• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संसदमा कांग्रेस: बलात्कारका दोषीलाई कारबाही होस्, नेकपा: लासमाथि राजनीति नगरौं

64x64
नेपाल लाइभ आइतबार, साउन १३, २०७५  ०८:२२
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा दोषीलाई कारबाहीको माग गरेका छन्।

प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले दोषीमाथि कारबाहीको माग गरे भने सत्तापक्षका सांसदहरुले लासमाथि राजनीति नगर्न आग्रह गरे।

आइतबारको संसदमा शून्य र विशेष समयमा बोल्ने सांसदहरुले आफ्नो धारणा राखेका छन्।

केही सांसदहरुले राखेका धारणाको सम्पादित अंशः

डिला संग्रौला पन्त, कांग्रेस
निर्मला पन्तको ट्युसन पढेर घर फर्कने बेलामा सामूहिक बलात्कार गरी घाँटी थिचेर मारेर नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी छन्। पिडित परिवार, नागरिक समाज र बुद्धिजीवीहरु उनका न्यायको लागि संघर्षमा छन्। उनलाई न्याय दिनुको सट्टा सरकार दमन र शोषणमा उत्रिएको छ। पन्तको हत्यारा र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राख्न चाहन्छु।

दीपकप्रकाश भट्ट, नेकपा
तीन दिनअगाडि जब त्यो घटना घट्यो। पन्तको बलात्कारपछि हत्या भएको घटना जानकारीमा आएपछि त्यो घटनाको अनुसन्धान गर्न प्रहरी प्रशासन र राजनीतिक दलहरु जब छलफल गरिरहेका थिए। परिवारका सदस्यहरुलाई अनुसन्धानमा सहयोग गर्नका लागि आग्रह गर्दागर्दै पनि अहिलेसम्म परिवारका सदस्यहरुले हामी लास बुझ्छौं भन्दाभन्दै पनि लास बुझ्न दिइएको छैन। स्वभाविक रुपमा मानवीय संवेदना हराउँदै गएको र मानवीयतामा नै प्रश्न चिह्न उठ्नेगरी जुन घटना घटिरहेका छन्। यसमा हामी गम्भीर हुनु जरुरी छ। तर लासमाथि राजनीति गर्ने संकीर्ण सोचले यस्ता कामहरुलाई समयमै सम्बन्धित अपराधीहरुलाई सर्वस्व सहित… । (समय सकिएको)

निरुदेवी पाल, नेकपा
म त्यस्तो देशको नागरिक हुँ, जहाँ हरेक तीनमध्ये एक महिला हिंसामा पर्छन्। यो महिला बालबालिका मन्त्रालयका सचिवले पेश गरेको प्रतिवेदनमा छ। म निर्मला पन्तको विषयमा कुरा उठाउन चाहिरहेको छु। जसको लास अस्तिमात्रै उखुबारीमा भेटिएको छ। हामी भन्न चाहन्छौं कि त्यो लासमाथि राजनीति नगरियोस्। पिडकलाई कारबाही गरियोस् र पिडितलाई न्याय दिइयोस्। तर तिनै महिलामाथि राजनीति गर्ने कतिपय राजनीतिक दलहरुलाई म भन्न चाहन्छु, तपाईंहरुले राजनीति त्यो लासमाथि होइन, त्यसरी नगर्नुस्। दोषीहरुलाई कडाभन्दा कडा कारबाही गरियोस्। सर्वस्वसहित कडाभन्द कडा कारबाही गरियोस्।

पूर्णकुमारी सुवेदी, नेकपा
निर्मलाको हत्याको विषयले साह्रै नै दुखी बनाएको छ। यसको बारेमा छानबिन गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गरियोस्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रमिला राई, कांग्रेस
प्रत्येक दिनजसो महिला तथा बालबालिकामाथि हिंसा भएको छ। र बलात्कृत भइरहेका छन्। त्यस्तै, यही १० गते बिहीबार निर्मला पन्तको सामूहिक बलात्कारपछि विभत्स हत्या गरिएको छ। र चारचार दिनसम्म त्यो हत्यारालाई पक्रिन नसकेको खबर हामीले सुनिरहेका छौं। छिटोभन्दा छिटो दोषीहरुलाई पक्रेर हदैसम्मको कारबाही गरी पिडितहरुलाई उचित क्षतिपूर्ति सरकारबाट प्राप्त होस्।

उमा रेग्मी, कांग्रेस
हामीले पटकपटक यो हाउसमा भनेका छौं। ७७ वर्षिया वृद्धादेखि साढे २ वर्षिया बालिकासम्म शृंखलाबद्ध रुपमा बलात्कृत भइरहेको छ। यसै शृंखलामा कञ्चनपुरमा १३ वर्षिया निर्मलाको बलात्कार भएको छ। बलात्कार भएपछि जनता आन्दोलित भए। सरकारले बलात्कारीलाई खोजेर कारबाही गर्नुको साटो जनतालाई कारबाही गरेको छ। जनतामाथि लाठी बर्साएको छ। धरपकड गरेको छ। आन्दोलित जनतालाई धरपकड गर्ने, अनि यहाँ लासमाथि राजनीति नगर भन्ने? लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन। त्यहाँका जनता होइनन्। बलात्कारीलाई खोजी गरेर हदैसम्मको कारबाही होस्। आज भारतमा पनि मृत्युदण्डको व्यवस्था छ, अमेरिकामा पनि छ। कानुन संशोधन र निर्माण गरेर मृत्युदण्डसम्मको कारबाही गर्नुपर्छ, बलात्कारीलाई।

भरतकुमार साह, कांग्रेस
कञ्चनपुरमा निर्मला पन्तको बलात्कार भएको छ। त्यो जघन्य अपराध हो। योभन्दा ठूलो अपराध अरु हुनसक्दैन। भारतमा यस्तो घटनामा मृत्युदण्डको प्रावधान छ। यहाँ पनि सरकारले अपराधीहरुलाई तुरुन्तै पक्रेर कारबाही गरोस्। ढिलासुस्ती नगरोस्। सरकारले ढिलासुस्ती गर्छ भने हामी कुनै हालतमा छाड्ने छैनौं। हामी लासमा राजनीति गर्दैनौं। लासमा राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन। हामी अपराधीलाई कारबाही होस् भन्ने चाहन्छौं। ढिला नहोस्, पिडितले न्याय पाउन्। अपराधीहरुलाई नेपालको कानुनले दिएको ठूलोभन्दा ठूलो कारबाही होस्।

भैरवबहादुर सिंह, नेकपा
निर्मला पन्तको हत्याराहरु, बलात्कारीहरुलाई कानुनको कठघरामा उभ्याएर कडा कारबाही होस्।

रंगमति शाही, कांग्रेस
निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको छ। संसदमा जवाफ दिनेबेला प्रधानमन्त्रीले भन्नुभएको थियो, जब घटना हुन्छ, त्यहाँ सरकार दौडिहाल्छ, पुगिहाल्छ, हामी न्याय दिइहाल्छौं भनेर जवाफ दिनुभएको थियो। तर आज चारचार दिनसम्म सुनुवाइ पनि भएको छैन। हत्यारा पत्ता लागेको छैन भनेर प्रहरीले अगाडि बढाउनुभएको छैन। त्यसको साटो न्याय माग्ने महिलाहरुलाई निर्ममतापूर्वक लाठी प्रहार गरेको छ। यसको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाही होस् भन्ने जोडदार माग गर्दछु।

सरिता गिरी
बलात्कार भयो, हत्या भयो। त्यो आफ्नो ठाउँमा छ। हिजोदेखि जनता सडकमा उत्रिएका छन्। आन्दोलित छन। प्रहरी प्रशासनबाट केही व्यक्तिलाई गिरफ्तार गरेको कुरा आइरहेको छ। मैले अनलाइनमा देखें, जुन ठाउँमा बालिकाको मृत शरीर पल्टेको छ। त्यहाँ अधिकृतहरु उभिनुभएको छ। र त्यो बालिकाले लगाएको ट्राउजरलाई खाल्डोमा रहेको पानीमा पखालेको छ। यो प्रमाण मेटाउने अपराध हो। सरकारी अधिकारीहरुको संरक्षणमा।

त्यसैले जसले बलात्कार गरेको छ, त्यो आफ्नो ठाउँमा छ। तर सरकारको मातहतमा सम्बन्धित प्रमाणहरु मेटाउने काम गरिएको छ भने त्यो भन्दा पनि गम्भीर अपराध हो। म माग गर्छु, गृहमन्त्रीले तुरुन्त सभामा जानकारी गराउन्। किनभने, त्यहाँ स्थानीय जनताहरु कुटाइ खाइरहेका छन्। पुलिसले निर्ममतापूर्वक लाठी प्रहार गरिरहेको छ। स्थानीय जनताले सूचना मागिरहेका छन्। स्थानीय जनतामाथि अर्को अन्याय भइरहेको छ।

लक्ष्मी परियार, कांग्रेस
निर्मला पन्तलाई सामूहिक बलात्कार गरेर मृत अवस्थामा उखुबारीमा फालिएको अवस्थामा भेटिएको छ। त्यो बलात्कार गर्ने अपराधीलाई कारबाही माग गरेर त्यहाँका महिलाहरु, नागरिक समाजहरु सडकमा उत्रिएका छन्। यसरी कारबाही गर भनेर उत्रिने समूहलाई नेपाल सरकारले दमन गरेर, प्रहरीले लाठी चार्ज गरिरहेको छ। यसको म घोर भर्त्सना गर्दछु। मलाई अचम्म लाग्यो, यहाँ सांसदहरुले लासमा राजनीति गरेको कुरा उठाउनुभयो। हामीलाई थाहा छ, कुन राजनीति कुन पृष्ठभूमिको हो भनेर। 

बिना बुढाथोकी
यस्तो घटनामा कडाभन्दा कडा कानुन ल्याई अबोध बालिकादेखि वृद्धा आमासम्म सबैलाई अमनचयन र शान्ति सुरक्षाको प्रत्याभूति गराउन जरुरी छ। चाँडोभन्दा चाँडो अपराधीलाई कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गर्दछु।

प्रकाशित मिति: आइतबार, साउन १३, २०७५  ०८:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्