काठमाडौं– पोखराबाट काठमाडौं आउँदै गरेको बस सडकबाट खसेको छ। कुरिनटार नजिकै बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका २५ भन्दा धेरैको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको चितवनका एसपी सुशीलसिंह राठौरले बताए। घाइतेमध्ये ५ जनाको अवस्थाको गम्भीर रहेको प्रहरीले जनाएको छ।
बस सडकबाट करिब ७० मिटर तल झरेको थियो। बस त्रिशुली नदीको किनारमा पुगेको थियो।
ना ६ ख २५०६ नम्बरको बस दुर्घटनामा परेको हो। पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा बस र ट्रक जुध्दा बस त्रिशुलीमा खसेको हाे। ना ५ प ७४०९ को ट्रकसँग बस ठाेक्किएकाे हाे।
दुर्घटनामा परेकाहरुको उद्धार जारी रहेकेा इन्सपेङ्कटर बेद गाैतमले बताए। केही व्यक्तिहरु बसभित्रै च्यापिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।