• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

दशैं कसको हो, कसको होइन?

दिनेशराज पन्त मंगलबार, असोज १८, २०७९  २०:३९
1140x725

एकथरीले दशैं सबैको चाड हो भन्छन्। अर्कोथरी यो मान्यता स्वीकार्न तयार छैनन्। यसो भन्दै गर्दा केही समय अघिको एउटा घटना सम्झिन्छु। गोरे बहादुर खपांगीले दशैंलाई बाहुन क्षेत्रीको चाड हो भनेर विरोध गरेका थिए। तर पछि उनी राजाको मन्त्रिमडलमा गए र टीका थापे।

पहिलेदेखि नै दशैं कसको चाड हो भनेर आवाजहरु उठेका छन्। अन्य जातजातिको हैन भनेर विरोध पनि भएको छ। तर, अधिकांश नेपालीले यो पर्व मानिरहेका छन्। समयअनुसार दशैं मनाउने तरिका पनि फरक हुँदै जान्छ। म यसलाई अन्यथा लिन्नँ। किनभने, संस्कृति भनेको नदी जस्तै हो, बगिरहन्छ। बग्दाबग्दै नदीले दोभानहरु बनाएको हुन्छ। माथि जुन आकारले बगेको थियो, तल पनि उही आकारले बग्छ भन्ने हुँदैन। 

त्यसकारण दशैं कसरी मान्ने भन्दा पनि दशैं किन मानियो? दशैंमा गरिने कतिपय चालचलन किन मानिन्छ? र, मेरो घरमा दशैं मान्दा के गरिन्थ्यो, के गरिन्छ भन्ने कुरा यस लेखमा चर्चा गर्नेछु ।

ऐतिहासिक दृष्टिमा दशैं
दशैंलाई ऐतिहासिक दृष्टिले हेर्दा शक्तिको आराधनाको पर्व हो।  दशैंमा गरिने पूजा भनेको विजय यात्रा हो।  रामले रावणमाथि विजय गरेको हुनाले हर्षबढाइ गरिएको विजय यात्रा हो। दक्षिण भारत र श्रीलंकातिर रावण पनि पुजिन्छन्।

जनैपूर्णिमा ब्राह्मणको, दशैं क्षेत्रीयको, तिहार वैश्यको, फागू शुद्रको चाड हो भन्ने भनाइ छ। दशैं बहुसंख्यक नेपालीको चाड हो। जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दशैंको चर्चा इतिहासमा उति पाइँदैन।

धेरै पहिले झण्डै तीन महिनाको अन्तरमा दशैं हुन्थ्यो। बसन्त ऋतुको चैतमा, गृष्मको असारमा, शरद आश्विन शुक्लमा र  शिशिर ऋतुको पुषमा दशैं मानिन्थ्यो। बसन्त ऋतुको र शरद् ऋतुको दशैंको चलन अद्यापि  छ। असार र पुषको दशैं हराइसक्यो।

नेपालको इतिहास लिच्छवीकालमा प्रष्ट छैन। लिच्छवीकालका २५० वटा अभिलेख पाइएको छ। ती अभिलेखमा दशैंको चर्चा आएको पाइँदैन। सबै कुरा पाइँदैन। तापनि दशैं मनाइन्थ्यो भन्ने संकेत पाइन्छ।

सक् संवत् ४२५ तदअनुसार विसं ५६० को राजा मानदेवको पालाको एउटा शिलालेखमा भगवतिको चर्चा आएको छ। महिषासुरमर्दिनीको मूर्तीको पादपीठ भएर त्यो अभिलेख छ। मल्लकालीन अभिलेखमा भने कुन दिनमा घटस्थापना गर्ने, कहिले अष्टमी मान्ने कहिले टीका लगाउने चर्चा भएको पाइन्छ। त्यसकारण मध्यकालीन दशैं राम्ररी मानिँदोरहेछ भन्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

विजय यात्रा हो दशैं
इतिहासकार डा महेशराज पन्तले जनैपूर्णिमादेखि रानीपोखरीसम्म (२०७४) भन्ने पुस्तक लेख्नुभएको छ। उक्त पुस्तकमा दशैं सम्बन्धी चर्चा गरिएको छ। त्यही पुस्तकको केही भनाइ म यहाँ लिन्छु।

‘शरद् ऋतुमा विजिगिषु राजाहरुले विजययात्रा गर्ने कुराको बयान पाइन्छ। खोलानाला तर्न सकिने भएपछि र बाटाघाटामा हिलो सुकिसकेपछि शरद् ऋतुमा घोडाको निराजन भन्ने विधि गरिसकेपछि मात्रा राजा रघु विजययात्रा गर्न गएको बयान पाइन्छ।

राजाले विजययात्रा थाल्नुभन्दा अगाडि असोज महिनाको नवौं दिनमा र विजययात्रा पूरा भइसकेपछि तथा घोडालाई रोग लाग्दा वा शान्तिकर्म गर्दा घोडाको निराजन गर्नुपर्छ। चारचार महिनामा ऋतुको सन्ध्याकालीन हात्तीको निराजन गर्नु भनी पाइन्छ।

निराजन विधिमा विजययात्रामा गएको जस्तो अभिनय गरी शत्रुको माटोको मूर्ती बनाइ त्यस मूर्तीको छातीमा शूलले रोप्ने कुरा पनि त्यहाँ उल्लेख छ। शरद ऋतुमा महाअष्टमीको दिन दुर्गा पूजा गर्नु र दशमीको दिन घोडाको र हात्तीको निराजन गर्नु भनी निराजनको विधि विस्तृत कालिका पुराण ८५ अध्यायमा लेखिएको छ।

Xtrem

Xtrem

हाम्रा पुराना शास्त्रहरु कौटिल्य अर्थशास्त्र, रघुवंश, बृहत् संहितामा दशैंको चर्चा नभए पनि निराजना वा निराजनको चर्चा चलिआएकोले तथा कालिका पुराणमा भने शरद् ऋतुमा महाअष्टमीको दुर्गाको पूजा र दशमीको दिन निराजन गर्नुपर्छ भनी उल्लेख भएको छ।

पछिल्लो कालमा निराजन विधि दशैंको अंग हुन गएको देखिन्छ। जुद्ध सडकमा दमकल अगाडि सडकपारीको स्थानमा दशैंको महानवमीको दिन अहिलेसम्म पनि हुने गरेको घोडाहरुको नायक रेवन्तको पूजालाई निराजनकै रुपमा लिन सकिन्छ।’

त्यसकारण दशैं विजय यात्राको प्रतीक हो भन्दा पनि हुन्छ।

देवीको चर्चा पछि भएको हो 
अहिले दशैंमा देवीको चर्चा हुने गरेको छ। भारतमा त दुर्गाको विशेष पूजा हुने गर्छ।
 
देवीको चर्चा वैदिक कालदेखि नै भए पनि हामीले दशैंमा मान्ने गरेको जस्तो देवी भने अलि पछिल्लो कालमा मात्रै चर्चामा आएको भेटिन्छ। उदाहरणको लागि मृच्छकटिक ६।२७ मा देवीले शुम्भ र निशुम्भलाई मारेको कुरालाई दशैंमा पाठ गरिने चण्डी प्रसिद्ध दुर्गा सप्तशतीको ९–१० अध्याय शुम्भ निशुम्भ वधसँग जोड्न सकिन्छ।

दशैंमा पाठ गरिने दुर्गा सप्तशती अथार्त चण्डीको पुस्तक नेवार राज्यमा चौधौँ शताब्दीमा देखिन पाएको हुनाले त्यसताकासम्म दशैंको प्रतिष्ठा राम्रै भएको पाउन सकिन्छ।

गोरखादेखि फूलपाती किन ल्याइयो?
मैले ‘गोरखाको इतिहास’ पुस्तक लेख्ने क्रममा गोरखामा नै केही समय बसेको थिएं। एक सालको दशैं पनि त्यहीँ मानेको थिए। विभिन्न समयको अनुसन्धान गर्नुपर्ने भएको हुँदा त्यो साल गोरखाको दशैं पनि हेरें।

विसं १६१६ मा लमजुङका राजकुमार द्रव्य शाहले गोरखा जिते। गोरखा जितेपछि गोरखाको अर्काे ठाउँबाट बाजा बजाउँदै फूलपातीको दिनमा फूलपाती ल्याइँदो रहेछ। गोरखा दरबार नजिक आइपुगेपछि बाजा बजाउन रोकिने रहेछ। यसको रोचक कारण के रहेछ भने, त्यो स्थानमा आएपछि पनि बाजा बजाउँदा लमजुङेले सुन्छन्, विजय यात्रा भड्किन्छ भन्ने  चलन रहेछ।

त्यस्तै, जब श्री ५ पृथ्वीनारायण शाहले काठमाडौं जिते, त्यसरी नै हर्ष बढाइँ गर्दै गोरखादेखि काठमाडौंसम्म फूलपाती ल्याउने चलन बस्यो।

नेपाली सेनाले किन हर्षबढाइँ गर्छ?
मध्यकालदेखि नै नेपालका विभिन्न स्थानहरुमा किल्लाहरु बने। ती किल्लाहरुमा शत्रुले आक्रमण नगरुन् भनेर पुजा गर्ने चलन थियो। सेनाले शक्तिको आराधाना गर्ने भएकाले र दशैं पनि शक्तिको आराधना, पूजा भएकाले सेनाले दशैंमा विशेष पूजा गरेको हो।

पृथ्वीनारायण शाहको पालादेखि झन् यो क्रम बढेर गयो। किल्ला किल्लामा पूजा गर्ने सप्तमीको दिन बढाइँ गर्ने चलन आएको हो।

मेरो घरको दशैं
दशैंमा काठमाडौंमा चंगा उडाउने चलन थियो। मेरो घरमा भने त्यस्तो चलन थिएन। छाउनीमा गएर पनि चंगा उडाउने चलन थियो। केही वर्ष म पनि घरमा चंगा उडाउन खोज्थें तर बुबालाई मन पर्दैनथ्यो, त्यसैले चंगा उडाउन जानिएन। नौ रात्रा भर तेह्र अध्याय चण्डी पाठ गर्नुपर्थ्यो । अहिले पनि म यो पाठ गर्छु।

बेलुका वाणी विलास पाण्डेको देवी स्तुती पाठ  गर्ने हाम्रो घरमा चलन छ। अहिले जस्तो ज्यादै धेरै भीडभाड गरेर देवताको पिठमा जाने चलन थिएन। घटस्थापनाको दिनदेखि दशमीको दिनसम्म कुभिण्डो र अष्टमीमा बोकाको बली दिने चलन थियो।

पूजा गर्नेले नभइ अर्काले काट्दिने चलन थियो। हाम्रो घरमा राती पूजा गर्दा बेलुकी ९ वटा चामलको रोटी ९ वटा बारा तथा फलफूल चढाउने चलन थियो।

बुबाले अर्थ लाइलाइकन हाम्रो घरमा सकेसम्म खरखर गर्नेभन्दा पनि अर्थ बुझीबुझी गर्ने चलन थियो।

चण्डी पाठ लिएर अर्थ बुझेर गर्ने। दशैंको दिनमा मामाघरमा जाने चलन हो। हरेक दिन कन्या पूजा गरेपछि नवमीको दिन पनि कन्यालाई पूजा र विशिष्ट लुगा सहित नगद दिने चलन थियो। पहिले पहिले हाम्रो घरमा कुमार पनि पूजा गर्ने चलन थियो।

अहिले कोरोनाले बाधा पर्यो होला तर आफ्नो धर्म छोड्न हुँदैन। मनोवैज्ञानिक रुपमा शान्ति पाउनको लागि पनि पर्वहरुले धेरै सहयोग गर्छन्। त्यसकारण सुरक्षित भएर सबैले दशैं मानौं। दशैंको शुभकामना। 

(कुराकानीमा आधारित। यो सामग्री नेपाल लाइभमा पहिलो पटक २०७७ कात्तिक ९ गते प्रकाशित भएको थियो। पछिल्ला सन्दर्भसँग नमिल्ने केही अंश हटाइएका तथा सम्पादन गरिएका छन्। )

प्रकाशित मिति: मंगलबार, असोज १८, २०७९  २०:३९
  • #दशैं_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्