• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नागरिकता विधेयक : राष्ट्रपतिको पक्षधरताले नयाँ द्वन्द्वको आशंका

64x64
भूपेन्द्र शाह ठकुरी शनिबार, भदौ २५, २०७९  २०:००
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक पुनः दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगिसकेको छ। पुनः पारित विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएको छैन। जसका कारण उनले विधेयकलाई सहजै पारित गर्लिन् वा ‘विकल्प’को खोजी गर्लिन् भन्ने चासो बढेको छ।

सार्वभौम संसद्‌बाट पारित भएको विधेयकमा प्रमाणीकरण गर्नुअघि राष्ट्रपतिले विभिन्न व्यक्ति तथा संस्थासँग सल्लाह र परामर्श गरिरहेकी छिन्। सोही कारण पनि विधेयक प्रमाणीकरण हुँदैन कि भन्ने आशंका व्यक्त भएका हुन्। आशंका व्यक्त गर्नेमध्येका एक हुन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

शुक्रबार पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘संविधानले कहीँ कतै ठाउँ दिएको छैन। उहाँ (राष्ट्रपति) ले प्रमाणीकरण गर्नु नै हुन्छ भन्ने लाग्छ मलाई। हुन त, मैले केही दिनअगाडि राष्ट्रपतिलाई भेटेर कुरा गर्दा उहाँ यस विषयलाई ठूलै राजनीतिक विषय बनाउने देख्याथेँ मैले चाहिँ।'

प्रचण्डले आशंका गरेजस्तो राष्ट्रपति भण्डारीले एमाले (जसको उपाध्यक्ष छाडेर उनी राष्ट्रपति बनेकी थिइन्) लाई चुनावी अजेण्डा बनाउन सघाउ पुग्नेगरी कुनै कदम चाल्छिन् कि भन्ने आशंका अन्य पार्टीमा पहिल्यैदेखि छ। अर्कोतिर, प्रचण्डले राजनीतिक द्वन्द्वको पनि संकेत गरेका छन्।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि भएको भन्दै उनले भनेका थिए, ‘त्यसो हुँदा त एउटा अदालतमा जान्छ र अदालतको फैसला पछि त्यो जान्छ। दोस्रोचाहिँ, उहाँले प्रमाणीकरण गर्नु भएन भने राजीनामा दिनुपर्ने (अवस्था) आउन सक्छ। या अदालतमा जान्छ। यो दुइवटा हुनसक्छ। अनुमानको कुरा हो। तर, यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुन्छ।’

संविधानअनुसार, पहिलो पटक सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपतिले १५ दिन ‘होल्ड’मा राखेर सदनलाई फर्काउन सक्छिन्। दोस्रो पटक उनलाई १५ दिन ‘होल्ड’ गर्ने अधिकार त छ, फिर्ता पठाउने अधिकार छैन। तर, राष्ट्रपतिले भने 'विकल्प' खोज्ने प्रयत्न थालिरहेको उनकै सचिवालयका सदस्यहरु बताउँछन्। राष्ट्रपतिको सचिवालयका एक सदस्य भन्छन्, 'सर्वोच्चको राय लिने तयारी छ।'

यसअघि २०५८ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले नागरिकता विधेयकको सन्दर्भमा सर्वोच्च अदालतसँग राय लिएका थिए। तर, राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याएको र राष्ट्रपतिको संस्था गठन गरेको स्थितिमा संविधानले प्रष्ट नभनेको अधिकार प्रयोग गर्दा सो संस्था विवादमा पर्ने निश्चितप्रायः छ।

संविधानविद् चन्द्रकान्त ज्ञवालीले संवैधानिक राष्ट्रपतिलाई सर्वोच्च अदालतको राय सुझाव लिने व्यवस्था नेपालको संविधानमा नभएको बताए। २०४७ सालको संविधानको धारा ८५ मा राष्ट्राध्यक्षले कुनै जटिल प्रश्न उठ्यो भने सर्वोच्च अदालतको राय लिन सक्ने व्यवस्था गरेको तर, अहिलेको संविधानमा राष्ट्रपतिलाई सरकार र कुनै निकायले सिफारिस गरेमा सल्लाह दिने र कार्यसम्पादन गर्ने अधिकार राखेको बताए। शक्ति पृथकीकरण, शक्ति सन्तुलन र संघीयताका बीच 'पावर सेयरिङ' भए पनि त्यसको विपरीत जान नमिल्ने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

संविधानका जानकारहरुले अहिले दोहोर्‍याइरहेका छन्- राष्ट्रपतिलाई दोस्रो पटक विधेयक सदनमै फिर्ता गर्ने अधिकार छैन। त्यसैले प्रमाणीकरणका लागि आएको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यता राष्ट्रपतिलाई छ।

‘राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जस्तो पारित भयो, त्यस्तै प्रमाणीकरण गर्नुपर्छ। त्यो संवैधानिक बाध्यता हो’, संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले भने, ‘संवैधानिक उल्लंघन नै भयो भने पनि उहाँले ‘नो’ भन्न पाउनुहुन्न।’

प्रमाणीकरण भएको विधेयकको जस र अपजस लिने काम सरकार र संसद्को हुने बताउँदै उनले भोलि निष्पक्ष भएन, संविधानको गम्भीर उल्लंघन भयो भनेर रिट पर्‍यो भने सरकार र संसद्लाई न्यायिक पुनरवलोकन लाग्ने तर राष्ट्रपतिलाई मुद्दा नलाग्ने प्रष्ट पारे। संवैधानिक राष्ट्रपतिले एक पटक सन्देशसहित पठाइसकेको कारण राष्ट्रपतिले त्यसको जस, अपसज लिने कुरा नहुने उनको भनाइ छ।

अर्कोतिर, संविधानले दिएको तटस्थ भूमिकाभन्दा बाहिर गएर पक्षधरता देखाउनासाथ राष्ट्रपति थप विवादमा पर्छिन्। उनले अनावश्यक राजनीति गरेको आरोप पनि लाग्न सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘राष्ट्रपतिले एक पटक सन्देशसहित विधेयक फिर्ता गर्नुभयो। त्यसलाई सरकार र संसद्ले गम्भीर रुपमा लिनुपर्थ्यो। त्यसलाई संसद्का समितिमा दफाबार छलफल गरेर, सार्वजनिक सुनुवाइ गरेर गरेर, संवेदनशील भएर छलफल चलाउनु पर्थ्यो। प्रतिनिधि सभाले त्यसो गरेन। तर, राष्ट्रिय सभाको समितिमा चाहिँ लगियो। फेरि किन पारित गरेनौं भनेर राष्ट्रपतिले प्रश्न गर्ने संवैधानिक कर्तव्य र दायित्व छैन’, संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले नेपाल लाइभसँग भने।

न्यायिक पुनरवलोकन गर्ने-नगर्ने, संवैधानिक इजलासमा लिने नलिने, संवैधानिक परीक्षण गर्ने नगर्ने? भन्ने कुरा अदालतमा जाने बताउँदै ज्ञवालीले संसद्ले बनाएको ऐन जस्ताको त्यस्तै पारित नगरे राष्ट्रपतिमाथि नै मुद्दा लाग्न सक्ने बताए।

संविधान विपरीत भएको अवस्थामा संवैधानिक इजलासले हेर्ने बताउँदै ज्ञवालीले त्यस विषयमा राष्ट्रपतिले चिन्ता लिनुपर्ने विषय नभएको बताए।

सरकारले दुवै सदनबाट दोस्रो पटक पारित गर्दै नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो। पहिलो पटक राष्ट्रपति भण्डारीले सुझावसहित विधेयकलाई संसद्‌मै फिर्ता पठाएकी थिइन्।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ डा. केदार नरसिंह केसीले अग्रता लिएका छन्। बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै संसदीय सुनुवाइ समितिले श्रीलङ्का, मलेसिया, जापान र साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूतहरूको संसदीय सुनुवाइ गर्ने भएको छ। बुधबार, असोज २८, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्