• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘सुरक्षा थ्रेट’को स्थितिमा कसरी पुगे त्रिवि उपकुलपति?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ १५, २०७९  २०:४१
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविका पदाधिकारीलाई असुरक्षा भएको भन्दै गृह मन्त्रालयसँग निजी सुरक्षा अधिकृत (पीएसओ)को माग गरेका छन्। 

गत शुक्रबार आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिविका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरे। 

त्रिवि उपकुलपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रीलाई त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गरिरहेकाले सुरक्षा माग्नुपर्ने स्थिति आएको छ।

दैनिक कार्यालय र सार्वजनिक काममा उपस्थित हुँदासमेत भौतिक रूपमा नै आक्रमण हुने सम्भावना रहेकाले त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारलाई दुई/दुईजना निजी सुरक्षा अधिकृत (पीएसओ)को व्यवस्था गरि शान्तिपूर्ण रूपमा कामकारबाही गर्ने वातावरण मिलाइदिन भनिएको छ।

आइतबार त्रिवि परिसरमा पत्रकार सम्मेलन गर्दै त्रिवि पदाधिकारीहरूले तालाबन्दी र तोडफोड निरन्तर गरिएका कारण आफूहरूलाई काम गर्नै कठिन भएको र अप्रिय निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय, रेक्टर, रजिष्ट्रार, म्यानेजमेन्टको डीन र कृषि डीन गरी ६ वटा कार्यालयमा तालाबन्दी जारी रहेको छ।

त्रिविका उपकुलपति बाँस्कोटाले आवश्यक भएरै सुरक्षा मागिएको दाबी गरे। ‘विश्वविद्यालय विश्वविद्यालय जस्तो छ कि छैन तपाईंहरूले  देखिरहनु भएकै होला’, बाँस्कोटाले नेपाल लाइभसँग भने। 

हुबहु प्रश्नपत्र निकाल्नेलाई छानबिनको माग 
नेपाल विद्यार्थी संघ त्रिविले उपकुलपति बाँस्कोटालाई हुबहु प्रश्नपत्र निकाल्ने काममा संग्लग्नहरूको नाम सार्वजनिक गर्न भन्दै मुख्य माग राखेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिवि प्रश्नपत्रमा हुने लापरवाही बन्द गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बीबीएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने, विश्वविद्यालयको मर्यादा कायम गर्नुपर्ने जस्ता शैक्षिक माग मात्रै आफूहरूले अघि सारेको नेविसंघ त्रिविका सचिव योगेन्द्र रावल बताउँछन्। ‘हामीले पटकपटक त्रिविका सम्बन्धित निकायसँग वार्ता, सम्वादको लागि पहल गर्‍यौं। तर, हाम्रा मागहरू त्रिविले कुल्चिएको छ’ सचिव रावलले भने। 

‘नेविसंघबाट कुनै असुरक्षा छैन’ 
नेविसंघ त्रिविका सचिव योगेन्द्र रावलले नेपाल विद्यार्थी संघबाट त्रिविका कुनैपनि पदाधिकारीहरूलाई असुरक्षा नभएको दाबी गरे। आनन्दको जीवनशैली जिउन र  दुनियाँलाई देखाउनका लागि उनीहरूले अनावश्यक बखेडा झिकेको रावलको आरोप छ। 

‘विश्वविद्यालयमा कसले आजसम्म बन्दुक ल्याएर आएको छ र? उहाँलाई सुरक्षा चाहियो?’, रावलले भने, ‘उहाँले सच्चिने हो। सुध्रिने हो। उहाँहरू सुध्रिने हो भने त उहाँहरूको सुरक्षाकर्मी भनेकै हामी विद्यार्थी हौं। शिक्षक विद्यार्थीको सम्बन्ध त सुमधुर हुनुपर्छ।’

केही दिनमात्र पहिले १५ जना डीएसपीको कमाण्डमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरेर विद्यार्थीहरूलाई नियन्त्रण लिएको सचिव रावलले आरोप लगाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रावलले भने, ‘हिजोको राजाजस्तो, नवसम्भ्रान्त बन्न खोज्ने? विश्वविद्यालय राजा बन्ने ठाउँ हैन। यो उच्च शिक्षा हासिल गर्ने ठाउँ हो। विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र भइसके।’

अनेरास्ववियु भन्छ– नेविसंघको क्रियाकलाप खेदजनक
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले भने त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गर्ने क्रियाकलाप खेदजनक भएको बताएको छ। त्रिविमा लगाएका ताला फोड्नुपर्ने, शैक्षिक संस्थालाई बन्धक बनाउन नहुने र उच्छृंखल गतिविधि गर्न नहुने भन्दै अखिल नेविसंघविरुद्ध उत्रिएको थियो। 

अनेरास्ववियु त्रिविका अध्यक्ष शम्भु भट्टले शैक्षिक संस्था र शैक्षिक सुधारका लागि अनेरास्ववियु अग्रस्थानमा रहेको दाबी गरे। नेविसंघले विश्वविद्यालयमा तालाबन्दी गर्नुको भित्री रहस्य अलग्गै रहेको उनको आरोप छ। 

भट्टले भने, ‘तालाबन्दी जुन उद्देश्यका लागि गरिएको हो त्यही उद्देश्यका लागि भए त ठीकै हुन्थ्यो। तालाबन्दीसँग टेबुलमुनिका माग अलग छन्।’

हरेक समस्याको माग तालाबन्दी नभएको उनी बताउँछन्। नेविसंघले त्रिविमा तालबन्दी गरेर विश्वविद्यालयलाई बन्धक बनाएको भट्टले आरोप लगाए। 

‘त्रिविका पदाधिकारीको असक्षमताका कारण विश्वविद्यालय धरापमा’ 
प्रजातान्त्रिक प्राध्यापक संघ नेपाल भने विद्यार्थीका जायज मागको पक्षमा उभिएको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय देशको उच्च शिक्षा प्रदान गर्ने सबैभन्दा पुरानो एवं ठूलो प्रतिष्ठित प्राज्ञिक संस्था भएकाले यसलाई राजनीतिक दाउपेचको केन्द्र बनाउन नहुने भनेको छ।

त्रिविका वर्तमान पदाधिकारीहरूले विश्वविद्यालाई राजनीतिक नेतृत्वको संरक्षणमा बन्धक बनाएको संघको आरोप छ। त्रिविका कुनैपनि गतिविधि शैक्षिक गुणस्तरको पक्षमा नरहेको संघको आरोप छ। 

शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, त्रिवि सभाले गरेका निर्णयहरू कार्यान्वयन गर्नुपर्ने, परीक्षालाई व्यवस्थित गर्नुपर्ने, केही महिनाअघिका परीक्षामा भएको लापरबाहीको स्वतन्त्र छानबिन समिति गठन हुनपर्नेलगायतका समस्या समाधान गर्न त्रिवि असफल प्राध्यापक संघको आरोप छ।

उपकुलपतिको पक्षमा एमाले 
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिविका उपकुलपति बाँस्कोटाको पक्षमा उभिएका छन्। नेविसंघले लगाएकाे ताला फोड्नेदेखि बाँस्कोटाको बचाउमा अनेरास्ववियु लागेकै थियो। तर,  पछिल्लो समय उसको मााउपार्टी एमाले पनि बचाउमा लागेको छ। 

एमाले नेतृत्वको सरकारले प्राडा बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेको थियो। सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविका उपकुलपतिको बचाउ गरे।

ज्ञवालीले त्रिविमा देखिएका समस्याबारे सरकारको ध्यानाकर्षण गराए। ज्ञवालीले त्रिविमा सत्ताको आडमा गुण्डागर्दी भइरहेको आरोपसमेत लगाए। त्रिविमा देखिएको बेथितिमाथि संसद्‌मा धारणा राखेका ज्ञवालीले त्यहाँ देखिएको समस्या कांग्रेसनिकट विद्यार्थी संगठनका कारण उब्जिएको भन्दै त्यो समस्याको तत्काल समाधान गर्न माग गरे।

‘तीन वर्षमा ३०० दिन तालाबन्दी भएपछि र पढाउन गएका प्राध्यापकमाथि सांघातिक आक्रमण गर्ने र आक्रमण गर्नेलाई पक्राउ गरी मुद्दा नचलाएपछि विश्वविद्यालय कसरी चल्छ? शिक्षाको गुणस्तर कसरी कायम हुन्छ? यो असाध्यै गम्भीर प्रश्न हो’, ज्ञवालीले भने, ‘यस विषयमा न कुलपति (प्रधानमन्त्री) बाेल्नुहुन्छ, न सहकुलपति (शिक्षामन्त्री) बोल्नहुन्छ, न गृहमन्त्रीले कुनै जवाफ दिनुहुन्छ। विश्वविद्यालयमाथि हमला गर्नु सरकारको नियत के हो? विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ नै लान खोजिएको हो?’ ज्ञवालीले प्रश्न गरे। 

एमाले सांसद ज्ञवालीले त्रिविका समस्या समाधानका सन्दर्भमा सरकारलाई रुलिङ गर्न सभामुखसँग माग गरेका थिए। ज्ञवालीले गराएको ध्यानाकर्षण अनुसार सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका थिए।

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्