काठमाडौं– २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको बृहत र्यालीमा प्रहरीले अवरोध गरी सुरु नै गर्न नदिएपछि विद्यार्थी र चिकित्सकहरुहरु अस्पतालको मुलगेटमै धर्ना र नाराबाजीमा उत्रिएका थिए। सो क्रममा ३ दर्जन चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको नेपाल पुलिस क्लबबाट बिसद दाहालले जानकारी दिए। उनले भने,'३६ जना चिकित्सक तथा विद्यार्थीहरुलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएकाे छ।'
अस्पतालबाट सुरु गर्ने भनिएको शान्तिपूर्ण र्यालीलार्इ प्रहरीले मुल गेटमै राेकेपछि चिकित्सक तथा विद्यार्थीहरु शिक्षण अस्पतालको मूल गेटमै धर्नामा बसेका थिए।
सुरुवातमा विरोधस्वरूप प्रतिकात्मक रुपमा प्रयोग गरिएको चिन्हप्रति आपत्ति जनाउँदै प्रहरीले पद यात्रा सुरु गर्न नदिएको हो।
पदयात्रामा अवरोध गरेपछि विद्यार्थीहरुले डा केसीको समर्थन तथा सरकारको विरुद्धमा नाराबाजी गरेका थिए।
धर्ना तथा नाराबाजीका कारण त्रिवि शिक्षण अस्पताल अगाडिको बाटोमा यातायात आवागमन केहीबेर ठप्प भएको थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।