• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डेटिङ जान मञ्जुर भयो भन्दैमा जबरजस्ती करणी मञ्जुर हुन्छ ?

शशी बस्नेत मंगलबार, भदौ २८, २०७९  १७:२४
1140x725

नवलपुर जिल्ला अदालतले बाल यौन दुराचारको मुद्दामा कलाकार पल शाहलाई दुई वर्ष ६ महिना जेल र १० लाख रुपैयाँ जरिवानाको फैसला गर्‍यो। पलको फैसला आएकै दिन नेपाली क्रिकेट टोलीका क्याप्टेन सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको दावी गर्दै एक किशोरीले प्रहरीमा उजुरी दिइन्।

आरोपित खेलाडी र पीडित दावी गरिएकी किशोरीको यो घटनाले सामाजिक सञ्जालमा चर्कै बहस भएको छ। गोपनीयता र बलात्कारका विषयमा आरोप-प्रत्यारोप सुरु भएको छ। 

बलात्कारका घटना एकपछि अर्को गर्दै बाहिर आएका छन्। घटना आएसँगै टीकाटिप्पणी पनि सुरु भएका छन्। कुन उमेर समूहलाई बालबालिका मान्ने, कुनलाई नमान्ने भनेर पनि बेलाबेला कुरा उठिरहेको हुन्छ। 

मुलुकी ऐन २०२० मा १६ वर्ष मुनिकालाई बालबालिका मानिएको छ। त्यो बेलाको कानुनमा १६ वर्ष मुनिका बालिकाले मन्जुरी दिए पनि नदिए पनि जबरजस्ती मान्ने भन्ने व्यवस्था थियो। जुन पछि संशोधन भएर आयो। 

सन् १९८९ मा नेपाल संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिमा हस्ताक्षर गरेर पक्ष राष्ट्र बनेको छ। त्यसपछि भने नेपालले १८ वर्ष मुनिकालाई बालबालिका मानेको छ।

बालबालिका सम्बन्धी ऐन २०७५ सालमा आएको हो। उक्त ऐनमा पनि १८ वर्ष मुनिका व्यक्तिलाई बालबालिका मान्ने भनेर व्यवस्था गरियो। यो अन्तर्राष्ट्रिय उमेर पनि हो। पक्षधर राष्ट्रले यसैलाई आधार मानेका छन्। अहिलेको कानुनले १८ वर्ष मुनिकालाई मञ्जुरी लिए पनि नलिए पनि जबरजस्ती मान्ने भनेको छ। 

कानुनले नै व्यवस्था गरेको कुरामा प्रतिप्रश्न गर्नु भनेको बेवकुफी बाहेक केही होइन। यो विषयमा आलोचनात्मक बहस गर्न सकिएला समय अनुसार। तर कानुन अनुसार १८ वर्ष मुनिका बालबालिकामाथि हुने करणी बलात्कार नै हो भन्ने बुझ्न जरुरी छ। 

पीडित दावी गरिएका व्यक्तिको परिचय किन गोप्य ? 
लैंगिक हिंसाका घटना हुँदा पीडितको गोपनीयताको विषयमा पनि बेला-बखत कुरा उठ्छ। गोपनीयता सम्बन्धी कानुन थिएन पहिला। न्यायाधीश सपना मल्ल प्रधानबाट सर्वोच्च अदालतमा गोपनीयता सम्बन्धी रिट पर्यो। सो रिटमा एचआईभी एड्स पोजेटिभ र यौनजन्य घटनामा पीडित भएको व्यक्तिको नाम गोप्य राखिने व्यवस्था सहितको फैसला आयो। 

Ncell 2
Ncell 2
nimb
nimb

गम्भीर प्रकृतिको फौजदारी अभियोगमा पीडित भएको व्यक्तिको परिचय गोप्य राखिने भनेर आएको त्यो फैसलासँगै एउटा गाइडलाइन आयो। जसमा बालबालिका बलात्कार, मानव बेचबिखन र गम्भीर प्रकृतिका मुद्दामा परिचय गोप्य राख्ने निर्देशिका बन्यो।

यसो भन्दै गर्दा महिलाको मात्र गोपनीयता भन्ने होइन। त्यहाँ पीडित जो छ, उसको हकमा लागू हुन्छ। बालबालिकाको हकमा पीडित र पीडक दुवै जनाको परिचय गोप्य राख्ने भन्ने हुन्छ। बलात्कारको मुद्दा बन्द इजलासमा हुने भएकाले पनि यसमा उच्च गोपनीयता अपनाइएको हुन्छ। 

नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा २८ मा कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानुन बमोजिम बाहेक अनतिक्रम्य हुनेछ भनेर उल्लेख गरिएको छ। 

योसँगै हाडनाता करणीको केसमा पनि गोपनीयता कायम हुन्छ। यदि हाडनाता करणीमा पीडकको नाम खुलाउँदा पीडितको पनि परिचय खुल्ने भएका कारण दुवै जनाको परिचय गोप्य राखिन्छ। यौनजन्य घटनासँग जोडिएपछि मानसिक तनाव, सामाजिक बहिष्कार वा लान्छाना लगाउने हुँदा पीडित र पीडक दुवैको परिचय गोप्य राखिएको हो। 

आरोपित कि अपराधी? 
पीडित दावी गरिएको व्यक्तिको मात्र कानुनले कुरा गर्दैन, आरोपित व्यक्तिको पनि हक सुनिश्चत गरेको छ। अहिले सामाजिक सञ्जालमा अरोपितलाई अपराधी नै करार गर्ने खालका अभिव्यक्ति आइरहेका छन्। जबसम्म कानुनले अपराधी करार गर्दैन तबसम्म समाजले अपराधी भन्न मिल्दैन।

संविधानको धारा २० मा न्याय सम्बन्धी हक छ। कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण सहितको सूचना नदिई थुनामा राख्न नपाइने व्यवस्था छ। पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुने कानुनमा व्यवस्था छ। त्यस्तो व्यक्तिले आफ्ना कानुन व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ। 

प्रचलित कानुन अनुसार सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुनेछैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानुनमा तोकिएभन्दा बढी सजाय दिइने छैन। कुनै अभियोग लागेको व्यक्तिलाई कसुर प्रमाणित नभएसम्म कसुरदार नमान्ने उल्लेख छ। प्रत्येक व्यक्तिलाई निज विरुद्ध गरिएको कारबाहीको जानकारी पाउने हक हुनेछ। 

प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुने उल्लेख छ। त्यसैले समाजले नै कसैलाई अदालतको फैसला बिना कसुरदार मान्नु आफैंमा कानुनको सिद्धान्त विपरीत हुन्छ। 

कानुन एकातिर, समाज अर्कोतिर
हाम्रो समाज व्यक्तिविशेष छ। केही वर्चश्वशाली समूहको हातमा छ। कानुन पनि लैंगिकमैत्री छैन। पितृसत्तावादी समाज भएका कारण उत्पीडित वर्गलाई सजिलै दोषी करार गर्छ। महिलासँग जोडिएको भए सिधै बालिका समेतलाई ‘मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार’ भन्दै भजन गाइन्छ।

कानुनले कसैलाई किन्तु-परन्तु भन्दैन। तर समाजले कमजोर वर्गलाई मात्र आँखाको कसिंगर बनाउँछ। त्यसको उदाहरण हो, हाई प्रोफाइल भएका व्यक्तिसँग जोडिएका बलात्कारका केसमा अरोपितले गरेको होइन भनेर सामाजिक सञ्जालमा बहस हुन्छ। जसको प्रत्यक्ष असर न्यायालयलाई परेको हुन्छ। 

सडकमा कसको पक्षमा आवाज कति उठ्यो भनेर न्याय पाइने होइन। जिल्ला अदालत काठमाडौंमा दिनकै ४ देखि ५ वटासम्म जबरजस्ती करणीका मुद्दा दर्ता हुन्छन्। तर कोही सामाजिक रुपमा प्रतिष्ठित भनिएका व्यक्ति नै जोडिएका मुद्दामा आम चासो बन्ने गर्छ। तर आरोपित यदि हाई प्रोफाइलका व्यक्ति भए त्यो गरेकै होइन भनेर पहिला नै मान्ने खालको वातावरण छ। 

डेटिङ मञ्जुर भयो भन्दैमा कसरी जबरजस्ती करणी मञ्जुर हुन्छ? 
अहिले कानुनी शिक्षाको कमीले गर्दा वैवाहिक, लिभिङ टुगेदर र प्रेम सम्बन्धमा पनि जबरजस्ती करणी हुन्छ? भनेर गलत बहस सुरु भएको छ। प्रेम वा वैवाहिक सम्बन्धमा पनि जबरजस्ती करणी हुन्छ भनेर कानुनमा स्पष्ट लेखिएको छ।

समाजले नै तँ किन गइस्? किन भेटिस्? किन डेटिङ गरिस्? किन चिया-कफी खाइस्? किन यतिका दिनसम्म बोलिनस्? जस्ता बेतुकका तर्क गर्ने परिपाटी बढ्दो छ। डेटिङ जान मञ्जुर भएको भन्दैमा जबरजस्ती करणी मञ्जुर गरिएको भन्ने त होइन नि। 

कानुनले केही आधार हेर्छ। त्यो आधारमा अनुसन्धान गर्छ। कसुर गरेको ठहरिए दोषी हुन्छ। 

(वकिल बस्नेतसँग धनु विश्वकर्माले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १७:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्