काठमाडौं– काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस कुरिनटार नजिकै चुम्लिङटारमा भएको दुर्घटनामा ६ जनाको मृत्यु छ। दुर्घटनामा २२ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक बेद गौतमका अनुसार मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बच्चा छन्। २२ जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको उनले बताए। उद्धार कार्य सकिएको प्रहरीले जनाएको छ।
ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परेको हो। पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेको हो। ना ५ प ७४०९ को ट्रकसँग बस ठोक्किएको हो।
बस सडकबाट करिब ७० मिटर तल झरेको थियो। बस त्रिशुली नदीको किनारमा पुगेको थियो।
ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।