• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

१५ बुँदे सिड्नी घोषणापत्र जारी गर्दै चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

64x64
नेपाल लाइभ आइतबार, असोज २, २०७९  १४:५७
1140x725

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको आयोजनामा चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन सिड्नीमा आइतबार सम्पन्न भएको छ। 

‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्ने नारासहित प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा सम्मेलन आयोजना भएको थियो। 

उक्त सम्मेलनमा विश्वका दुई दर्जनभन्दा बढी देशका गैरआवासीय नेपालीहरु, संघका पदाधिकारीहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीको उपस्थिति थियो। 

सम्मेलनका २५ वटा सत्रमा एक सयभन्दा बढी विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। सम्मेलनमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रको सुझावका आधारमा सिड्नी घोषणापत्र जारी गरिएको छ।

यस्तो छ घोषणापत्र 
१. स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। हरेक राष्ट्रको समृद्धि, सामाजिक अनि आर्थिक विकासका लागि स्वस्थ नागरिक अपरिहार्य हुन्छ। हरेक नागरिकको जीवनस्तर उकास्ने पहिलो आधार पनि गुणस्तरीय स्वास्थ्य नै हो भन्नेमा हामी विश्वभर छरिएर रहेका नेपाली स्वास्थ्यकर्मी एवं चिकित्सकहरु विश्वस्त छौँ। हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि आवश्यक भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौँ। साथै, विदेशमा सिकेका ज्ञान र सीपलाई नेपालको स्वास्थ्य क्षेत्रमा लगाउन नेपाल सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

२. कोरोना भाइरसको महामारीले विश्वका हरेक स्थानमा रहेका नेपाली पनि प्रत्यक्ष– अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। महामारीबीच उत्पन्न मानसिक स्वास्थ्य संकट अझ अर्को भयावह पक्ष हो। यसर्थ, मानसिक स्वास्थ्य संकट समाधानसहित हरेक व्यक्तिको चौतर्फी विकासका लागि विशेष योजना सहितका स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता व्यक्त गर्दछौँ।

३. ‘मानसिक स्वास्थ्य नै सम्पूर्ण स्वास्थ्य हो’ भन्ने मूल सिद्धान्त अनुरुप विश्वभर छरिएर रहेका सम्पूर्ण विज्ञ, विशेषज्ञ, मनोविद्, सल्लाहकार एवं मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत सम्पूर्ण महानुभावहरूलाई यसै सम्मेलन मार्फत् मानसिक स्वास्थ्यको विश्वव्यापी सञ्जालमा आबद्ध हुन आह्वान गर्दछौँ।

४. छारे रोग, डिप्रेसन, आत्महत्या लगायतका समस्या समाधान तथा न्यूनीकरणका लागि बृहत् जनचेतना फैलाउन विशेष कार्यक्रम सञ्चालन गर्न अपरिहार्य देखिएकोले विश्वभरि छरिएर रहेका नेपालीहरुमा विविध कारणले  देखा परेका वा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्या समाधानका लागि आ–आफ्नो स्थानबाट जनचेतना प्रवाह गर्न आह्वान गर्दछौँ।

Ncell 2
Ncell 2

५. निजी तथा सरकारी क्षेत्रका सम्पूर्ण साझेदारहरूलाई नेपालमा मानसिक स्वास्थ्यको सहज र सुलभ पहुँच वृद्धि गर्न आवश्यक संरचनाहरू जस्तै ’क्राइसिस सेन्टर,’ आत्महत्या रोकथाम परियोजना, परामर्श क्लिनिक,  पुर्नवास केन्द्र लगायतमा लगानी गर्न प्रोत्साहन तथा आग्रह गर्दछौँ।

६. नेपालमा वा नेपाल बाहिर यूरोप, अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, अफ्रिका लगायतका  देशमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, मानसिक  स्वास्थ्य क्षेत्रका विज्ञ, विशेषज्ञ, सम्पूर्ण स्वास्थ्यकर्मी, नीति निर्माणकर्ता, सामाजिक अभियन्ता  तथा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरूलाई संगठित भई हातेमालो गरी,सूचना आदानप्रदान, सरसल्लाह, सीप विकास र अनुभव साटासाट गर्ने साझा सञ्जालको विकास गर्न आव्हान गर्दछौँ।

७.  मधुमेह, हृदयरोग, क्यान्सर जस्ता दीर्घ रोगहरूले नेपाली समुदायलाई आक्रांत पारेको तीतो सत्य हामीमाझ छ। यस्ता दीर्घ रोगको रोकथाम, व्यवस्थापन र स्वास्थ्य सम्बर्द्धनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक ठानिएको छ। यसका लागि स्वस्थ जीवनयापन, गुणस्तरीय जीवनशैली, गुणस्तरीय खानपान एवं पोषण, र तनाव व्यवस्थापन लगायतमा ध्यान दिँदै यी क्षेत्रमा बृहत् चेतना अभिवृद्धि गर्न अपिल गर्दछौँ।   महिलामा हुने पाठेघर, स्तन क्यान्सर तथा जो कोहीलाई हुन सक्ने  क्यान्सरको पहिचान र त्यसको रोकथामका लागि विशेष पहल र कार्ययोजनासहित अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ।

८. स्वस्थ समाज निर्माण एवं नागरिक स्वास्थ्य अभिवृद्धिका लागि  चिकित्सा, योग, आयुर्वेद, होमियोपेथी, अकुपंचर लगायत परापूर्वकालदेखि आधुनिक विज्ञान सम्मले स्वीकार गरेका स्वास्थ्य पद्धतिको लोकप्रियता र प्रभावकारिता विश्वस्तरमै व्यापक बन्दै गएको छ। सम्मेलनमार्फत हामी आयुर्वेद एवं वैकल्पिक चिकित्सा पद्धतिमा नेपालमा र  नेपाल बाहिर रहेका नेपालीहरूलाई समेट्न तथा त्यसबाट लाभान्वित हुनसक्ने वातावरण निर्माणका लागि आह्वान गर्दछौँ। त्यसका लागि आवश्यक अनुसंधान, जडिबूटीजन्य औषधिहरूको उत्पादन, सर्वसूलभता र प्रचारप्रसारका लागि नेपाल सरकार तथा सरोकारवाला निकायसँग पनि सहकार्य र हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

९. स्वास्थ्य क्षेत्रको बृहत् विकास र नागरिक स्वास्थ्य सुनिश्चितताका लागि एक अन्तर्राष्ट्रियस्तरको  अनुसन्धान केन्द्र (रिसर्च सेन्टर)  स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला सबैसँग अपिल गर्दछौँ।

१०. विभिन्न रोगजन्य महामारी, प्राकृतिक प्रकोप तथा विपदका बेलामा पनि स्वास्थ्य पूर्वाधार, स्वास्थकर्मी, चिकित्सक एवं स्वास्थ्य सेवाको अभावका कारण ज्यान गुमाउन बाध्य नेपालीको संख्या उल्लेख्य छ। यो विकराल अवस्थाको अन्त्यका लागि दूरदराजसम्म स्वास्थ्य सेवाको सहज पहुँच स्थापित गर्नु अनिवार्य देखिएकाले यस सम्बन्धमा गम्भीर हुन हामी नेपाल सरकारसँग अपिल गर्दछौँ। साथै, र्यापिड रेस्पन्स टीम ( २४ घण्टाभित्र स्वास्थ्यकर्मी सहितको टोलीले सेवा प्रवाह गर्न सक्ने ) भौतिक संरचना निर्माण र दुर्गम स्थानमा प्रोत्साहनसहितको सेवा सञ्चालन गर्न  आवश्यक वातावरण निर्माण, भौतिक एवं प्राविधिक सहयोगका लागि नेपाल सरकारसहित विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरु समक्ष  आव्हान गर्दछौं।

११. घुम्ती स्वास्थ्य सेवा, क्लिनिक, म्यामोग्रम, रक्तदान बस लगायतका लागि आवश्यक सहयोग जुटाउने तथा यसका साथै विभिन्न प्रकारका स्वास्थ्य शिविरहरूको संचालन गरी दूरदराजसम्म पनि स्वास्थ्य सेवा प्रवाह गर्न आह्वान गर्दछौँ।

१२. स्वास्थ्यको पहुँचबाट कोही पनि नेपाली विमुख हुन नपरोस् भन्नेमा हामी एकमत छौँ। सीमान्तकृत र भौगोलिक वा अन्य कारणले पिछडिएका तथा विविध कारणले ओझेलमा परेका  समुदायमा समान स्वास्थ्य सुविधा र पहुँचका लागि नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ।

१३. नेपालको स्वास्थ्य क्षेत्रको विकास र हरेक नेपाली स्वस्थ नेपाली एवं सहज स्वास्थ्य सेवाको पहुँच लगायतका अवधारणा र लक्ष्य हासिल गर्दै  विश्वभरका स्वास्थ्यकर्मी, चिकित्सक एवं सरोकारवाला सहित नेपाल सरकारसँग समेत सहकार्यका लागि यो सम्मेलनलाई निरंतरता दिने प्रण गर्दछौँ।

१४. विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मी एवं चिकित्सक, विज्ञ, विशेषज्ञ लगायत समग्र स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तित्वहरुलाई एउटै सूत्रमा बाँधी नेपाल र नेपालीप्रति थप जिम्मेवार बनाउने, यस क्षेत्रमा देखिएका समस्या पहिचान एवं निराकरण गर्ने तथा नीतिनिर्माण तहमा गर्न सकिने योगदान लगायतका विषयमा बृहत् छलफल गर्ने उद्देश्यले यही वर्षको डिसेम्बर महिनाभित्र एनआरएनए अमेरिकामा क्षेत्रीय स्वास्थ्य सम्मेलन र पाँचौ विश्व स्वास्थ्य सम्मेलन क्यानाडामा आयोजना गर्ने  निर्णय गरिन्छ।

 १५. अन्त्यमा,गैरआवासीय नेपाली संघ, चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया, एनआरएनए अन्तर्राष्ट्रिय परिषद, नेपाल सरकार, बुद्धिजीवि, सल्लाहकार, विशेषज्ञ, विज्ञ, सम्पूर्ण सञ्चारकर्मी र विश्वभर छरिएर रहेका नेपालीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १४:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्