• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बलात्कारको सोच र सनातन दर्शनको योग 
रमेश ढकाल मंगलबार, भदौ २८, २०७९  १२:५३
1140x725

एकपछि अर्को बलात्कारको घटनाहरू सार्वजनिक भइरहँदा समाजमा फेरि यस बारेमा बहस सुरु भएको छ। यस्ता बहस बेलाबेलामा चर्कन्छन्। अनि सुस्तरी सेलाउँछन्। केलाएर हेर्दा बलात्कार नियन्त्रण सम्बन्धी बहसमा मूलतः तीन धारहरू  देखिन्छन्। पहिलो धारले बलात्कारको कारक तत्व पितृसत्तालाई मान्छ र पितृसत्ताको समूल अनत्य गर्नुपर्ने  धारणा राख्छ। दोस्रो धारले बलात्कार नियन्त्रणको लागि अझै कडा कानुन चाहिने र कानुनको कार्यान्वयन पीडितमुखि हुनुपर्ने तर्क गर्छ। यो धारले महिलाको कथनलाई नै अकाट्य प्रमाण मान्नु पर्ने जिकिर पनि गर्छ। अनि, तेस्रो धार भने उमेर र सहमतिको विषयमा नै केन्द्रित छ। कानुनमा बालबालिका मानिने साविकको सोह्र वर्षको उमेरलाई घटाएर अठार वर्ष र विवाहका लागि बीस वर्ष कायम गरिएकोले बलात्कारको घटना बढेका, सुरुको सहमति पछि कुरा नमिल्दा असमहति भएका र युवाहरू जेल परिरहेको भन्ने तेस्रो धारको निष्कर्ष छ।

पहिलो धार अरु दुई धारहरूको तुलनामा विषयको सघनता र गहिराइमा पुगेको छ। हाम्रो सामाजिकीकरण प्रक्रियामा रहेका किशोरी, युवती र महिलाप्रतिका  विभेद र पर्खालहरू तथा त्यसले जन्माइरहेको बलियो असमानता, अन्याय र फरक संसारलाई  यसले सुक्ष्म रुपले औंल्याएको छ। परिवार, समुदाय, समाज, बजार र राज्यसत्तामा जकडिएर बसेको स्त्रीद्वेषी मनोविज्ञानमाथि यसले चोटिलो प्रहार गरेको पनि छ।

तथापि, यो धार पितृसत्ताभन्दा पर पुग्दैन र पुग्नुपर्ने आवश्यकता पनि ठान्दैन। शक्ति र सम्बन्धको मान्यतामा नै यो धार अड्किएको छ। हो, बलात्कारको घटना पितृसत्ताको प्रमुख दोष छ। महिला र पुरुषका लागि अलग सामाजिक  मान्यताहरू स्थापित गर्ने, त्यसलाई सांस्कृतिक रुप दिने, परिवारमा लागू गराउने, बजारबाट त्यसलाई थप प्रबल बनाउने र राज्यबाट वैधानिकता दिने काम पितृसत्ताले अहिले पनि गरेकै छ। तथापि, पितृसत्ता र शक्तिसम्बन्धसँग मात्र निरपेक्ष रुपमा बलात्कार जोडिन्न। 

बलात्कार मानसिक रोग, विकृति र नैतिक पतनको विषय पनि उत्तिकै हो। मानिसमा प्रकृतिले दिएको ऊर्जालाई संचालन गर्ने ज्ञानको अभावमा भड्किँदाको परिणाममा पनि बलात्कार प्रकट हुन्छ। बलात्कारको लागि योजना बनाएर नै लाग्ने र अनेक तानावुना निर्माण गर्ने कति व्यक्ति हुन्छन् भने कति भने त्यस्तो योजना बनाउनमा  नै त  लाग्दैनन्। तर, मौका पाए बलात्कारको कुकर्म गर्न तयार हुन्छन्।

यसैगरी, समाजमा विस्तारै फाटफुट भएपनि बलात्कारका झुटा घटनाहरू देखिन थालेका छन्। यसलाई पनि गम्भीर रुपमा लिइनु पर्छ। पहिलो धार यी विषयहरूमा  मौन छ। दोस्रो र तेस्रो धार कानुन, प्रशासन  तथा दण्डको घेरामा नै सीमित छन्। हो, कानुनमा सुधारको अझै पनि खाँचो छ।  

बेलायतको सेक्सुयल अफेन्स  एक्ट, २००३ र स्कटल्याण्डको सन् २००९ को जस्तो विस्तृत र कसूरको प्रकृति  तथा गभिरता अनुसारको  कानुन हामीकहाँ अझै पनि छैन। हाम्रो कानुनले करणीका कसूरहरूलाई बेलायतको कानुनले जसरी केलाउन त के सामान्य रुपमा सरसर्ती उल्लेख गर्न सकेको पनि छैन। मुलुकी अपराध संहिता, २०७४ मा रहेको जर्बजस्ती करणी सम्बन्धी प्रावधानहरूमा पर्याप्त संशोधनको खाँचो छ। जसका बारेमा यो आलेखमा उल्लेख गरिएको छैन।

कानुनको कार्यान्वयनको पाटोमा जाँदा पनि जाहेरी दर्ता गर्न र न्याय प्रशासनको प्रक्रियामा पीडितलाई अझै पनि अनेक हण्डर र सास्ती छ। कति घटनाहरूमा कसूरको अनुसन्धान गर्दा नै चरम लापरवाही गरिएको र प्रमाण संकलनको कार्यलाई बिगारिएको पनि देखिन्छ। तथापि, बलात्कारको विषय कानुन र प्रशासनको मात्र होइन। त्यसभन्दा पर अझै प्रबल छ। दोस्रो र तेस्रो धार त्यसमा प्रवेश नै गर्दैनन्। अझ तेस्रो धारले त बलात्कार हुनुमा महिलाको पनि दोष  हुन्छ भने स्त्रीद्वेषी मानसिकता राख्छ। समग्रमा भन्ने हो भने यी तीनैवटा धारहरूले  बलात्कारको सोचाइ र मनोविज्ञानको निर्माण नै हुन नदिने कारकतत्वको खोजी गर्ने र मानिसलाई बदल्ने कुरा नै गर्दैनन्।

बलात्कारको घटना भएपछि त्यसको प्रभावकारी अनुसन्धान, अभियोजन र न्यायिक कारबाहीको विषय जति महत्त्वपूर्ण छ, त्यो भन्दा धेरै महत्त्वपूर्ण बलात्कारको घटना नै हुन नदिने निरोधात्मक उपायको अवलम्बन हुन्छ। निरोधात्मक उपायमा पनि बलात्कार गर्ने कर्म मानिसले किन गर्छ र त्यो कर्मको स्रोत के हो भन्ने  खोजी गरेर व्यक्तिलाई मानसिक, भावनात्मक र आध्यात्मिक रुपमा कसरी बदल्ने भन्ने विषय अझ धेरै  महत्त्वपूर्ण छ। यसका लागि हामी सनातन दर्शनमा नै पुग्नु पर्छ। 

Ncell 2
Ncell 2

यहाँ भनिएको सनातन दर्शन कुनै ‘रिलिजन’ वा धार्मिक आस्थासँग सम्बन्धित छैन। र, यो कुनै नैतिक आदर्श वा परिकल्पना पनि होइन। सनातन दर्शन भनेको जीवन विज्ञान हो, जसलाई अनुसन्धान र प्रयोगमार्फत्  योगको माध्यमबाट दैनिक जीवनमा लागू गर्न सकिन्छ। 

अब जाउँ सनातन दर्शनले कसरी बलात्कार, व्यभिचारलाई रोक्छ भन्ने सम्बन्धमा। सनातन  दर्शनले भनेको छ- पच्चीस वर्षको उमेरसम्म  ब्रम्हचर्यमा रहनू। विद्या, ज्ञान र सीप आर्जनको कर्ममा निरन्तर लाग्नू। विवाहअघि कसैसँग पनि शारीरिक सम्बन्ध नराख्नू।  विवाहपछि पनि  विवाहको धर्ममा बस्नू। सनातन दर्शनले भनेको ब्रम्हचर्यको अवस्थाको अर्थ शारीरिक सम्बन्धबाट  टाढा रहनुमात्र  होइन।  किशोर, किशोरी र युवा युवतीले आफ्नो यौन ऊर्जाको नाश गर्नु हुन्न भन्ने पनि हो। यौन ऊर्जालाई  शारीरिक सम्बन्धमा खर्च नगरी सिर्जनात्मक कार्यमा लगाउनु पर्छ भन्ने हो। योगको दैनिक अभ्यासबाट यौन ऊर्जालाई मूलाधार चक्रबाट स्वाधिष्ठान, मणिपुर, अनाहक हुँदै सहस्रार चक्रमा ल्याउन सकिने विधि पनि सनातन योगमा छ। त्यसैले यो आदर्शको कुरा मात्र होइन।  

सनातन दर्शनले प्रमाणित गरेको छ कि मलद्वार र यौनाङ्गकोबीच भागमा अवस्थित मूलाधार चक्रमा ९९ प्रतिशत मानिसहरूको ९९ प्रतिशत चेतना र ऊर्जा अडकिएको हुन्छ। भोग, सम्भोग, विलास र निद्रामा अधिक ऊर्जाको खपत भइरहेको हुन्छ। ९९ प्रतिशत मानिसहरूको मृत्यु यसै चक्रमा अड्कँदाको अवस्थामा हुन्छ। सात चक्रहरूमध्येको मणिपुर र अनाहक चक्रमा पुग्दा मात्र पनि मानिसमा बलात्कारको सोचको विकास हुँदैन। आफ्नो व्यावसायिक जीवनमा रहेर नै यो अवस्थामा पुग्न सकिन्छ।

सहमतिको आधारमा भएको वा हुने विवाहअघिको शारीरिक सम्बन्ध पनि सनातन दर्शनमा अर्धम हो। पुनर्विवाहको अवस्थामा बाहेक पति वा पत्नीले राख्ने विवाहेत्तर सम्बन्ध पनि अधर्म हो भन्ने मान्यता छ। चाहे त्यो सहमतिको आधारमा नै किन नहोस्। सनातन दर्शनमा शारीरिक सम्बन्धको आधार भनेको सिर्फ धर्म हो। यहाँ धर्म भनेको देह तथा मनको शुद्धिकरण, चेतना एवं ऊर्जाको बोध, त्यसको संचय प्रयोग र सर्वकल्याणमा आधारित कर्म हो। सनातन दर्शन अनुसार  गृहस्थ जीवन पनि योग हो। योग भनेको  विज्ञान पनि हो। जोड्ने वा टुक्राउने दुवै विधि विज्ञान र योगमा छ। आगम र निगम विधि। 

shivam cement

shivam cement

भौतिक विज्ञानको  परमाणु विखण्डले परमाणुलाई टुक्राउँछ भने परमाणुको समिश्रणले परमाणुका कणहरूलाई जोड्छ। योगमा पनि संसारसँग जोडिने र  छुट्टिने दुवै विधि छन्। दुवैबाट योगको बाटोमा हिँड्न सकिन्छ। संसारसँग तोडिएर बस्ने सन्यास विधि हो भने संसारसँग जोडिएर योगमा बस्ने परम्परा गृहस्थ विधि हो।  गृहस्थ जीवनमा रहेर पनि शिवलाई योगीका पनि महायोगी मानिन्छ। अर्कोतिर, गौतम बुद्धले गृहस्थ जीवन र दरबार छोडेर बुद्वत्व प्राप्त गरेको अवस्था पनि छ।  यी दुवै बाटोमध्ये कुन बाटोमा लाग्ने भन्ने व्यक्तिको रोजाइ हो।  सन्यास योग वा गृहस्थ योग दुवैबाट  समाधि वा मुक्तिको पथमा पुग्न सकिन्छ। यसको ठीक उल्टो सन्यास विधि र गृहस्थ विधिको धर्ममा नबस्दा  भ्रष्टिकरणको गन्तव्यमा पनि पुग्न सकिन्छ।

सनानत दर्शनका अरु केही मार्गदर्शनहरू पनि हेरौं। सनातन दर्शनले भन्छ- पुरुषले स्त्रीलाई माता, दिदीबहिनी, छोरी मान्नू। स्त्रीले पुरुषलाई पिता, दाजुभाइ, पुत्र ठान्नू। सनातन दर्शनमा बलात्कार भनेको शारीरिक सम्बन्ध मात्र होइन। मन, वचन र कर्म तीनै माध्यमबाट बलात्कार हुन सक्छ। 

मनमा बलात्कारको भाव उत्पन्न हुनु पनि बलात्कार हो। यस्ता जीवनउपयोगी कैयन् विषयहरू  सनातन दर्शनमा छन्। यी सिर्फ आदर्शका अमूर्त विषयहरू होइनन्। मानिसले आफ्नो जीवनमा सरल रुपबाट पालना गर्न सक्ने सहज विषयहरू हुन्।  हाम्रो दर्शनका यी मन्त्रहरू आज परिवारमा किशोर, किशोरीलाइ सिकाइन्छ? सिकाइन्न। समुदायले सिकाउँछ? सिकाउँदैन। हाम्रो विद्यालय र महाविद्यालयमा यी सन्देशहरू पढाइन्छ? पढाइन्न। हाम्रो शिक्षा पद्धतिले यसलाई चिन्छ? पटक्कै चिन्दैन।

हामी के गरिरहेका छौं त? उमेर पुगेकाहरूबीच सहमतिमा शारीरिक सम्बन्ध हुनु स्वाभाविक हो भन्ने पश्चिमा दर्शन  सिकाइरहेका छौं। हाम्रो  दिमागमा उमेर र सहमतिको  पाश्चात्य वरफ जमेर बसेको छ। पश्विमेली मान्यतामा हाडनातामा बाहेक उमेर पुगेका केटा र केटीबीचको सम्बन्ध कुनै सामाजिक समस्या होइन। उनीहरूको ध्यान सुरक्षित यौन सम्पर्कमा केन्द्रित हुन्छ। त्यसैले उनीहरूको सन्देश हुन्छ- कण्डम लगाऔं, एड्स भगाऔं। तर, सनतान दर्शनले भन्छ- विवाहअघि कसैसँग पनि शारीरिक सम्पर्क नगर र विवाहपछि दम्पत्तिमा मात्र सीमित होऊ। उमेर पुगेको अवस्था र सहमति छ भने कुनै समस्या होइन भन्ने पश्चिमको भाष्यमा हामी पनि मिसिँदै गएका छौं। 

पश्चिमा दर्शनमा शरीरको स्वाद, सुख, आनन्द, भोग र विलास केन्द्रमा छ।

बजारले किशोर किशोरी, युवा, युवतीहरूको मष्तिस्क व्यवस्थापन गरिरहेको छ र हामी त्यसैमा रमाइरहेका छौं। मानिसका दया, करुणा, स्नेह, धिरता, संयमता, सहनशिलता, क्षमा, समर्पण तथा प्रेमका ग्रन्थि, रसायन र भावलाई बजारले निरन्तर सुकाउँदैछ। बजारले समाज, परिवार, खाँदैछ। बजारले मानिसको मष्तिस्क, वेसुध मन, अवचेतन मन, चेतन मन र मनातित मनको व्यवस्थापन गर्ने सफ्टवेयर एवं एप्लिकेसन बनाइरहेको छ, डाउनोड गरिरहेको छ। एकपटक ती इन्स्टल भएपछि अनइन्सटल हुँदैनन्। फर्म्याटिङ, रिफर्म्याटिङ गर्नुपर्ने हुन्छ, जो अति कष्टकर र सकसपूर्ण हुन्छ। सनातन दर्शनले मानिसमा प्रेम, करुणाको रसायन सञ्चार गरिरहन्छ। त्यसैले हाम्रो सनानत दर्शनका यी निर्देशनहरू अन्धविश्वास , अव्यवहारिक अति आदर्श र असम्भव  होइनन्। यी मार्गदर्शनहरू स्वतन्त्रता विरोधी पनि होइनन्।

पश्चिमा दर्शनमा शरीरको स्वाद, सुख, आनन्द, भोग र विलास केन्द्रमा छ। यसको लागि पश्चिमा दर्शनले विभिन्न प्रयोगहरू गरिरहन्छ। उता सनानत दर्शन भने शरीरको सुख, स्वाद र स्वतन्त्रताभन्दा अनन्त आनन्दको खोजी र प्राप्तिमा केन्द्रित छ।  इन्द्रियहरूलाई नियन्त्रण र अनुशासनमा राख्ने मान्यताहरू सनातन दर्शनमा छन्। सनातन दर्शनले शरीरको पोषण, रक्षा र प्रेमको  कुरा गर्छ तर शरीरलाई पुल्पुल्याउने र शरीरको स्वादको लागि स्वतन्त्रतालाई  दुरुपयोग गर्ने विषयलाई भने यसले परित्याग गर्छ। 

इन्द्रियहरूको कर्मलाई पनि धर्मको सुत्रबाट निर्देशित गर्न योग, समाधि र अनुष्ठानहरू छन्। तर, सनातन दर्शनका मान्यताहरू र हाम्रो जीवनबीच धेरै लामो दूरी बनेको छ। बरु पश्चिममा हाम्रो दर्शनको अध्ययन, अनुसन्धान हुन्छ। हामी भने बडो विचित्र अवस्थामा छौं। हामीकहाँ सनातन दर्शन केवल पूजा, पाठ भजनकीर्तन र कर्मकाण्डमा नै सीमित छ। सनातन दर्शनलाई अनुसन्धान र प्रयोगबाट  युगसँग जोड्ने कर्मको अनुष्ठान परिवार र शैक्षिक सस्थाहरूमा हुनुपर्ने हो, जो हामीकहाँ छैन। पूर्वमा बुद्धपछि त्यस्तो कोही विख्यात चिन्तक नजन्मनुको मूल कारण पनि यही  हो। पश्चिमले भने लगातार चिन्तक जन्माइरहनुको कारण भनेको उनीहरूको अनुसन्धानको कर्म नै हो।     

हो,  सनातन दर्शनको शिक्षा दिँदैमा सबैले त्यसको पालना र अवलम्बन गर्छन् भन्ने छैन। समाजको समग्र विकृति, नैतिक स्खलनको उन्मुलन हुन्छ भन्ने पनि होइन। तथापि परिवार, समुदाय र राज्यबाट  किशोर किशोरीका कलिलो दिमागमा  सनातन दर्शनका विचारहरू प्रवाह गरियो भने सामाजिकीकरणको आयाम भने पक्कै बदलिन्छ। विचारको प्रभाव शरीर र कर्ममा पर्छ। कर्मको प्रभाव जीवनमा पर्छ। जीवनको प्रभाव समाजमा पर्छ। अनि,  समाजले फरक रुप र आकार लिन्छ।  समाजमा अपराध धेरै कम हुन्छ। व्यभिचार धेरै हट्छ। इमान्दार र चरित्रवान नागरिकहरूको संख्या बढ्छ।

आज स्वतन्त्रता आवादीतिर भन्दा बर्बादीतिर जानुको कारण कुनै व्यक्ति विशेषको दोष र जिम्माको विषय होइन। यसको दोष मातापिता, परिवारले लिनु पर्छ। समुदायले लिनु पर्छ। राज्यले लिनु पर्छ। कुनै किशोरले किशोरीलाई बलात्कार गर्नुको कारक तत्व परिवार, समाज  र राज्य  हो। किन जन्म दिने बाबुले आफ्नै छोरीलाई बलात्कार गर्छ? किन चौध वर्षको बालकले आठ वर्षकी बालिकालाई बलात्कार गर्छ? किन आमा र हजुरआमा उमेरका माताहरूमाथि बलात्कार हुन्छ? यसको सुक्ष्म कारण खोतल्दा हाम्रो हुर्काइ, सोचाइ, मनोविज्ञान र सामाजीकरणमा पुगिन्छ।  हामी समस्याको दिगो समाधानतर्फ जाँदैनौं। कानुन, प्रशासन, दण्डमा  नै गएर टुंगिन्छौं।  बालबालिका मान्ने र विवाह गर्ने उमेर कति कायम गर्ने भन्ने बहसमा अल्झन्छौं।

हो, कानुन र यसको कार्यान्वयन महत्त्वपूर्ण साधन हो। तर, यो विशाल ब्रम्हाण्डमा कानुन एक कण मात्र हो। कानुनले मानिसलाई असल, नैतिक चरित्रवान, इमान्दार बनाउने होइन। सन्तानलाई असल, इमान्दार बनाउने प्रारम्भ माता र पिताबाट हुन्छ। परिवारबाट बालबालिकालाई सकरात्मक ऊर्जा  सञ्चार हुनुपर्छ। विचार र संस्कृतिबाट ऊर्जाको प्रयोग र संचालन गर्ने ज्ञान र सीप प्राप्त हुनुपर्छ।  माता र पिताको जेनेटिक कोड शिशुमा जाने हुँदा पिता र माताको विचार, कर्म र भावना जस्तो छ, शिशुमा त्यसको  पूर्ण प्रभाव पर्छ। शिशुहरूको जन्म माता र पिताको  योजनामा आधारित हुनु पर्छ। संयोग वा दुर्घटनामा होइन। 

गर्भमा रहँदादेखि नै शिशुको विकास हुने प्रक्रियामा माता र पिताको व्यवहारले पार्ने प्रभावबारे  सिकाउने शिक्षा सनातन दर्शनमा छ। ब्रम्हचर्यको व्यवहारिक ज्ञान छ। ऊर्जालाई  संचालित गर्ने विधिको आधाभूत सीपहरू छन्। विवाह के हो ? के होइन? भन्ने  सन्देश छ। सनातन दर्शन कुनै नैतिक शिक्षा मात्र होइन। यसको विज्ञानलाई अनुसन्धानबाट पश्चिमले सिक्दैछ। सनातन दर्शनको अवलम्बन गर्न कुनै  गेरु वस्त्र धारण गर्नु पर्दैन। घर, परिवार, गृहस्थ जीवन छोडेर हिँड्नु पर्दैन। मन्दिरमा पूजाको थाली लिएर गइरहनु पनि पर्दैन। आफ्नो जे जुन पेसा, व्यवसाय, दैनिकी छ, त्यसैमा क्रियाशील हुँदै सनातन दर्शनलाई अवलम्बन गर्न सकिन्छ। सनातन दर्शनका मार्गदर्शनको पालनाबाट  किशोर, किशोरी, युवा, युवती मात्र होइन, प्रौढहरू पनि भ्रष्टिकरणको पथमा पुग्नबाट जोगिन्छन्।

तर, फेरिपनि हाम्रो बहस भने कानुनको सुधार, उमेर र सहमतिको विषयमा गएर टुंगिन्छ। यो कुनै दिगो र फराकिलो समाधान नै होइन। अझ आजको समयमा बालबालिका मानिने उमेर सोह्र वर्ष हुनुपर्ने भन्ने बुझाइ  त विज्ञानसँग नै मेल खाँदैन। यस बारेमा पनि संक्षिप्त रुपले यहाँ केही उल्लेख गरौं। 

किशोर, किशोरीहरूको मस्तिष्क र बीस वर्षमाथिका व्यक्तिको मस्तिष्कलाई विज्ञानले एकदमै फरक रुपमा बुझ्छ।। किशोर, किशोरीमा दिमागको प्रीफ्रन्टल कोर्टेक्स खासै विकास भइसकेको हुँदैन। त्यसको पर्याप्त विकास हुन २२, २३ वर्षसम्म पनि लाग्न सक्छ। तर, सामान्यतया २० वर्ष पुगेपछि भने परिपक्वताको चरणमा पुग्छ। अपवादमा कसैको भने उमेर गएपनि राम्रोसँग मानसिक विकास भएको नहुन सक्छ।  ‘उमेर पचपन, बुद्धि बचपन’ भन्ने उखान सायद त्यही भएर बनेको होला। जेहोस् किशोर- किशोरीमा भने त्यो विकासको प्रक्रियामा नै हुन्छ। 

प्रीफ्रन्टल कोर्टेक्स विकास भएपछि मानिसले कुन कुरा ठीक र बेठीक हो भनेर राम्रोसँग छुट्याउन सक्छ। विवेकसम्मत व्यवहार गर्न सक्छ। परिस्थितिको विश्लेषण गरेर उपयुक्त निर्णय गर्न सक्छ। लाभ, हानी र सम्भावित जोखिमको पहिचान र विश्लेषण गर्न सक्छ। वयस्कले आफ्नो दिमागको दाँया र बाँया भाग आवश्यकताअनुसार सन्तुलित रुपमा प्रयोग गर्न सक्छन्। दाँया भाग भनेको इमोसनल इन्टेलीजेन्स हो भने बाँया भाग भनेको इन्टेलेक्चुअल इन्टेलीजेन्स हो।

तर, किशोर किशोरीमा  प्रीफ्रन्टल कोर्टेक्स राम्रो विकास भइनसक्ने हुँदा उनीहरू आफ्ना लागि हानी पुग्ने किसिमका कार्य पनि गर्न सक्छन्। ठीक र बेठीकको स्पष्ट भेद खुट्याउन सक्तैनन्। योजना बनाउन सक्तैनन्। अलि रिसालु, झगडालु पनि हुन्छन्। जिद्दी पनि गर्छन्। सानो कुरामा पनि चाँडै रिसाउने र खुशी हुने पनि गर्छन्। कसैले फकाउँदा चाँडै फकिन्छन् कसैले गरेको केही खास व्यवहारबाट क्षणमै प्रभावित हुन्छन्। दीर्घकालीन रुपमा सोचेर काम गर्न सक्तैनन्। उनीहरू रेसनल भन्दा बढी इमोसनल हुन्छन्। किनकि उनीहरूको दिमागलाई एमिग्डालाले नियन्त्रण गर्छ। एमिग्डाला भनेको इमोसनको केन्द्र हो। जोखिम पनि लिन्छन्। सिक्न धेरै खोज्छन्। बढी स्वतन्त्रता पनि चाहन्छन्। आफूलाई मन परेको मानिसले कहीँ बोलाएमा सजिलै जाने, उसको कुरा पत्याउने र मान्ने पनि गर्छन्। त्यसैले  टिनएजर किशोरीलाई पुरुषले कुनै विश्वास दिलाएर वा फकाएर सजिलै यौन शोषण गर्न सक्छ।  हामी यो कुरा नबुझेर त्यो केटी किन होटलमा गएकी त? किन त्यस्तो राति पनि घर छोडेर हिँडेकी त? किन हाँसी हाँसी जिस्किएर गफ गरेकी त? होटलमा जाने, फोटो खिचाउने  अनि सहमति छैन भनेर हुन्छ त? भन्ने जस्ता प्रश्नहरू गरेर किशोरीमाथि नै शंका गर्छौं। दोष थुपार्छौं।  जबकि उनीहरूमा त्यो तहको परिपक्वता विकास भएकै हुँदैन। 

उमेर पुगेकाको हकमा त संगै होटल जानु, डुल्नु, ख्याल ठट्टा गर्नुलाई यौन सम्बन्धका लागि मन्जुरी दिएको मानिन्न। उमेर पुगेकाहरूबीचको शारीरिक सम्पर्कको निम्ति समेत प्रत्येक चरण र अवस्थाको लागि स्वतन्त्र, शर्तरहित र पूर्ण मन्जुरी (टोटल एण्ड  फुल कन्सेन्ट इन इच एण्ड एभ्रि स्टेप) दिएको हुनुपर्छ भन्ने मान्यता छ भने किशोरीको हकमा यो अवस्था नै हुँदैन। त्यसैले किशोर अवस्थामा उनीहरूलाई सही रुपमा सिकाइयो भने उनीहरू महान हुने बाटोमा लाग्छन् र सिकाउन सकिएन भने बबार्दीको मार्गमा पनि जान्छन्। नेपाली समाजले त्यही भएर  उनीहरूलाई काँचो माटोको भाँडा भनेको होला। 

किशोर किशोरीको दिमाग र २० वर्ष नाघेका व्यक्तिहरूको काम गर्ने तरिका र सोचमा निकै ठूलो भिन्नता हुन्छ। कुन काम दिमागको कुन भागले गरिरहेको हुन्छ र बाह्य वातावरणले दिमागसँग कसरी प्रतिक्रिया गरिरहेको हुन्छ र त्यो प्रतिक्रियाको दिमागी प्रभावलाई एमआरई र फंसनल एमआरईले पत्ता लगाउँछ। किशोर किशोरी र वयस्क व्यक्तिको दिमाग विकासको चरण र प्रक्रियाको भिन्तता अनुसार के भनिन्छ भने वयस्क तथा किशोर, किशोरी अलग अलग प्राणी हुन्। खानपान, प्रविधि, वातावरण, जेनेटिक कोडको प्रभावले किशोर किशोरीको शारीरिक विकास चाँडो हुन सक्छ। शरीर ठूलो देखिन सक्छ। अंगहरूको आकार चाँडो विकास भएको देखिन सक्छ। तर, मानसिक रुपमा भने उनीहरू बच्चा नै हुन्। आफ्नो पूर्ण र स्वतन्त्र सहमति व्यक्त गर्ने तथा निर्णय गर्ने अवस्थामा उनीहरू पुगेकै हुँदैनन्। 

वयस्क र किशोर, किशोरी दिमागको दृष्टिकोणबाट अलग अलग अवस्थाबाट गुज्रिरहेका हुन्छन्। विज्ञानले भनेको यो विषय बुझ्न जरुरी छ। विज्ञानलाई त मानौँ। मनोगत तर्क गरेर, आफ्ना पेसागत, जीवनजन्य भोगाइलाई आधार मानेर विज्ञानलाई काट्न मिल्ला र? फेरि अठार वर्ष मुनिका किशोर किशोरीलाई बालबालिका मान्ने अवधारणा कुनै विदेशी वा आयातित अवधारणा होइन। किशोर किशोरीलाई अल्लारे उमेर मान्ने नेपाली समाजको बुझाइ आजको हो र?  कि त्यो पनि विदेशीले निर्माण गरिदिएको बुझाइ हो? त्यसैले अठार वर्षलाई सोह्र वर्षमा झार्नु समाधान नै होइन। आज बच्चीहरूमा दश एघार वर्षको उमेरमा नै रजस्वला हुन थालेको छ। अब उनीहरूलाई परिक्व भएको मानेर विवाहको उमेर यसै अनुसार घटाउन मिल्ला त? अवश्य मिल्दैन। त्यसैले उमेरको विषयमा बहस बहकिएको छ, जो आत्मपरक छ।

दिगो समाधानतिर जाने हो भने सनातन संस्कृति र दर्शनमा नै पुग्नु पर्छ। परिवार, समुदाय, समाज र राज्यको शिक्षा पद्वतिमा यसलाई आन्तरिकीकरण गरिनु पर्छ।  बलात्कारका घटनाहरूको संख्या मात्र होइन, यसको प्रकृति, स्वरुप र गम्भीरता र आयाम निरन्तर फरालकिलो र डरलाग्दो हुँदै गएको छ।

बलात्कारले हामीले अंगिकार गरेको स्वतन्त्रता, मानवीय मर्यादा, दिगो विकास र समावेशी लोकतन्त्रको मान्यतालाई ठाडै प्रहार गरिरहेको छ। जुन समाज महिलाका लागि असुरक्षित छ, त्यहाँ पुरुषहरू कसरी चैनमा बस्न सक्छन्? बलात्कार रोक्नका लागि अब आमाहरूले उमेर पुगेका आफ्ना छोराहरूलाई वाचा गराएर परिवारबाट अभियानको सुरुआत गर्नु पर्छ। उमेर पुगेको छोराले आमाको अघि शीर निहुँराएर प्रण गरोस्- आमा,  म  कुनै बालिका, किशोरी र महिलालाई बलात्कार गर्ने छैन। आमाको अघि गरेको प्रणको उल्लंघन छोराले पक्कै नगर्ला। यो आरम्भ हो, अन्त्य होइन। जाने त सनातन दर्शनको बाटो नै हो।       

प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल
सम्बन्धित सामग्री
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि... शनिबार, चैत १६, २०८१
ताजा समाचारसबै
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
राष्ट्र बैंकले २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने शुक्रबार, वैशाख २६, २०८२
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्