• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेविसंघको त्रिवि समिति भंग, ताला खुल्ने-नखुल्ने विषय अझै अन्योलमा

64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, भदौ २७, २०७९  १७:५३
1140x725
केही समय पहिले त्रिविमा भएको विद्यार्थीको झडप। फाइल तस्बिर।

काठमाडौं- ६ महिनादेखि तालाबन्दी गरिरहेको कांग्रेसनिकट विद्यार्थी संगठनको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ। सोमबार नेविसंघका केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै सोमबारदेखि नै त्रिविमा सक्रिय सम्पूर्ण समितिहरू विघटन गरिएको बताएका छन्।

तर, शेर्पाको विज्ञप्तिमा ताला लगाएको वा यससँग सम्बन्धित कारणले समिति(हरू) विघटन गरिएको उल्लेख छैन। न त त्यसप्रति कुनै टिप्पणी नै गरिएको छ। बरु, त्यहाँ फरकफरक 'साथीहरू आ-आफ्नो तवरले सक्रिय' रहेको र 'अब संगठनलाई एक ढिक्का बनाइ थप सशक्त र संगठित गर्ने' उद्देश्यले नेविसंघको महाधिवेशन गर्ने भनिएको छ।

स्पष्ट छ, त्रिविमा नेविसंघका फरकफरक समितिहरू छन्। तिनीहरूले कहिले एक्लै र कहिले संयुक्त रुपमा कार्यक्रम गर्दै आएका छन्।

अध्यक्ष शेर्पाले त्रिवि नेविसंघमा ३२ वर्षमाथि उमेर हद भएकाहरूले नेतृत्व गरेको, लामो समयदेखि नेविसंघका तीन-चार वटा समूह सक्रिय रहेका जस्ता कारण सबै साथीहरूलाई धन्यवाद ज्ञापन गरेर विघटन गरिएको बताए। 

उनले नयाँ अधिवेशनबाट नेतृत्व ल्याउनका लागि मार्ग खुलाएको दाबी गरे। उनले भने, 'त्रिविमा नेविसंघका तीन, चारवटा कमिटी छन्। तीन चार वटा कमिटी भएको अवस्थामा कसरी अधिवेशन गर्नु, त्यसैले अधिवेशन गर्नका लागि नेविसंघ त्रिविका सबै सक्रिय कमिटीहरूलाई विघटन गरिएको हो।' 

त्यसले त्रिविका नेविसंघ समितिहरू विघटनले तालाबन्दी खोल्ने सुनिश्चिता गर्दैन। नेविसंघले लगाएको ताला खोल्ने नखोल्ने विषयमा त्रिविका नेविसंघ विद्यार्थीहरूसँग छलफल गरेर एक–दुई दिनमै निर्णय लिने शेर्पाको भनाइ छ।

'अहिलेको साथीहरूले विश्वविद्यालयमा उठाएका मुख्य तीन मुद्दामा नेविसंघ सकारात्मक छ। तिनलाई ओझेलमा पार्ने काम गरिएको छ। इकोनोमिक्स डिपार्टमेन्टमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने, म्यानेजम्यान्ट प्याकल्टीमा तीनचोटी प्रश्न पत्र दोहोरिएको सन्दर्भमा सो फ्याकल्टीबाहिरका सरहरूलाई छानबिन गर्न लगाउने र परीक्षा सम्पन्न भएर पनि समयमा नतिजा प्रकाशन नभएकाहरूको तत्काल प्रकाशन गर्नु पर्ने मुद्दामा एक मत छ', उनले भने। 

ताला खोल्न आग्रह
त्रिविका १३ महाशाखा प्रमुखहरूले सोमबार नै विज्ञप्ति जारी गर्दै लामो समयदेखि तालबन्दीका कारण निर्वाधरुपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न कठिनाइ परिरहेको बताएका छन्। 'निरन्तर तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा त्रिभुवन विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा नकारात्मक असर पर्दै गइरहेको छ', विज्ञप्तिमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञप्तिमा तालाबन्दीका कारण असारदेखिको तलब भत्ता रोकिएको, सेवाग्राहीहरूले सेवा नपाएकोदेखि सेवाग्राहीले समयमा पाउनुपर्ने सेवा पनि नपाएको उल्लेख छ।

'त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका तालाहरू यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक कार्यहरू सुचारु गर्नका लागि सहयोग गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।

किन भयो तालाबन्दी?
सदनसम्म विषय उठ्नेगरी तालाबन्दीको सूत्रधार हो, कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ। उसले निजी कलेजमा सोधिएका प्रश्न त्रिविको बोर्ड परीक्षामा हुबहु राखिएकोबारे छानबिन गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बीबीएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने, विश्वविद्यालयको मर्यादा कायम गर्नुपर्ने जस्ता मागहरू राखेर फागुनदेखि तालाबन्दी गरेको हो।

विघटन हुनुअघिको नेविसंघ त्रिविका उपाध्यक्ष डम्मर साउँदले शान्ति पूर्व तरिकाले नेविसंघले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गरेको भएपनि उपकुलपतिदेखि सम्बन्धित डिनहरूले बेवास्ता गरेको आरोप लगाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दलीय आस्थाको रुपमा आफूहरूले लगाएको ताला विपक्षी संगठनहरूलाई उचालेर फोड्न लगाउने, अनेरास्ववियुलाई परिचालन गर्दै शान्तिपूर्ण आन्दोलनलाई विथोलेको, दोहोरो झडप उत्पन्न गराएर विद्यार्थी विद्यार्थीहरूबीच बैमनस्यता कायम गरेको जस्ता आरोप पनि उनको छ।

छानबिन भइरहेको त्रिविको दाबी
प्रश्नपत्र दोहोरिएको विषयमा व्यवस्थापन विभागका डिन प्राडा डिल्लीराज शर्माले छानबिन समितिले काम गरिरहेको दाबी गरे। शर्मा भन्छन, ‘भोजराज (अर्याल) सरको छानबिन समितिले काम गरिरहेको छ। त्यो समिति कार्यकारीले बनाएको हो।'

त्यसको प्रतिवेदन आएमा थाहा हुने उनी बताउँछन्।

उनले विद्यार्थीसँग वार्ता भएको पनि बताए। 'वार्ताचाहिँ धेरै पटक भएको हो। निष्कर्षमा नपुगुञ्जेलसम्म वार्ताको कुनै अर्थ रहेन। वार्ता गर्नुपर्छ। बीचमा भएको पनि थियो', उनले भने।

शर्माले तालाबन्दीकै बीचमा दैनिक प्रशासनिक काम भइरहेको बताउँदै दीर्घकालीन योजनाका काम, पीएचडीका लागि बाहिरबाट बोलाउनुपर्ने एक्सपर्ट, भाइबा गर्नुपर्ने, नयाँ भर्ती खोल्नुपर्ने जस्ता काममा समस्या भएको गुनासो व्यक्त गरे।

'विश्वविद्यालयमा तालाबन्दी विकृति हो'
शिक्षाविद् डा विद्यानाथ कोइरालाले विश्वविद्यालय तालाबन्दीको विकल्प हुनुपर्ने बताउँदै अन्य सिर्जनशील उपाय खोज्न सुझाए।

उनी तालाबन्दीको विषयमा कुनै पनि दलहरू चोखो नरहेको भन्दै विद्यार्थीहरूलाई तालाबन्दीका लागि प्रोत्साहन गरिरहेको बताउँछन्। उनी भन्छन, ‘त्यो चाहे कांग्रेसले सिकाओस्। चाहे एमालेले सिकाओस्। चाहे माओवादीले सिकाओस्। चाहे चन्दवादीले सिकाओस्। बुद्धिको भाँडो यही हो।’

दलहरूकै संगठनहरूले तालाबन्दी गरिरहेको हुनाले विद्यार्थीले पनि त्यसै गरे भन्दा आफूलाई कुनै नौलो नलागेको उनको भनाइ छ।

विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सिर्जनशील बनाउनुपर्नेमा उनले जोड दिए। त्रिविका प्राध्यापकहरूले पनि पढाउने तरिकामा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ।

उनी भन्छन, 'विद्यार्थीलाई तपाईंले हड्ताल गरे पनि, नगरे पनि मेरो क्यालेन्डर बन्द हुँदैन। मेरो क्यालेन्डरमा विद्यार्थी पहिला हो भन्ने कुरा मनन् गर्नुपर्छ। त्यसो गर्दा मात्रै विद्यार्थीहरूको सिकाइ उपलब्धि हुन्छ।'

तालाबन्दीको नेतृत्व गर्ने विद्यार्थीहरू दलको भातृ संगठन भएको र सो दलको नेतृत्वले भन्ने हो भने तालाबन्दी खुल्ने उनको भनाइ छ। 'नेविसंघलाई शेरबहादुर देउवा, पार्टी वा गृहमन्त्रीले सिरियस तरिकाले भन्ने हो भने त तालाबन्दी खोलिहाल्छ नि’, उनले भने।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
४० सरकारी इन्जिनियरको सरुवा (सूचीसहित) मन्त्रालयको २०८३ असोज २७ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरहरूको विभिन्न मन्त्रालय, विभाग तथा सरकारी कार्यालय... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्