काठमाडौं– सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ। बिहीबार बेलुका अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सहमति नजिक पुगेको हो।
सहमतिपछि डा केसीले आजै अनसन तोड्ने भएका छन्। डा केसीलाई अनसन तोडाएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा लग्ने तयारी भएको छ। उनका लागि आइसियू खाली गराइसकिएको छ।
बालुवाटारमा भएको छलफलमा सहमति जुटेको डा केसीका तर्फबाट वार्ता टोलीमा आबद्ध एक सदस्यले बताए।
दिउँसोकै वार्तामा सहमति भए पनि १० वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न दिने कि नदिने भन्नेमा विवाद बल्झिएको थियो। सम्झौतापत्रमा सरकारले आशयपत्र दिइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने विषय थियो। जुन प्रस्ताव डा केसीले नमानेपछि वार्ता बिथोलिएको थियो।
गत २० गते डा केसीलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं ल्याई शिक्षण अस्पतालमा राखिएको छ। २७औं दिनमा डा केसीले अनसन तोड्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।