काठमाडौं– डा गोविन्द केसीसँग बिहीबार राति भएको सहमतिपछि सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदमा पेस गर्ने भएको छ।
आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संशोधन नगरिएको विधेयक संसदमा पेस गर्ने तयारी गरेको हो।
कार्यसूची अनुसार सर्वप्रथम विधेयकको विरोधमा दर्ता भएका सूचनाहरुलाई निर्णयका लागि पेश गरिने छ। सांसद गगनकुमार थापा, प्रेम सुवाल र सरिता गिरीले विधेयकमा विरोधको सूचना दर्ता गराएका छन्। सूचना दर्ता गराउने सांसदहरुलाई फिर्ता लिन समय दिने र फिर्ता नलिएमा निर्णयका लागि बैठकमा पेस गर्ने तयारी संसदको रहेको छ।
उनीहरुको सूचनामा निर्णय भएपछि शिक्षामन्त्री पोखरेलले विधेयक प्रतिनिधिसभामा टेवल गर्नेछन्। संसोधनका लागि खुल्ला भएपछि केसीसँगको सम्झौता अनुसार विधेयक संसदमा पुनः पेस गर्ने तयारीमा सरकार रहेको छ।
यसअघि लामो समयदेखि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विधेयक फिर्ता लिई डा केसीको माग सम्वोधन हुने गरी संशोधन गरेर विधेयक दर्ता गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको थियो। केसीसँग सरकारले सम्झौता गरिसकेकाले अब अवरुद्ध नहुने देखिएको छ।
प्रतिनिधिसभाको अाजकाे बैठककाे सम्भावित कार्यसूची:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।