• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्ला कि अस्वीकार?

64x64
नेपाल लाइभ सोमबार, साउन १४, २०७५  ०५:३८
1140x725

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाईका क्रममा रहेको संसदीय सुनुवाई विशेष समितिको बैठक तेस्रो दिन सोमबार बस्दै छ। संसदीय सुनुवाइ शुरु भएदेखि पहिलो पटक यति लामो समयसम्म अनुमोदन गर्ने वा नगर्ने विषयमा विवाद भएको हो।

यसअघि सुनुवाई समितिले सुनुवाई समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरेको थियो।

तर, प्रस्तावित  प्रधानन्यायाधीश जोशीको विषयमा भने सुनुवाइ भएको तेस्रो दिन बितिसक्दा पनि त्यससम्बन्धी निर्णय हुन सकेका छैन। २०७० सालमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश हुँदा पनि जोशीसहित केही न्यायाधीशको नाममा विवाद भएको थियो। तर, संसदीय समितिमा उनीहरुलाई विवादबारे प्रश्न सोधिए पनि सर्वसम्मतले अनुमोदन गरेको थियो। त्यसको ५ वर्षपछि प्रधानन्यायाधीशका लागि भएको सुनुवाइमा भने जोशी गम्भीर विवादमा परेको भन्दै अनुमोदन गर्न अलमल गरिएको हो।

सुनुवाइ समितिको बैठक लगातार सर्नुको कारण अनुमोदन नगर्ने उद्देश्यभन्दा पनि पर्याप्त छलफलका लागि भएको समितिका संयोजक लक्ष्मणलाल कर्णको तर्क छ। तथापि, नेकपाका एक सांसद भने जोशीको शैक्षिक प्रमाणपत्र र कतिपय विवादास्पद फैसलाका कारण समय लागेको संकेत गर्छन्।

जोशीको एसएलसीको प्रमाणपत्रबारे शंका उब्जिएको, उनले गरेका फैसला र आदेशबारे संसदीय सुनुवाइ समितिमा प्रश्न गर्दा समेत जवाफ नदिई हिँडेकाले समय लम्बिएको ती सांसदले बताए। 

यसअघिका प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रका कारण अदालत विवादमा तानिएकाले सुनुवाइ समितिले यस पटक विस्तृत अध्ययन गरेर मात्र अनुमोदन गर्न समय लगाएको नेकपाकी सांसद निरुदेवी पाल बताउँछिन्।

तर, नेपाली कांग्रेसका सांसदहरुले भने सुनुवाइ समितिको बैठक नै नबसी सारिरहनुमा गलत नियत देखिएको बताउँदै आएका छन्। बैठक बसेर छलफल गरी निर्णय गर्नुपर्नेमा सुनुवाइ समितिले त्यस्तो नगरेको उनीहरुको गुनासो छ।

नेकपाका अध्यक्षद्वयसँग परामर्श

Ncell 2
Ncell 2
nimb
nimb

जोशीको नाम अनुमोदन गर्ने विषयमा नेकपाका सांसदहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। उक्त छलफलमा दुवै अध्यक्षले संसदीय सुनुवाइ समितिले नै विवेकी रुपमा निर्णय गर्न सक्ने बताएको नेकपा सांसदहरुले जनाएका छन्। 

दुवै अध्यक्षले जोशीलाई अस्वीकार गर्न सक्नेतर्फ आँट दिएकाले नेकपाका सदस्यहरुले संसदीय दलका उपनेता सुभास नेम्वाङसँग पनि परामर्श गरेका थिए। कानुनी पृष्ठभूमि र जोशीसँग कुनै समय सँगै प्राध्यापनमा संलग्न रहेका नेम्वाङसँग पहिलो छलफल पर्याप्त नभएपछि सोमबार पुनः छलफल गर्ने कार्यक्रम छ।

सोमबार दिउँसो २ बजे सुनुवाइ समितिको बैठक बोलाइएकाले त्यसअघि पार्टीका नेताहरुसँग छलफल गरेर निर्णय लिने तयारीमा नेकपाका सांसदहरु छन्। १५ सदस्यीय सुनुवाइ समितिमा नेकपाका ९ सांसद छन्। दुइ तिहाइ सदस्यले प्रस्तावित नाम अस्वीकार गर्न सक्छ। संघीय समाजवादी फोरम जोड्दा समितिमा सत्तापक्षको दुइ तिहाइ बहुमत छ। 

कांग्रेसका ४ सांसद छन्। राजपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन्। जेष्ठ सदस्यको हैसियतमा उनले सभापतित्व गरिरहेका छन्।

असक्षम कि पार्टी निकट नहुँदाको सकस?

जोशीलाई सुनुवाइ समितिमा अल्झाइरहनुमा असक्षम मात्र नभई उनी नेपाली कांग्रेस निकट हुनु पनि प्रमुख कारण रहेको चर्चा हुन थालेको छ। जोशीले कायममुकाय प्रधानन्यायाधीशमा रहँदा सरकारले गरेका केही काम अन्तरिम आदेश मार्फत रोक लगाएका थिए। 

जसले गर्दा सत्तारुढ नेकपाले उनलाई अनुमोदन गर्नबाट रोकेको नेपाली कांग्रेसका सांसदहरुको बुझाइ छ। सरकारले गरेका कामहरु रोक्दा सरकारको असफलता देखिएकाले आगामी दिनमा यस्तो कार्य नहोस् भन्नाका लागि पनि जोशीको सुनुवाई सार्दै लगिएको उनीहरुको  तर्क छ।

तोडिएला ६७ वर्षे परम्परा

जोशीको नाम अनुमोदन नहुँदा २००८ सालदेखि सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चल्दै आएको परम्परा तोडिनेछ। वरिष्ठतम व्यक्ति प्रधानन्यायाधीश हुने ६७ वर्षको इतिहासमा नयाँ शुरुवात हुनेछ। जोशीपछि सर्वोच्चमा प्रधानन्यायाधीशको रोलक्रममा ओमप्रकाश मिश्र र चोलेन्द्र सम्सेर राणा छन्। दुवै न्यायाधीश निर्विवाद व्यक्ति भने होइनन्। मिश्र एनसेल लगायतका अन्य कर छुट र हाँडीगाउँको सार्वजनिक जग्गा व्यक्तिको नाममा हुनेगरी फैसला गर्ने न्यायाधीश हुन्। 

राणा पनि विगतदेखि नै विवादमा तानिँदै आएका न्यायाधीश हुन्। विशेष अदालतमा रहँदादेखि नै भ्रष्टाचारको मुद्दामा नरम मानिएका उनले सर्वोच्चमा आएपछि पनि उक्त छवि कायमै राखेको चर्चा हुनेगर्छ। पूर्व राजा ज्ञानेन्द्र साहकी छोरी प्रेरणा साहलाई ताहाचलको जग्गा दाइजो हुनेजस्ता फैसला राणाको इजलाशले गरेको थियो।

प्रकाशित मिति: सोमबार, साउन १४, २०७५  ०५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्