• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन चाडपर्वमा मात्रै हुन्छ अनुगमन?

64x64
रिखिराम जिसी शुक्रबार, असोज १४, २०७९  ०७:१५
1140x725
फाइल तस्बिर

पोखरा– पोखरा महानगरपालिकाले असोजको पहिलो हप्ता मासु पसलहरू अनुगमन गर्‍यो। रामबजार, जिरोकिमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमनमा परे। अनुगमन समितिले दर्ता, मूल्यसूची, सरसफाइ र मापदण्ड हेर्‍यो। अनुगमन गरिएका २५ मासु व्यवसायी नै नियमसम्मत देखिएनन्। सबैलाई कारबाहीको दायरामा ल्यायो। 

पसलहरूमा खुला रुपमा मासु राखेर बिक्री गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए। २५ वटामा अनुगमन गर्दा सबै नियमसम्मत् नभेटिएकाले कारबाही गरिएको अधिकारीले बताए। 

‘उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘२५ जनामध्ये मंगलबार (असोज ४ गते) १३ पसलेलाई ५ हजारका दरले जरिवानासहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको छ।’

नेपालकोे संविधान, २०७२ को अनुसूची–८ मा उपभोक्ता हित संरक्षणार्थ बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ। तर दशैं, तिहार लक्षित यो अनुमगन पोखरामा नयाँ जनप्रतिनिधि आएपछि दोस्रोपटक हो। दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । होटल व्यवसायीले मूल्यमा मनोमानी र खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहन्छ । तर, अनुगमन र कारबाहीको जिम्मेवारी पाएका सरोकारवाला निकाय भने दशैं, तिहार नजिकिएपछि मात्रै बजार अनुगमनमा सक्रिय देखिन्छन्। यो रोग यसपालि पनि दोहोरियो। 

चाडपर्वको बेला कारोबारसँगै चलखेल बढी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अनुगमन गरिएको पशुसेवा कार्यालय प्रमुख अधिकारीले बताए। ‘चाडपर्वको बेला कारोबार र मान्छेले चलखेल बढी गर्छ। जहाँ कारोबार धेरै हुन्छ त्यहाँ चलखेल धेरै हुन्छ। मान्छेले पहिलेको भन्दा मूल्य बढाउँँछ, सरसफाइमा पनि त्यति ध्यान दिँदैनन्। तिनलाई नियन्त्रण गर्न नै यो अनुगमन गरेका हौं,’ अधिकारीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरा महानगरपालिका बजार अनुगमन समितिका सदस्य सचिव भरतराज पौडेलले अनुगमन जिम्मेवारी पाए पनि कारबाहीको अधिकार दिने कानुन नबन्दा समस्या भएको बताए। ‘अनुगमनमा जाने कारबाही गर्न नपाउने भयो भने अनुगमनको अर्थ के हुने भो ?’ उनले भने। 

कानुन नबन्दा कारबाहीका लागि अन्य निकायसँग परनिर्भर हुनुपरेको पौडेलले बताए। ‘कानुन बनेको छैन, कारबाहीका लागि खाद्य गुण नियन्त्रण, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालयमा निर्भर हुनुपर्छ,’ उनले भने। 

वर्षभर नै अनुगमन गर्नै गरी अगाडि बढेको सदस्य सचिव पौडेलले बताए। ‘अनुगमनलाई वर्षभर निरन्तर गर्ने भन्ने ढंगले सोचिरहेका छौं। सहायक सीडीओ सरले पनि केही भन्नुभएको छ। अब यसलाई चाडपर्व लक्षित नगरी वर्षभरि अनुगमन गर्ने कुरा भएको छ,’ उनले भने। 

Xtrem
Xtrem

स्थानीय तहले अनुगमनलाई पटक्कै ध्यान नदिएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाको आरोप छ। ‘देशभरकै स्थानीय तहले पटक्कै अनुगमन गरेको पाइँदैन। पोखरामा चाहिँ केही सुरुआत भयो,’ उनले भने, ‘यो अनुगमन चाडपर्व लक्षित मात्रै नभएर लामो समयसम्म चलोस्।’ 

राजनीतिक आस्था, सहयोगदाता तथा नातागोताले अनुगमनमा प्रभाव पारेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कोइरालाले बताए। ‘स्थानीय तह भनेको लोकल लेभल गभर्मेन्ट भयो। त्यसले अलिकति बायस गर्नसक्ने सम्भावना देखिएको छ। किनभने आस्थाको आधारमा होला, मेरो भोटर हो कि होइन, मेरो आर्थिक सहयोगदाता हो कि होइन भन्ने आउँदो रैछ,’ उनले भने, ‘स्थानीय तहमा विभिन्न नाता तथा सम्बन्ध जोडिएर आउँछन्। यसले अनुगमनमा प्रभाव पारेका देखिन्छ।’  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नियमित अनुगमनका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताए। ‘स्थानीय तहहरुसँग समन्वयमा बजार अनुगमन सुरु गरेका छौँ, सुरुमा पोखरा महानगरबाट गरेका छौँ। क्रमशः अन्य स्थानीय तहहरुसँग समन्वय गरी बजार अनुगमनलाई अगाडी बढाउनेछौँ,’ उनले भने। 

स्थानीय तह, नापतौल विभाग, प्रशासन, खाद्य सुरक्षाको समन्वयमा अनुगमन भइरहेको सहायक प्रजिअ ढकालले सुनाए। जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्