• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एकीकृत समाजवादीकाे एक वर्ष : के भन्छन् नेता-कार्यकर्ता?

64x64
भूपेन्द्र शाह ठकुरी बिहीबार, भदौ ९, २०७९  २०:२८
1140x725
फाइल तस्बिर

काठमाडौं– नेकपा (एमाले) पार्टीबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन भएको एक वर्ष पूरा भएको छ । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि उक्त दलले २०७८ भदौ २ गते निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेको थियो । एकीकृत समाजवादी नेपालमा चौथो ठूलो राजनीतिक दलको रुपमा दर्ज छ ।

स्थापना दिवसको अवसरमा नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर पार्टी पुनर्गठन दिवस मनाएको छ । पार्टीको औपचारिक कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले पार्टी पुनर्गठनका विषय र त्यसको औचित्यका बारेमा अभिव्यक्ति दिए । 

खनालको टिप्पणी, ओलीका गुटका कारण विद्रोह गर्यौं
नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले केपी शर्मा ओलीविरुद्धको विद्रोह जारी रहने बताएका छन् । पार्टी पुनर्गठनको एक वर्ष पुगेको अवसरमा खनालले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा भने, ‘नेकपा एमालेको ओली गुट दक्षिणपन्थी अवसरवादी नीति, कार्यदिशा र विचारविरुद्ध विद्रोह गरेको एक वर्ष भएको छ । ओली गुट दक्षिणपन्थी अवसरको दलदलभित्र पस्दै गयो । त्यसैले विद्रोह गर्यौं।’

अध्यक्ष नेपालको ओली प्रतिको आक्रोश र निरासाजनक अभिव्यक्ति 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु समयमै सचेत नहुँदा एमालेबाट बाहिरिनु परेको अभिव्यक्ति दिए । अध्यक्ष नेपालले ओलीले गरेको गुटगत गतिविधि निस्तेज पार्न नसक्दा पार्टी नै छाड्नुपर्ने अवस्था आएको उल्लेख गरे ।

उनले भने, ‘हामी समयमै सचेत हुन सकेनौं। मदन भण्डारी फाउन्डेसनमार्फत उनले गुट चलाए । त्यो प्रवृत्तिविरुद्ध लड्न सकेनौं। उनी असन्तुष्टलाई प्रयोग गर्न थाले। त्यही पार्टीको विभाजनको कारण बन्यो। एउटा कारण त्यो देखिन्छ।’
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति खनिँदै भने, ‘बहसप्रति वास्ता भएन। एकता हुँदासम्म रमायौं पनि। खुशी पनि भयौं। उनले प्राप्त उपलब्धि निजी पेवा ठाने । आफ्ना कारणले मात्रै उपलब्धि हासिल भयो भन्ने अहंकार भयो। नेता र कमिटीको अवमूल्यन गर्न थाले। यी कुरा आज पनि मनन गर्नुपर्छ।’

उनले गुटहरु नितान्त स्वार्थका लागि खोलिएका हुने बताउँदै ओली व्यक्तिवादको रोगबाट ग्रसित रहेको बताए। ओलीका अवसरवादी, दक्षिणवादी र विदेशीसँग लम्पसारवादी नीतिका कारण छुट्टै पार्टी बनाउनु परेको प्रष्टीकरण दिए । 

नेकपा (माओवादी केन्द्र)पार्टीसँग एकताको कुरा समेत गरिरहेका अध्यक्ष नेपालले प्रत्येक कम्युनिस्ट पार्टीमा एक भारी समस्या रहेको बताए । उनले व्यक्तिवाद एक महारोगका रुपमा फैलिरहेको बताए । उनले भने, ‘एकताका कुरा गर्दैगर्दा हामीले के देख्यौं भने संभावनाका कुरा राम्रा छन । चुनौतिका कुरा पनि यथार्थ हुन् । चुनौति बेवास्ता गर्यौं भने संभावनाको प्रयोग गर्न सक्दैनौं।

उनले कम्युनिस्ट आन्दोलनका समस्यालाई रोगका रुपमा उल्लेख समेत गरे । प्रत्येक पार्टीमा व्यक्तिवाद, गुटवाद, भ्रष्टीकरण, स्वार्थ जस्ता रोगहरु रहेको बताए । स्वार्थ पूरा भएन भने पार्टी र आन्दोलन छाड्ने गरेको आरोप लगाए ।
उनले क्रान्तिकारी कार्यदिशाका आधारमा एकतावद्ध हुनका लागि सिद्धान्त र व्यवहार दुवैको तालमेल मिलाउनु पर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा १५ देखि २० सिट जित्न कसैले रोक्न नसक्ने दाबी समेत गरेका छन् । 

nimb
nimb
Ncell 2
Ncell 2

एमाले पार्टी फुटाएर नेकपा एसको औचित्य के ? 
नेकपा एकीकृत समाजवादी पार्टीका युवा नेता सुदीप पराजुलीले एमालेबाट विभाजित हुनाको मुख्य कारण ओलीको दम्भ रहेको बताए । उनले औचित्य पुष्टी भए नभएको कुरा तथ्यमा गएर हेर्नुपर्ने प्रतिक्रिया दिए । उनले भने, ‘जतिखेर कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्यौं, त्योबेला हाम्रो संविधान हाम्रो संसद, हाम्रो संघीयता, धर्म निरपेक्षता जस्ता विषयवस्तु समाप्तको दिसातर्फ अघि बढिरहेका थिए ।’ उनले पार्टी पुनर्गठन र हामीले लिएको बाटोले नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्र बलियो बनेको दाबी गरे । उनले केपी ओलीका कारण नेपालको संसद, गणतन्त्र मासिँदै गर्दा त्यसको प्रतिरक्षाका लागि विद्रोह गरेको बताए । 

त्यसैगरी एकीकृत समाजवादी पार्टी युवा संघका अध्यक्ष नरेश शाहीले पार्टी पुनर्गठनले औचित्य पुष्टी गरेको बताए । औचित्य व्यहारिक रुपले नै पुष्टि भएको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले पार्टी पुनर्गठनको विषयमा जानु अगाडिका पृष्ठभूमि र केही सन्दर्भहरुलाई बुझ्नुपर्छ, सोच्नुपर्छ ।’

पार्टी पुनर्गठनमा जानु पर्ने स्थिति किन आयो भने, हामीले दुई तिहाइको सरकार बनाउँदा पनि नेपाली जनताले विश्वास गरेर तत्कालीन वाम गठबन्धन खासगरी माओवादी र एमालेबीच जुन गठबन्धन भयो, चुनावमा गयौं । त्यो चुनावबाट जसरी जनमत प्राप्त गर्यौं । जनताले जुन विश्वास दिए । त्यो विश्वासबाट बनेको सरकारलाई स्थिर बनाउन सकिएन । संसदलाई स्थिर बनाउन सकिएन । त्यतिबेलाको नेतृत्व असफल भयो । जनताको सपना र आंकाक्षा आउन नसक्दा त्यसका लागि पार्टीभित्र विद्रोह गरेको बताए । 

शाहीले पार्टी पुनर्गठनको एक वर्षमा आइपुग्दा सरकारले स्थायित्व प्राप्त गरेको दाबी गरे। उनले नेपालको वर्तमान संसदले एक आफ्नो अवधि पूरा गरेको, नेपालको लोकतन्त्रको रक्षा भएको कुरालाई समीक्षा गर्नुपर्ने सुझाव दिए । 

नेकपा एमालेका प्रदेश सभा सदस्य रमा आले मगरले पार्टी पुर्नगठित समयलाई सम्झिने हो भने, हिजोको गुट, उपगुट, नीति नियमभन्दा बाहिर गएर अघि बढेकाले त्यसको विरुद्ध विद्रोह गरेको स्मरण गरिन्। उनले नेकपा एकीकृत समाजवादी पार्टी संविधानत आफ्नो कार्यकर्तालाई संरक्षित हिसाबले अघि बढाइरहेको बताएकी छन् । विद्रोहपश्चात औचित्य पुष्टी भएको बताउँदै उनले भनिन्, ‘हिजो गुटको कुरा गर्दै पाखा लगाइएका साथीहरुको संरक्षण भएको छ । स्थानीय सरकारको निर्वाचनबाट पनि राष्ट्रिय पार्टी बनाउन सफल भएको ठोकुवा गरिन् ।

यस्तै, नेकपा एसको भातृ संगठन अनेरास्वयूका उपाध्यक्ष यशु लामाले नेपालमा वामपन्थी आन्दोलन, कम्युनिष्ट आन्दोलन, कम्युनिष्टभित्र पनि प्रतिगमन र प्रतिगमनकारी भूमिका हुँदो रहेछ भन्ने एउटा ठाउँबाट त्यो प्रतिगमनको विरोधमा उभिएको बताइन् । उनले भनिन्, ‘त्यो प्रतिगमनविरुद्ध लाग्ने भनेको संविधानको रक्षाको लागि हो । उनले संविधानको रक्षाकै कारण पूनर्गठित संरचना बनेको दाबी गरिन् । नेपालको संविधानको रक्षा र समाजवादी बाटो यात्रा रहेको दाबी गरिन्।

समाजवादी पार्टीका केन्द्रीय सदस्य चमेना भट्टराईले तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधानिक व्यवस्थामाथि हस्तक्षेप गरेको आरोप लगाइन् । उनले पार्टी विद्रोह गर्नुको मुल कारण भनेको संसद पुनर्स्थापनाका लागि भएको बताइन् । 

उनले भनिन् ‘अहिलेका मुख्य दायित्व भनेको नेपालको कम्युनिष्ट आन्दोलन गलत बाटोमा जानबाट बचाउनु हो । केपी ओलीले कम्युनिष्ट पार्टीको झण्डामा बसेर कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धिहरु गलत ठाउँमा पुर्याउने काम गरे । त्यसलाई सहि ढंगले अघि बढाउन पनि विद्रोह गर्नु थियो। त्यो गर्यौं।’ उनले आगामी मंसिरको चुनावले समेत थप पुष्टी गर्ने बताइन । 

कांग्रेसँग सहकार्य किन ? 
युवा संघ अध्यक्ष शाहीले लोकतन्त्र, संविधान र संसदको रक्षाको लागि प्रजातान्त्रिक समूहमा रहेको कांग्रेससँग सहकार्य गरेको दाबी गरे । उनले २०६२, ०६३ को जनआन्दोलनमा समेत वामपन्थी र दक्षिणपन्थी मिलेर सफला हासिल गरेको स्मरण गरे । उनले कांग्रेससँगको राजनीति र व्यवहारिक मोर्चाबन्दी भएको बताए । 

लोकतन्त्र, सुशासन र स्थायित्वको लागि कांग्रेससँगको सहकार्य गरेको दाबी गरे । ‘यो दीर्घकालिन नभई अल्पकालिन मोर्चाबन्दी हो’ शाहीले भने । 

शाहीकै भनाईलाई समर्थन गर्दै प्रदेशसभा सदस्य रमा आले मगरले अहिलेको सन्दर्भमा नेपाली कांग्रेसँगको एकता ठिक भएको बताइन् । बेठिक भए नेताहरुले नै सौच्ने भन्दै ठिक भएकै कारण ठिक तरिकाले अघि बढेको बताइन् ।

अनेरास्ववियूका उपाध्यक्ष यशु लामाको पनि शाही र मगरको विचारसँग मिल्दोजुल्दो छ । लामाले, कांग्रेसको साथबिना नेपालमा गणतन्त्र स्थापना हुन्थ्यो त ? भन्ने प्रश्न गरिन् । संविधान र व्यवस्था रक्षाको लागि विपक्षीहरुसँग पनि कार्यगत एकता हुनुपर्ने आवश्यकता औल्याएकी छन् । 

उनले नेपाली कांग्रेसका सबै कुरा ठिक र सबै कुरा बेठिक भन्ने कुरा नभएको बताइन् । उनले नेपाली कांग्रेस पनि लोकतन्त्रको रक्षाको लागि लडेको पार्टी भएकाले देशको समृद्धिका लागि पनि कार्यगत एकता रहेको बताइन् । 

केन्द्रीय सदस्य चमेना भट्टराईले, संवैधानिक व्यवस्थाको रक्षाको लागि मात्र कार्यगत एकता भएको दाबी गरिन् । उनले त्यो कार्यगत एकता निरन्तर रहेको बताउँदै उनले भनिन् ‘हामी कांग्रेसका पछाडी हैनौं । हाम्रो राजनीति एजेण्डा फरक छ । दर्शन, वैचारिक सिद्धान्त फरक छ । कांग्रेसको फरक छ । 

यो मुलुकको प्रजातन्त्र र यो मुलुकको उप्लब्धिलाई बचाउनका लागि कांग्रेससँग कार्यगत एकता भएको दाबी गरिन् । उनले आउने निर्वाचनमा कांग्रेससँग कार्यगत एकता भएर जान पनि सक्ने बताएकी छन् । 

माओवादी पार्टीसँगको एकता कत्तिको ठिक ? 
युवा संघका अध्यक्ष शाही नेपालको कम्युनिष्ट आन्दोलनमा पूर्नजागरण र पुनर्गठनको अभियान आवश्यक भएको बताउँछन् । उनले अहिलेका कम्युनिष्ट पार्टीहरुमा वृहत कम्युनिष्ट केन्द्रको खाँचो भएको औँल्याए । वृहत एकताको लागि जो जोसँग नीति, सिद्धान्त, कार्यगत मनोविज्ञान मिल्छ उनीहरुसँग पार्टी एकताको पहल गर्नुपर्ने बताउँदै त्यसनिम्ति माओवादीसँगको पहिलो पहल भएको बताए । 

प्रदेशसभा सदस्य मगरले नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले माओवादीसँग कार्यगत एकता गर्ने निर्णय गरेको बताउँदै पार्टी एकीकरणका लागि वार्ता समिति बनाएको बताएकी छन् । उनले माओवादीसँग मात्र नभएर नेपालमा भएका कम्युनिष्ट पार्टीहरुसँग एकीकृत गर्नुपर्ने आवश्यकता औल्याउँदै कार्यदल बनेकाले एकता र कार्यगत एकताका लागि प्रक्रिया अघि बढाएको दाबी गरिन् । उनले २०७४ सालको निर्वाचनमा माओवादीसँग कार्यगत एकता भएकाले पनि यो असंभव नभएको विचार व्यक्त गरिन्।

केन्द्रीय सदस्य भट्टराईको पनि माओवादीसँगको एकता गर्नेबारेको कुरा अरु समाजवादी नेताको भन्दा फरक छैन । उनले माओवादी मात्र नभएर अन्य कम्युनिष्ट पार्टीसँग समेत एकता हुने औचित्य औल्याएकी छन्। उनले एमालेसँग एकता हुन्छ कि हुँदैन भन्ने बहस भइरहेको बताउँदै एमालेसँग २०६२÷०६३ को जनआन्दोलन र त्यसका उपलब्धि एमालेले स्वीकार्न नसेकेको आरोप लगाइन । विचार सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्दै अघि बढ्नुपर्ने बताइन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा राय–सुझाव माग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनस्र्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथ... शुक्रबार, साउन २९, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै शुक्रबार तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, सुरुमै शर्माले जरुरी सम्बोधन गर्ने ! नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार पनि बस्ने भएको छ। शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्