• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

झन्डै साढे ५४ लाख नेपालीको हातमा राहदानी

64x64
नेपाल लाइभ शनिबार, साउन १२, २०७५  ०६:२४
1140x725

काठमाडौं– सरकारले आर्थिक वर्ष २०६७/०६८ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्न थालेको हो। वितरण सुरु गरेदेखि हालसम्म ५४ लाख ४१ हजार ६ सय ५१ जनाले एमआरपी राहदानी लिएको राहदानी विभागले जनाएको छ। यसअघि हस्तलिखित राहदानी प्रचलनमा थियाे।

यो अवधिमा ४४ लाख ४३ हजार ४ सय ५४ जना पुरुष र ९ लाख ९ हजार ३ सय ८९ जना महिलाले राहदानी बनाएको विभागको तंथ्याकमा उल्लेख गरिएको छ।

राहदानी लिनेको संख्या वार्षिक रुपमा बढ्दै गएको विभागले जनाएको छ। सरकारले एमआरपी वितरण गर्न सुरु गरेको पहिलो वर्ष नै १ लाख ७३ हजार ७ सय ७२ जनाले राहदानी लिएका थिए।आर्थिक वर्ष २०७४/०७५ काे तथ्यांक हेर्ने हाे भने राहदानी लिनेकाे संख्या पहिलो वर्षकाे भन्दा करिब ५ गुणाले बढेको छ। आर्थिक वर्ष २०७४/०७५ मा ५ लाख ५ हजार ७ सय २१ जनाले राहदानी लिएका छन्।

हाल जिल्ला, कुटनीतिक नियोग र राहदानी विभागमार्फत दैनिक २५ सय राहदानीका लागि आवेदन आउने गरेको विभागले जनाएको छ। जसमा विभागले दैनिक ९ सयभन्दा बढी राहदानी जारी गर्दै आएको छ। यही अनुपातमा वार्षिक ५ लाखभन्दा धेरै राहदानी जारी गर्दै आएको विभागको तंथ्याकमा उल्लेख छ।

विभागका अनुसार हालसम्म २ लाख ५० हजार ५ सय १२ हराएका प्रतिलिपि राहदानीसमेत जारी गरिसकिएको छ।

द्रुत सेवामार्फत विभागले हाल १५ हजार रुपैयाँ दस्तुर लिएर एकैदिनमा राहदानी वितरण गर्दै आएको छ। त्यस्तै, जिल्ला र नियोगबाट १५ दिनमा उक्त सेवा दिँदै आएको छ। ३ दिनपछि राहदानी जारी गर्दा १० हजार रुपैयाँ र जिल्लाबाट लिनेका लागि ५ हजार रुपैयाँ राजश्व तोकिएको छ।

‘एक साताभित्र जिल्लाबाटै राहदानी’

काठमाडौं बाहिरका जिल्लाबाट धेरै आवेदन आउने गरेको राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। निर्देशक पाण्डेले विभागले राहदानी लिनका लागि कुनै पनि असहजता नहोस् भन्नेतर्फ सोचिरहेको पनि बताए। उनले आवेदन दिएको एक साताभित्र जिल्लाबाटै राहदानी वितरण गर्नेतर्फ विभागले योजना बनाइरहेको पनि जानकारी दिए। ‘विभागले राहदानी वितरण सेवा पारदर्शी तथा व्यवस्थित बनाउँदै आएको छ।’, उनले भने, ‘राहदानी वितरणलाई अझै सरल बनाउन विभागले प्रयास गरिरहेको छ। जिल्लाबाट पनि आवेदन दिएको एक साताभित्र राहदानी वितरण गर्ने योजनामा छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

२० देखि ३६ वर्ष उमेर समुहका नागरिकले धेरै राहदानी लिने गरेको उनले जानकारी दिए।  यसरी राहदानी बनाउने व्यक्तिहरु अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको विभागको बुझाइ छ।

गएको एक वर्षमा सबैभन्दा बढी राहदानी झापा, धनुषा, मोरङ, सुनसरी, नवलपरासी, काभ्रे र धनकुटा जिल्लाका नागारिकले लिएको विभागको तंथ्याकमा उल्लेख छ। विभागले विदेशमा रहेका कुटनीतिक नियोगबाट पनि राहदानी वितरण गर्दै आएको छ।

५ हजारभन्दा बढीलाई रातो पासपोर्ट

नेपाल सरकारले हाल ४ किसिमको राहदानी वितरण गर्दै आएको छ। रातो, निलो, हरियो  र कालो गरी ४ रङका राहदानी वितरण हुने गरेको विभागले जानकारी दिएको छ।

हालसम्म कुटनीतिक राहदानी(रातो पासपोर्ट) ५ हजारभन्दा बढीले लिएको विभागले जनाएको छ। यस्तै, निलो सरकारी सेवामा रहेका निजामति कर्मचारीका हकमा वितरण हुने गरेको छ। निलो राहदानी ११ हजारभन्दा धेरैले लिएका छन्।

हरियो वैदेशिक रोजगारीमा जाने श्रमिक, विदेशिने नेपाली र अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई जारी गर्ने गरिन्छ।

कालो राहदानी भने गैरनेपालीलाई वितरण गर्ने गरिएको छ। विदेशी नागरिक नेपालमा आएर अलपत्र अथवा शरणार्थी भएर स्वदेश फर्किने हकमा कालो राहदानी वितरण गर्ने गरिएको विभागका निर्देशक पाण्डेले बताए। उनका अनुसार यस्तो राहदानी हालसम्म करिब १५ हजार विदेशी नागरिकले लिएका छन्।

१९ अर्बभन्दा धेरै राजस्व संकलन

विभागले गएका ७ वर्षमा राहदानी वितरणबाट मात्रै १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३ सय राजस्व संकलन गरेको छ। उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्व बाहेकको रहेको विभागको भनाइ छ।

राज्यले अनलाइन प्रणालीबाट राहदानीको फाराम भर्ने तथा जिल्ला र विदेशमा रहेका कुटनीतिक नियोगबाट पनि आवेदन लिन सुरु गरेपछि राहदानी लिनेको संख्या बढेको राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। ‘पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेपनि राहदानी बनाउनेको संख्यामा भने असर परेको छैन। जसका कारण राजश्व संकलन पनि बढेको हो।’, उनले भने।

ई–पासपोर्टको योजना अन्योलमा

सरकारले गत आर्थिक वर्षमै एमआरपीलाई विस्थापित गर्दै दुई वर्षभित्रमा ई–पासपोर्ट ल्याउने रणनीति सार्वजानिक गरेको थियो।

विभागका निर्देशक पाण्डे अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजनाको विषयमा पछिल्लो समय छलफल नै नभएको बताउँछन्। पाण्डेले भने, ‘करिब १ वर्ष अघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाए पनि यो विषयमा अहिले भने बहस र छलफल हुन छाडेको छ।’

परराष्ट्र मन्त्रालय र राहदानी विभागले गत आर्थिक वर्षको साउनमा ई–पासपोर्टका विषयमा  मन्त्रिपरिषद्बाटै सैद्धान्तिक स्वीकृति पाएपनि प्रक्रिया अघि बढ्न नसकेको विभागको भनाइ छ।

पासपोर्ट दुरुपयोगको विश्वव्यापी समस्यालाई ई–पासपोर्टले सम्बोधन गर्ने अपेक्षा गरिएपनि तत्काल वितरण गर्ने सम्भावना नदेखिएको पाण्डेले बताए। उनले भने,‘ई–पासपोर्टका विषयमा थप अध्ययन गर्नुपर्ने देखिन्छ। कतिपय देशले ई–पासपोर्टलाई बायोमेट्रिकसहित आखाँको रेटिनाबाट प्रयोग गरिरहेका छन्। नेपालले कसरी प्रयोग गर्ने भने विषयमा अध्ययन भएको छैन।’

सन् २०११ बाट सञ्चालनमा ल्याएको एमआरपी राहदानी पनि खासै सुरक्षित मानिएको छैन। हाल एमआरपी राहदानीको पनि दुरुपयोग भइरहेको विभागले स्वीकार गरेको छ।

नेपाली राहदानी विश्वमा असुरक्षितमध्येको ५ वटाभित्र पर्ने गरेको विभिन्न अध्ययनमा उल्लेख छ।

सरकारले २०४३ सालदेखि राहदानी वितरण गर्न सुरु गरेतापनि तंथ्याक भने २०४९ सालबाट संकलन गर्न सुरु गरिएको हो।
 

प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  ०६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्