काठमाडौं– प्रधानसेनापतिले अवकाश पाउनुभन्दा डेढ महिना पहिले नै सरकारले नेपाली सेनाको भावी नेतृत्वबारे निर्णय गरेको छ। साउन २४ गतेदेखि रथी पूर्णचन्द्र थापालाई सेनाको कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले भदौ २४ गतेदेखि अवकाश पाउँदैछन्। एक महिनाअघि बिदामा बस्ने परम्पराअनुसार उनले साउन २४ गतेदेखि बिदामा बस्ने छन्। सोही दिनदेखि थापाले सेनाको कमाण्ड सम्हाल्नेछन्।
सेनाका २ रथीमध्ये थापा सिनियर हुन्। उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले २४ गतेदेखि लागू हुने गरी थापालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।