• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक्सनमा बालेन: उकास्न खोज्दै फोहोरले घटाएको साख 

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ ८, २०७९  १९:२६
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह यतिबेला एक्सनमा उत्रिएका छन्। फोहोर उठाउन नसकेकोमा आलोचित शाहले अहिले पार्किङ । फुटपाथ व्यवस्थित बनाउन साथै अवैधानिक संरचना हटाउन पहल थालेका छन्।  

यसैगरी काठमाडौं महानगरपालिकाभित्र अवैध रुपमा बनाइएका संरचना भत्काउन डोजरसहित फिल्डमा उत्रिएका हुन्। बुधबार मात्रै उनी महानगरको टोलीसँग काठमाडौं मल र आर बी कम्प्लेक्सका 'अवैधानिक संरचना' भत्काउन पुगे भने कोटेश्वरमा चेतावनी दिएर फर्केका छन्। 

अण्डर ग्राउण्ड पार्किङमा पहल
मेयर शाहले दुई दिनअघि बानेश्वर प्लाजाको अण्डरग्राउन्डमा राखिएका पसलहरू खाली गराए। सोमबार नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा अन्य अन्डर ग्राउन्ड पार्किङको नक्सा पास गराएका भवनलाई पनि हटाउन निर्देशन दियाे। 

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर त्यस्ता स्थललाई व्यापारिक प्रयोजनमा भाडामा लगाइएका छन्, जसले सडकमा पार्किङको चाप बढेको छ। त्यस्तो कार्य नगर्न र हटाउन महानगरले यसअघि नै सूचना जारी गरेको थियो। ३५ दिने म्याद सकिएसँगै महानगरले सोमबार स्थलगतरूपमा कारबाही थालेको हो। 

साउन तेस्रो साता मेयर शाहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए। मेयर शाहले यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीहरूसँग पनि सल्लाह गरेका थिए। अन्डर ग्राउण्डमा बनेका पार्किङलाई व्यवसायीहरूले अन्य  प्रयोजनका लागि प्रयोग गर्दा सडकमा पार्किङ गर्ने, ट्राफिक जाम बढ्ने, सवारी दुर्घटना निम्तिने भन्दै उनी एक्सनमा उत्रेका हुन्। 

काठमाडौं मल र आरबी कम्प्लेक्समा डोजर  
बुधबार सुन्धारास्थित काठमाडौं मल तथा आरबी कम्प्लेक्सका केही संरचना भत्काइयो। नगर प्रहरी तथा सुरक्षाकर्मीसहित बालेन आफैं डोजर लिएर अनधिकृत संरचना हटाउन पुगे। काठमाडौं मल र आरबी कम्पलेक्ससँगै बनेका टहराका कारण सहरको सौन्दर्य कुरुप भएको र फुटपाथ मिचिएका कारण हिड्नमा समस्या सिर्जना भएको उनकाे भनाइ छ।

उनले न्यूरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएका छन्। कोरोना कहरका कारण व्यापार ठप्प भएको र दशैंसम्म भए पनि काम गरेर खान दिन व्यापारीहरुले अनुरोध गरेका थिए । तर शाहले ३५ दिनअघि नै सूचना जारी गरिसकेकाले अब सम्झौता गर्न नसक्ने जवाफ फर्काए। उनले भने, ‘त्यसको क्षतिपूर्ति भाडामा लगाउनेहरुले भर्नुपर्छ।’ 

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा विजयी बनेका शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

Ncell 2
Ncell 2

काठमाडौं महानगरपालिकाले शहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट जमिनको तल्ला, बेसमेन्टमा गाडी पार्किङ जस्ता प्रयोजनका लागि नक्सा स्वीकृत गरिएको बताएको छ। तर त्यस्ता भवनको निर्माण सम्पन्न पश्चात् प्रयोगमा ल्याएका केहीले स्वीकृति बमोजिम बेसमेन्ट, सेमी बेसमेन्ट, गोदाम र भुइँ तल्लाका नक्साअनुसार प्रयोग नगरेको पाइएको महानगरले जनाएको छ।

अन्य प्रयोजनमा प्रयोग भइरहेकाले स्वीकृति अनुसार प्रयोग नगरे कारबाही गरिने चेतावनीसहित ३५ दिने सूचना जारी गरिएको थियो। 

सुरुमा उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अनधिकृत संरचना भत्काउन गएका थिए। तर नर्भिकसँग भने मौखिक सहमति गरेर फर्किएका हुन्। अस्पताल जस्तो संवेदनशील ठाउँका लागि केही समय दिनुपर्ने बुझाइअनुसार उनी फर्किएका हुन्। पछि अदालतले भत्काउने निर्णय रोकिदिएको थियो। 

काठमाडौं जिल्ला अदालतलाई पत्र 
फुटपाथ व्यापारीहरुलाई हटाउने कामबाट सुरु गरेका मेयर शाहले जिल्ला अदालत काठमाडौं पनि नक्सा जारी नगरी बनाएको भन्दै ३५ दिने सूचना दिएको बताएका छन्। उनले यदि जिल्ला अदालतलेसमेत चित्त बुझ्दो जवाफ नदिए जिल्ला अदालत काठमाडौंको संरचनासमेत भत्काउने चेतावनी दिएका छन्। 

जिल्ला अदालत काठमाडौंको भवनको कागजपत्र नभेटिएपछि काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। जिल्ला अदालतको भवन निर्माणका विषयमा महानगरबाट पत्र आाएको जिल्ला अदालतका एक कर्मचारीले पुष्टि गरेका छन्। पत्रमा के रहेको छ व्यहोराका विषयमा छलफलपछि सार्वजनिक गर्न मिल्ने भएकाले अहिले भवनको नक्सापास लगायत अन्य विवरण माग गरिएको उनले बताए।

महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण खोजी गर्दा नभेटेपछि त्यसमाथि आवश्यक कारबाही सुुरु गर्नुअघि सफाइ पेस गर्नका लागि पत्र पठाएको जनाएको छ। महानगरपालिकाले अदालतको भवनको नक्सा पासको रेकर्ड नदेखिएकाले अदालतसँग भए पठाउन माग गरेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताए।  

पत्र पठाएको तर कुन मितिमा पठाइएको भन्ने विषयमा भने आफूलाई थाहा नभएको शाहले बताए।  

फोहोर फाल्ने ठाउँमा सीसीटीभी जोड्ने
महानगरपालिकाका मेयर शाहले उपत्यकामा रातको समयमा जथाभावी फोहोर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गर्ने चेतावनी दिएका छन्। फोहोरको समस्या व्यवस्थित हुँदै गएको बताउँदै केही समयमै उक्त काम हुने बताएका हुन्।

बुधबार नेपाल प्रहरीले आयोजना गरेकोे उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा शाहले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापनलगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसीटीभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।  

विशेषगरी रातको समयमा यसरी जथाभावी रूपमा फोहोर फालिने गरिएको छ। उपत्यकाको सीसीटीभी क्यामरोका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि मेयर शाहले जानकारी दिएका थिए। 

कोटेश्वरमा चेतावनी 
काठमाडौं मल, आरबी कम्पलेक्सका अस्थायी संरचना भत्काएलगत्तै महानगरको टोली कोटेश्वर पुगेको थियो। कोटेश्वरका व्यापारीहरुलेसमेत फुटपाथ मिचिने गरि सडकमै व्यापार गरिरहेको, नक्साभन्दा बाहिर संरचना बनाएका र पार्किङका लागि भए बमोजिमका व्यवस्था बिहीबारसम्म गरिसक्न निर्देशन दिएको छ। बिहिबारसम्म व्यवस्थित नगरे आवश्यक कारबाही गर्ने चेतावनी उनले दिएका छन्।

निर्वाचित भएर आएदेखि उनलाई काठमाडौंको फोहोर व्यवस्थापनको समस्याले सतायो। उचित विकल्प खोज्न नसकेको भन्दै उनको व्यापक आलोचनासमेत भयो। तर, त्यतातिरको समस्या समाधान उन्मुख देखिएपछि अन्य क्षेत्रबाट फोहोर व्यवस्थापनमा गुमेको साख फर्काउने कोशिसमा लागेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी संस्थानले आज एक सूचना जारी गर्दै लोक सेवा आयोगबाट आ.व. ०६२/७३ को स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम प्राप्त सहमति... शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा सभापति थापाले नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ को ‘जेन–जी’ विद्रोहसम्म, इतिहासका विभिन्न... शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै सहादत भएकाल... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
गोरखापत्र संस्थानले माग्यो विभिन्न पदमा कर्मचारी शुक्रबार, माघ १६, २०८२
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा शुक्रबार, माघ १६, २०८२
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
आज सहिद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्