काठमाडौं– निदाएको बेला आफ्नी प्रेमिकलाई बलात्कार गराउन लाउने सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्। जवान रामशरण पाेखरेल शुक्रबार पक्राउ परेका हुन्।
उनले आफ्ना साथी चन्द्र पछाईलाई आफ्नी प्रेमिकाको इच्छाविपरीत सम्बन्ध राख्न लगाएका हुन्। पछाई पनि प्रहरी जवान हुन्।
उनी पनि पक्राउ परेका छन्। गत बिहीबार कलंकीको आशिवार्द गेस्ट हाउसमा बलात्कार भएको हो। सुरुमा युवती पाेखरेलसँग सम्बन्ध राखेर सुतेकी थिइन्। निदाएको बेला पछाईले समेत सम्बन्ध राखेको युवतीको उजुरी छ।
दुवै जनालाई जबरजस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त,कालिमाटी वृत्तका डिएसपी प्रदीपकुमार क्षेत्रीले बताए। प्रहरीका अनुसार बिहीबार बेलुका तीन जना सँगै गेष्ट हाउसमा गएर मदिरा पिएका थिए। पोखरेल र युवती एउटा कोठामा तथा पछाई अर्काे कोठामा सुते। थिए। बिहान बिउँझदा उनी नग्न अवस्थामा थिइन्। आफ्नो बेडमा प्रेमी नभई पछाई थिए। प्रेमी रहेका पाेखरेलले पछाईलाई गाली गर्नुभन्दा युवतीलाई सम्झाउन थालेपछि झगडा सुरु भएको हो। बिहान प्रहरीलाई खबर गरेर युवतीले दुवै जनालाई पक्राउ गराएकी हुन्। कोठामा कन्डम लगायत प्रमाण बरामद गरिएका प्रहरीले जनाएको छ।
पाेखरेल र युवती २ वर्षअघि प्रेममा थिए। तर, बीचमा उनीहरुबीच झगडा भएको थियो। सापकोटाले नै युवतीलाई फकाएर गेस्ट हाउसमा लिएर गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।