• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २८, २०८२ Fri, Nov 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन चाडपर्वमा मात्रै हुन्छ अनुगमन?

64x64
रिखिराम जिसी शुक्रबार, असोज १४, २०७९  ०७:१५
1140x725
फाइल तस्बिर

पोखरा– पोखरा महानगरपालिकाले असोजको पहिलो हप्ता मासु पसलहरू अनुगमन गर्‍यो। रामबजार, जिरोकिमी, बगर, ट्याक्सीचोक र अमरसिंहचोक क्षेत्रका मासु पसलमा अनुगमनमा परे। अनुगमन समितिले दर्ता, मूल्यसूची, सरसफाइ र मापदण्ड हेर्‍यो। अनुगमन गरिएका २५ मासु व्यवसायी नै नियमसम्मत देखिएनन्। सबैलाई कारबाहीको दायरामा ल्यायो। 

पसलहरूमा खुला रुपमा मासु राखेर बिक्री गरेको, मूल्यसूची नटाँसेको र सरसफाइमा लापरबाही गरेको देखिएको महानगर पशुसेवा कार्यालय पोखराका प्रमुख नवराज अधिकारीले जानकारी दिए। २५ वटामा अनुगमन गर्दा सबै नियमसम्मत् नभेटिएकाले कारबाही गरिएको अधिकारीले बताए। 

‘उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘२५ जनामध्ये मंगलबार (असोज ४ गते) १३ पसलेलाई ५ हजारका दरले जरिवानासहित गल्ती नदोहोर्‍याउने सर्तमा छोडिएको छ।’

नेपालकोे संविधान, २०७२ को अनुसूची–८ मा उपभोक्ता हित संरक्षणार्थ बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ। तर दशैं, तिहार लक्षित यो अनुमगन पोखरामा नयाँ जनप्रतिनिधि आएपछि दोस्रोपटक हो। दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ । होटल व्यवसायीले मूल्यमा मनोमानी र खाद्यान्नमा मिसावट र उपभोक्ता ठगी हुने गुनासो बारम्बार आइरहन्छ । तर, अनुगमन र कारबाहीको जिम्मेवारी पाएका सरोकारवाला निकाय भने दशैं, तिहार नजिकिएपछि मात्रै बजार अनुगमनमा सक्रिय देखिन्छन्। यो रोग यसपालि पनि दोहोरियो। 

चाडपर्वको बेला कारोबारसँगै चलखेल बढी हुने भएकाले त्यसलाई नियन्त्रण गर्न अनुगमन गरिएको पशुसेवा कार्यालय प्रमुख अधिकारीले बताए। ‘चाडपर्वको बेला कारोबार र मान्छेले चलखेल बढी गर्छ। जहाँ कारोबार धेरै हुन्छ त्यहाँ चलखेल धेरै हुन्छ। मान्छेले पहिलेको भन्दा मूल्य बढाउँँछ, सरसफाइमा पनि त्यति ध्यान दिँदैनन्। तिनलाई नियन्त्रण गर्न नै यो अनुगमन गरेका हौं,’ अधिकारीले भने। 

Ncell 2
Ncell 2

पोखरा महानगरपालिका बजार अनुगमन समितिका सदस्य सचिव भरतराज पौडेलले अनुगमन जिम्मेवारी पाए पनि कारबाहीको अधिकार दिने कानुन नबन्दा समस्या भएको बताए। ‘अनुगमनमा जाने कारबाही गर्न नपाउने भयो भने अनुगमनको अर्थ के हुने भो ?’ उनले भने। 

कानुन नबन्दा कारबाहीका लागि अन्य निकायसँग परनिर्भर हुनुपरेको पौडेलले बताए। ‘कानुन बनेको छैन, कारबाहीका लागि खाद्य गुण नियन्त्रण, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालयमा निर्भर हुनुपर्छ,’ उनले भने। 

वर्षभर नै अनुगमन गर्नै गरी अगाडि बढेको सदस्य सचिव पौडेलले बताए। ‘अनुगमनलाई वर्षभर निरन्तर गर्ने भन्ने ढंगले सोचिरहेका छौं। सहायक सीडीओ सरले पनि केही भन्नुभएको छ। अब यसलाई चाडपर्व लक्षित नगरी वर्षभरि अनुगमन गर्ने कुरा भएको छ,’ उनले भने। 

स्थानीय तहले अनुगमनलाई पटक्कै ध्यान नदिएको उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाको आरोप छ। ‘देशभरकै स्थानीय तहले पटक्कै अनुगमन गरेको पाइँदैन। पोखरामा चाहिँ केही सुरुआत भयो,’ उनले भने, ‘यो अनुगमन चाडपर्व लक्षित मात्रै नभएर लामो समयसम्म चलोस्।’ 

राजनीतिक आस्था, सहयोगदाता तथा नातागोताले अनुगमनमा प्रभाव पारेको उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कोइरालाले बताए। ‘स्थानीय तह भनेको लोकल लेभल गभर्मेन्ट भयो। त्यसले अलिकति बायस गर्नसक्ने सम्भावना देखिएको छ। किनभने आस्थाको आधारमा होला, मेरो भोटर हो कि होइन, मेरो आर्थिक सहयोगदाता हो कि होइन भन्ने आउँदो रैछ,’ उनले भने, ‘स्थानीय तहमा विभिन्न नाता तथा सम्बन्ध जोडिएर आउँछन्। यसले अनुगमनमा प्रभाव पारेका देखिन्छ।’  

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नियमित अनुगमनका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको बताए। ‘स्थानीय तहहरुसँग समन्वयमा बजार अनुगमन सुरु गरेका छौँ, सुरुमा पोखरा महानगरबाट गरेका छौँ। क्रमशः अन्य स्थानीय तहहरुसँग समन्वय गरी बजार अनुगमनलाई अगाडी बढाउनेछौँ,’ उनले भने। 

स्थानीय तह, नापतौल विभाग, प्रशासन, खाद्य सुरक्षाको समन्वयमा अनुगमन भइरहेको सहायक प्रजिअ ढकालले सुनाए। जनस्वास्थ्यलाई ध्यानमा राखेर अनुगमन गरेको उनको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा २... बिहीबार, कात्तिक २७, २०८२
नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन भन्सार प्रमुख रमेश खड्काका अनुसार  उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन्।  यसैगरी, ८२८ वटा मालवाहक... बिहीबार, कात्तिक २७, २०८२
तोलामा २१ सय घट्यो सुन घिल्लो दिन तोलाको ३१७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१७५ रुपैयाँ कायम भएको छ। यसअघि असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तोलाको... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
नेकपाको केन्द्रीय कार्यसमिति ६०१ सदस्यीय बन्ने शुक्रबार, कात्तिक २८, २०८२
एनपीएल सिजन २ : पहिलो खेलका टिकट 'सोल्ड आउट' शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
मतदाता नामावली संकलनको म्याद ५ दिन थप्ने तयारी शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रधानमन्त्रीलाई जेनजीले बुझाएको सम्झौताको मस्यौदामा के छ ? शुक्रबार, कात्तिक २८, २०८२
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू शुक्रबार, कात्तिक २८, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्