• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रमुख रोजगार गन्तव्य ९ देशसँग दोहोरो श्रम सम्झौताको तयारी

64x64
नेपाल लाइभ शुक्रबार, साउन ११, २०७५  ११:००
1140x725

काठमाडौं– सरकारले रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका ९ देशसँग दोहोरो श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले दोहोरो श्रम सम्झौता गरेर मात्रै वैदेशिक रोजगारीका लागि कामदार पठाउने नीतिअनुरुप तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यसअघि नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका कतिपय मुख्य गन्तव्य मुलकसँग पनि दोहोरो श्रम सम्झौता हुन सकेको थिएन।

सरकारले मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, कुवेत, ओमान, जापान, इजरायल लगायतका देशसँग ‘बायोमेट्रिकल एग्रिमेन्ट’ (जसअन्तर्गत २४ घन्टे बिमा, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा सुविधा र मानव अधिकारको ग्यारेन्टी पर्छन्) गर्ने विषयमा गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयले जानकारी दिएको छ। यी देशसँग श्रमिक आपूर्ति गर्ने विषयमा पटक–पटक छलफल भए पनि दोहोरो श्रम सम्झौता भने हुनसकेको छैन। 

कतार र बहराइनसँग ‘जिटुजी’ मात्र गरेर कामदार आपूर्ति गर्दै आएकाले अब भने ‘बायोमेट्रिक एग्रिमेन्ट’ गरेर मात्र कामदार पठाउने तयारी भइरहेको श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। यस्तै, जोर्डन, दक्षिण कोरिया, जापान र इजरायलसँग कामदार आपूर्ति गर्ने विषयमा यसअघि नै सरकार स्तरमै श्रम सम्झौता भएको छ। तर कतार, कोरिया, बहराइन र जोर्डनबाहेकका देशमा खासै कामदार जाने गरेका छैनन्।

सरकारीस्तरमा श्रम सम्झौता भएको इजरायलमा कामदार जाने प्रक्रिया बन्द जस्तै छ। बहराइनले नेपालबाट ‘कियरगिभर’मा कामदार लैजाने गरेको थियो। जापानसँग भने सरकारले श्रम सम्झौता गरे पनि रोजगारीका लागि उल्लेख्य कामदार पठाउन सकेको छैन।  

जापानसँग सरकारले परिक्षार्थी कामदार पठाउने (जिट्को) सम्झौता गरेको थियो। उक्त प्रक्रिया खारेज गर्दै कोरिया मोडलमा श्रमिक पठाउने गरी छलफल भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।

यी देशसँगको श्रम सम्झौता पुनरावलोकन गर्ने बेला भएको पनि मन्त्रालयले जनाएको छ।

हरेक तीन वर्षभित्र श्रम सम्झौता पुनरावलोकनका विषयमा छलफल गर्नुपर्ने व्यवस्था छ। तर, नेपाल सरकारले रोजगारदाता देशसँग श्रम सम्झौता गरेको धेरै वर्ष भए पनि उक्त विषयमा छलफलका लागि आह्वान गर्न सकेको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाली युवाको प्रमुख गन्तव्य मानिएका मलेसिया, साउदी अरब, युएई, ओमान र कुवेतसँग पनि सरकारले अहिलेसम्म दोहोरो श्रम सम्झौता गर्न सकेको छैन। यी देशसँग सरकारले ‘एमओयु’ गरेर मात्र कामदार पठाउँदै आएको श्रम मन्त्रालयको भनाइ छ। 

मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा पनि मुख्य गन्तव्य देशसँग तत्काल ‘बायोमेट्रिक एग्रिमेन्ट’ गरेर मात्र कामदार पठाउने विषयलाई प्राथामिकतामा राखिएको छ।

अगामी दिनमा सरकारले यसअघिको जस्तै सरकारस्तरमा श्रम सम्झौता नगरी कुनै पनि देशमा श्रमिक आपूर्ति नगर्ने श्रम मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए। उनी सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको हकमा फ्रि–भिसा र फ्रि–टिकटलाई प्रथामिकतामा राखेर सम्झौता गर्ने बताउँछन्। 

थप ४ देशसँग श्रम सम्झौता गर्ने तयारी 

सरकारले नयाँ ४ देशसँग दोहोरो श्रम सम्झौता गरी रोजगारीका लागि युवा पठाउने गृहकार्य गरिरहेको छ। पोर्चुगल, पोल्यान्ड, क्यानडा र मोरिससमा रोजगारीका लागि कामदार आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा छलफल भइरहेको मन्त्रालय स्रोत बताउँछ।

यी देशले नेपाली श्रमिक लिन चासो देखाएकाले सरकारी स्तरमा छलफल र श्रम सम्झौताका लागि ड्राफ्ट तयार भइरहेको मन्त्रालयले जनाएको छ। 

वाध्यकारी वैदेशिक रोजगारीको अन्त्य नभएसम्म नयाँ रोजगारदाता देशसँग श्रम सम्झौता गरेर मात्र रोजगारीमा पठाउने विषयमा दुई पक्षीय छलफल भइरहेको प्रवक्ता दाहालले जानकारी दिए। 

श्रम मन्त्रालयले पछिल्लो समय विदेशिने युवाको सुरक्षा, मानव अधिकार, सेवा सुविधा र कामदारको २४ घन्टे बीमाको ग्यारेन्टी गर्ने देशसँग मात्र श्रम सम्झौताका लागि पहल गरिरहेको दाहाल बताउँछन्।

दाहालले भने, ‘मन्त्रालयले कामदार आपूर्ति गर्दै आएका देश र नयाँ रोजगारदाता देशसँग अनिवार्य बायोमेट्रिक एग्रिमेन्टका लागि प्रस्ताव गरेको छ।’

खाडीका देश र मलेसियामा ८० प्रतिशतभन्दा धेरै युवा रोजगारीको सिलसिलामा पुग्ने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०७५  ११:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे?
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्