसक्दा विद्रोहको स्थिति देखापरेको छ। पार्टी अध्यक्ष प्रचण्डकै गृहजिल्ला चितवनमा पाँचपटक पार्टीको जिल्ला अध्यक्ष भएका यमलाल विश्वकर्मा एमालेमा प्रवेश गरे। पार्टीमा नातावाद, कृपावाद भएको भन्दै उनी एमाले प्रवेश गरेका हुन्।

त्यसैगरी आइतबार मात्रै धनकुटामा माओवादीका केन्द्रीय नेता, पोलिटब्यूरो, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारीले विद्रोह गर्दै सामूहिक राजीनामा नै दिए। सामूहिक राजीनामासँगै हेमराज भण्डारीको नेतृत्वमा स्वतन्त्र अभियानलाई अगाडि बढाउने निर्णय समेत गरे। निर्वाचनकै मुखमा आएर पार्टी नै विलिन गर्ने गरी भएको विद्रोहबारे पार्टीपंक्ति भने मौन देखिएको छ।

समाजवादी पार्टी छोड्दै नेता कार्यकर्ताहरु
सत्तारुढ अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीमा समेत नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन्। कतिपयले पार्टी परित्याग गरिरहेका छन्। सोमबार मात्रै नेकपा समाजवादी पार्टी अछामका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई लगायतको १७५ जनाको सिंगो टिम एमालेमै समाहित भएको छ। पार्टीभित्रको प्रवृत्ति ठीक नभएको भन्दै नेताहरु एमालेमै पनि फर्किरहेका छन्।

एमालेभित्र अन्यौल
तत्कालीन अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर अघि बढेका एमालेका ‘१० भाइ’ अन्तर्गतका कतिपय नेताहरुले टिकट पाउने वा नपाउने अन्यौल छ। ओली प्रधानमन्त्री हुँदा गरिएको संसद् विघटनको आलोचना गरेका नेताहरुलाई आत्मालोचनापछि मात्रै टिकट दिने तयारी भइरहेको समाचार सार्वजनिक नै भइसकेको छ। कतिपय नेताहरु उम्मेदवारमा एकल सिफारिस हुन नसकेका कारण पनि त्यो अन्यौल झन् बलियो बनेको हो।

त्यस्तै, पछिल्लो समय विभिन्न पार्टीहरु परित्याग गरि एमाले भित्र्याइएका नेताहरुलाई टिकटको आश्वासन दिएको बताइन्छ। त्यसले गर्दा सम्बन्धित क्षेत्रमा एमालेमा रहेका नेताहरुले असन्तुष्टि जनाउने गरेका छन्।

त्यसैगरी जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरु समेत पार्टी परित्याग गरिरहेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०८:३७
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिए... बुधबार, मंसिर २४, २०८२
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक... आइतबार, मंसिर २१, २०८२
प्रतिनिधिसभा निर्वाचनको यस्तो छ कार्यतालिका यसरी आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेश गर्ने समयसीमा निर्ध... शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्