काठमाडौं- कतारमा रहेर श्रम गरिरहेका नेपालीहरूको फुटबल खेलप्रतिको रूचिलाई अभिवृद्धि गर्न २०११ मा स्थापना भएको सीएफसी फुटबल क्लबले झण्डै ढेड महिना हप्ताको शुक्रबार खेल हुनेगरी नकआउट फुटबल प्रतियोगिता आयोजना गरेको छ। सेप्टेम्बर २ देखि सुरु भएको प्रतियोगित अक्टुबर १४ सम्म चल्नेछ।
कतारको मिसाइदस्थित माईक स्पोर्ट्स स्टेडियममा प्रमुख अथिति एनआरएनए एनसीसी कतारका अध्यक्ष सुरेश भट्टले नेशनल र इन्टरनेशनल गेम खेलाइसकेका मुख्य रेफ्री कमल गिरीलाई फुटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरे।
रोजगारीको सिलसिलामा कतारको विभिन्न स्थानमा छरिएर रहेका प्रतिभावान नेपाली खेलाडीहरूले आफ्नो फुटबल खेलप्रतिको तृष्णालाई जगाइराख्न खोलिएका क्लबहरूमध्ये सक्रिय १५ वटा क्लबहरूको सहभागितामा शुक्रबार भएको चारवटा क्लबबीचको खेलमा रोचक प्रतिस्पर्धा भएको थियो।
खेलको पहिलो चरणको ३०/३० मिनेटमा एफएफसी रेडले न्यु स्टार एफसीलाई १ का विरुद्ध ४ गोल गरेको थियो। त्यसैगरी, दोस्रो खेलमा ह्यापिज ब्रोले थ्रीसीसीलाई २ काविरूद्ध ३ गोल गरेर पहिलो चरणको खेल सकिएको थियो।
एफएफसी रेडको तर्फबाट पहिलो खेलको म्याच अफ दि म्यानको उपाधि भुपाल राईले प्राप्त गरेका थिए भने दोस्रो खेलमा ह्यापिज ब्रोबाट प्रकाश थापा म्यान अफ दि म्याच भए। प्रथम पुरस्कार झण्डै २ लाख नगद नेपाली (कतारी रियाल ५५५५) धनराशि र दोस्रो डेढ लाख नेपाली (कतारी रियाल ३३३३) रहेको आयोजक टिम सीएफसीका अध्यक्ष देवनारायण चौधरीले बताए।
सहभागी टिमहरू :
१) नेपाल कतार पुलिस क्लब
२ )रेड्को फुटबल क्लब
३) नाइन स्टार
४) युनाइटेड युथ क्लब
५) बर्वा फुटबल क्लब
६) न्यु स्टार फुटबल क्लब
७) ह्यापिज-ब्रो
८) थ्रीसीसी
९) गोरखा गाइज
१०) पेट्रो फुटबल क्लब
११) एबी क्लब
१२) एनए फुटबल क्लब
१३) राइजिङ स्टार
१४) सीएफसी-ब्लु
१५) सीएफसी-रेड
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।