• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १, २०८२ Tue, Dec 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक : राष्ट्रपतिको पक्षधरताले नयाँ द्वन्द्वको आशंका

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, भदौ २५, २०७९  २०:००
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनः दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगिसकेको छ। पुनः पारित विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएको छैन। जसका कारण उनले विधेयकलाई सहजै पारित गर्लिन् वा ‘विकल्प’को खोजी गर्लिन् भन्ने चासो बढेको छ।

सार्वभौम संसद्‌बाट पारित भएको विधेयकमा प्रमाणीकरण गर्नुअघि राष्ट्रपतिले विभिन्न व्यक्ति तथा संस्थासँग सल्लाह र परामर्श गरिरहेकी छिन्। सोही कारण पनि विधेयक प्रमाणीकरण हुँदैन कि भन्ने आशंका व्यक्त भएका हुन्। आशंका व्यक्त गर्नेमध्येका एक हुन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

शुक्रबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘संविधानले कहीँ कतै ठाउँ दिएको छैन। उहाँ (राष्ट्रपति) ले प्रमाणीकरण गर्नु नै हुन्छ भन्ने लाग्छ मलाई। हुन त, मैले केही दिनअगाडि राष्ट्रपतिलाई भेटेर कुरा गर्दा उहाँ यस विषयलाई ठूलै राजनीतिक विषय बनाउने देख्याथेँ मैले चाहिँ।'

प्रचण्डले आशंका गरेजस्तो राष्ट्रपति भण्डारीले एमाले (जसको उपाध्यक्ष छाडेर उनी राष्ट्रपति बनेकी थिइन्) लाई चुनावी अजेण्डा बनाउन सघाउ पुग्नेगरी कुनै कदम चाल्छिन् कि भन्ने आशंका अन्य पार्टीमा पहिल्यैदेखि छ। अर्कोतिर, प्रचण्डले राजनीतिक द्वन्द्वको पनि संकेत गरेका छन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि भएको भन्दै उनले भनेका थिए, ‘त्यसो हुँदा त एउटा अदालतमा जान्छ र अदालतको फैसला पछि त्यो जान्छ। दोस्रोचाहिँ, उहाँले प्रमाणीकरण गर्नु भएन भने राजीनामा दिनुपर्ने (अवस्था) आउन सक्छ। या अदालतमा जान्छ। यो दुइवटा हुनसक्छ। अनुमानको कुरा हो। तर, यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ।’

संविधानअनुसार, पहिलो पटक सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपतिले १५ दिन ‘होल्ड’मा राखेर सदनलाई फर्काउन सक्छिन्। दोस्रो पटक उनलाई १५ दिन ‘होल्ड’ गर्ने अधिकार त छ, फिर्ता पठाउने अधिकार छैन। तर, राष्ट्रपतिले भने 'विकल्प' खोज्ने प्रयत्न थालिरहेको उनकै सचिवालयका सदस्यहरु बताउँछन्। राष्ट्रपतिको सचिवालयका एक सदस्य भन्छन्, 'सर्वोच्चको राय लिने तयारी छ।'

यसअघि २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयकको सन्दर्भमा सर्वोच्च अदालतसँग राय लिएका थिए। तर, राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याएको र राष्ट्रपतिको संस्था गठन गरेको स्थितिमा संविधानले प्रष्ट नभनेको अधिकार प्रयोग गर्दा सो संस्था विवादमा पर्ने निश्चितप्रायः छ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले संवैधानिक राष्ट्रपतिलाई सर्वोच्च अदालतको राय सुझाव लिने व्यवस्था नेपालको संविधानमा नभएको बताए। २०४७ सालको संविधानको धारा ८५ मा राष्ट्राध्यक्षले कुनै जटिल प्रश्न उठ्यो भने सर्वोच्च अदालतको राय लिन सक्ने व्यवस्था गरेको तर, अहिलेको संविधानमा राष्ट्रपतिलाई सरकार र कुनै निकायले सिफारिस गरेमा सल्लाह दिने र कार्यसम्पादन गर्ने अधिकार राखेको बताए। शक्ति पृथकीकरण, शक्ति सन्तुलन र संघीयताका बीच 'पावर सेयरिङ' भए पनि त्यसको विपरीत जान नमिल्ने बताए।

Ncell 2
Ncell 2

संविधानका जानकारहरुले अहिले दोहोर्‍याइरहेका छन्- राष्ट्रपतिलाई दोस्रो पटक विधेयक सदनमै फिर्ता गर्ने अधिकार छैन। त्यसैले प्रमाणीकरणका लागि आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई छ।

‘राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्तो पारित भयो, त्यस्तै प्रमाणीकरण गर्नुपर्छ। त्यो संवैधानिक बाध्यता हो’, संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले भने, ‘संवैधानिक उल्लंघन नै भयो भने पनि उहाँले ‘नो’ भन्न पाउनुहुन्न।’

प्रमाणीकरण भएको विधेयकको जस र अपजस लिने काम सरकार र संसद्को हुने बताउँदै उनले भोलि निष्पक्ष भएन, संविधानको गम्भीर उल्लंघन भयो भनेर रिट पर्‍यो भने सरकार र संसद्लाई न्यायिक पुनरवलोकन लाग्ने तर राष्ट्रपतिलाई मुद्दा नलाग्ने प्रष्ट पारे। संवैधानिक राष्ट्रपतिले एक पटक सन्देशसहित पठाइसकेको कारण राष्ट्रपतिले त्यसको जस, अपसज लिने कुरा नहुने उनको भनाइ छ।

अर्कोतिर, संविधानले दिएको तटस्थ भूमिकाभन्दा बाहिर गएर पक्षधरता देखाउनासाथ राष्ट्रपति थप विवादमा पर्छिन्। उनले अनावश्यक राजनीति गरेको आरोप पनि लाग्न सक्छ।

‘राष्ट्रपतिले एक पटक सन्देशसहित विधेयक फिर्ता गर्नुभयो। त्यसलाई सरकार र संसद्ले गम्भीर रुपमा लिनुपर्थ्यो। त्यसलाई संसद्का समितिमा दफाबार छलफल गरेर, सार्वजनिक सुनुवाइ गरेर गरेर, संवेदनशील भएर छलफल चलाउनु पर्थ्यो। प्रतिनिधि सभाले त्यसो गरेन। तर, राष्ट्रिय सभाको समितिमा चाहिँ लगियो। फेरि किन पारित गरेनौं भनेर राष्ट्रपतिले प्रश्न गर्ने संवैधानिक कर्तव्य र दायित्व छैन’, संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले नेपाल लाइभसँग भने।

न्यायिक पुनरवलोकन गर्ने-नगर्ने, संवैधानिक इजलासमा लिने नलिने, संवैधानिक परीक्षण गर्ने नगर्ने? भन्ने कुरा अदालतमा जाने बताउँदै ज्ञवालीले संसद्ले बनाएको ऐन जस्ताको त्यस्तै पारित नगरे राष्ट्रपतिमाथि नै मुद्दा लाग्न सक्ने बताए।

संविधान विपरीत भएको अवस्थामा संवैधानिक इजलासले हेर्ने बताउँदै ज्ञवालीले त्यस विषयमा राष्ट्रपतिले चिन्ता लिनुपर्ने विषय नभएको बताए।

सरकारले दुवै सदनबाट दोस्रो पटक पारित गर्दै नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो। पहिलो पटक राष्ट्रपति भण्डारीले सुझावसहित विधेयकलाई संसद्‌मै फिर्ता पठाएकी थिइन्।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि... मंगलबार, पुस १, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश पतञ्जलि जग्गा अनियमितता प्रकरणमा विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले यस्तो आदेश गरेको हो । सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ । यी दुवै... सोमबार, मंसिर २९, २०८२
ताजा समाचारसबै
एमाले महाधिवेशन:  ३०१ पदका लागि ६०३ उम्मेदवारी मंगलबार, पुस १, २०८२
यस्तो रहनेछ देशभरको मौसम मंगलबार, पुस १, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्