• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एक्सनमा बालेन: उकास्न खोज्दै फोहोरले घटाएको साख 

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ ८, २०७९  १९:२६
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह यतिबेला एक्सनमा उत्रिएका छन्। फोहोर उठाउन नसकेकोमा आलोचित शाहले अहिले पार्किङ । फुटपाथ व्यवस्थित बनाउन साथै अवैधानिक संरचना हटाउन पहल थालेका छन्।  

यसैगरी काठमाडौं महानगरपालिकाभित्र अवैध रुपमा बनाइएका संरचना भत्काउन डोजरसहित फिल्डमा उत्रिएका हुन्। बुधबार मात्रै उनी महानगरको टोलीसँग काठमाडौं मल र आर बी कम्प्लेक्सका 'अवैधानिक संरचना' भत्काउन पुगे भने कोटेश्वरमा चेतावनी दिएर फर्केका छन्। 

अण्डर ग्राउण्ड पार्किङमा पहल
मेयर शाहले दुई दिनअघि बानेश्वर प्लाजाको अण्डरग्राउन्डमा राखिएका पसलहरू खाली गराए। सोमबार नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा अन्य अन्डर ग्राउन्ड पार्किङको नक्सा पास गराएका भवनलाई पनि हटाउन निर्देशन दियाे। 

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर त्यस्ता स्थललाई व्यापारिक प्रयोजनमा भाडामा लगाइएका छन्, जसले सडकमा पार्किङको चाप बढेको छ। त्यस्तो कार्य नगर्न र हटाउन महानगरले यसअघि नै सूचना जारी गरेको थियो। ३५ दिने म्याद सकिएसँगै महानगरले सोमबार स्थलगतरूपमा कारबाही थालेको हो। 

साउन तेस्रो साता मेयर शाहले अनुगमन गर्दै त्यस्ता पसल हटाउन निर्देशन दिएका थिए। मेयर शाहले यसअघि नेपाल प्रहरी र ट्राफिक अधिकारीहरूसँग पनि सल्लाह गरेका थिए। अन्डर ग्राउण्डमा बनेका पार्किङलाई व्यवसायीहरूले अन्य  प्रयोजनका लागि प्रयोग गर्दा सडकमा पार्किङ गर्ने, ट्राफिक जाम बढ्ने, सवारी दुर्घटना निम्तिने भन्दै उनी एक्सनमा उत्रेका हुन्। 

काठमाडौं मल र आरबी कम्प्लेक्समा डोजर  
बुधबार सुन्धारास्थित काठमाडौं मल तथा आरबी कम्प्लेक्सका केही संरचना भत्काइयो। नगर प्रहरी तथा सुरक्षाकर्मीसहित बालेन आफैं डोजर लिएर अनधिकृत संरचना हटाउन पुगे। काठमाडौं मल र आरबी कम्पलेक्ससँगै बनेका टहराका कारण सहरको सौन्दर्य कुरुप भएको र फुटपाथ मिचिएका कारण हिड्नमा समस्या सिर्जना भएको उनकाे भनाइ छ।

उनले न्यूरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएका छन्। कोरोना कहरका कारण व्यापार ठप्प भएको र दशैंसम्म भए पनि काम गरेर खान दिन व्यापारीहरुले अनुरोध गरेका थिए । तर शाहले ३५ दिनअघि नै सूचना जारी गरिसकेकाले अब सम्झौता गर्न नसक्ने जवाफ फर्काए। उनले भने, ‘त्यसको क्षतिपूर्ति भाडामा लगाउनेहरुले भर्नुपर्छ।’ 

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा विजयी बनेका शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौं महानगरपालिकाले शहरी व्यवस्थापन विभाग (भवन निर्माण इजाजत विभाग) बाट जमिनको तल्ला, बेसमेन्टमा गाडी पार्किङ जस्ता प्रयोजनका लागि नक्सा स्वीकृत गरिएको बताएको छ। तर त्यस्ता भवनको निर्माण सम्पन्न पश्चात् प्रयोगमा ल्याएका केहीले स्वीकृति बमोजिम बेसमेन्ट, सेमी बेसमेन्ट, गोदाम र भुइँ तल्लाका नक्साअनुसार प्रयोग नगरेको पाइएको महानगरले जनाएको छ।

अन्य प्रयोजनमा प्रयोग भइरहेकाले स्वीकृति अनुसार प्रयोग नगरे कारबाही गरिने चेतावनीसहित ३५ दिने सूचना जारी गरिएको थियो। 

सुरुमा उनी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अनधिकृत संरचना भत्काउन गएका थिए। तर नर्भिकसँग भने मौखिक सहमति गरेर फर्किएका हुन्। अस्पताल जस्तो संवेदनशील ठाउँका लागि केही समय दिनुपर्ने बुझाइअनुसार उनी फर्किएका हुन्। पछि अदालतले भत्काउने निर्णय रोकिदिएको थियो। 

काठमाडौं जिल्ला अदालतलाई पत्र 
फुटपाथ व्यापारीहरुलाई हटाउने कामबाट सुरु गरेका मेयर शाहले जिल्ला अदालत काठमाडौं पनि नक्सा जारी नगरी बनाएको भन्दै ३५ दिने सूचना दिएको बताएका छन्। उनले यदि जिल्ला अदालतलेसमेत चित्त बुझ्दो जवाफ नदिए जिल्ला अदालत काठमाडौंको संरचनासमेत भत्काउने चेतावनी दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला अदालत काठमाडौंको भवनको कागजपत्र नभेटिएपछि काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। जिल्ला अदालतको भवन निर्माणका विषयमा महानगरबाट पत्र आाएको जिल्ला अदालतका एक कर्मचारीले पुष्टि गरेका छन्। पत्रमा के रहेको छ व्यहोराका विषयमा छलफलपछि सार्वजनिक गर्न मिल्ने भएकाले अहिले भवनको नक्सापास लगायत अन्य विवरण माग गरिएको उनले बताए।

महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण खोजी गर्दा नभेटेपछि त्यसमाथि आवश्यक कारबाही सुुरु गर्नुअघि सफाइ पेस गर्नका लागि पत्र पठाएको जनाएको छ। महानगरपालिकाले अदालतको भवनको नक्सा पासको रेकर्ड नदेखिएकाले अदालतसँग भए पठाउन माग गरेको मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले बताए।  

पत्र पठाएको तर कुन मितिमा पठाइएको भन्ने विषयमा भने आफूलाई थाहा नभएको शाहले बताए।  

फोहोर फाल्ने ठाउँमा सीसीटीभी जोड्ने
महानगरपालिकाका मेयर शाहले उपत्यकामा रातको समयमा जथाभावी फोहोर फाल्नेलाई सीसीटीभी क्यामेरा हेरेर कारबाही गर्ने चेतावनी दिएका छन्। फोहोरको समस्या व्यवस्थित हुँदै गएको बताउँदै केही समयमै उक्त काम हुने बताएका हुन्।

बुधबार नेपाल प्रहरीले आयोजना गरेकोे उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा शाहले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापनलगत्तै ट्राफिक प्रहरीको समन्वयमा सीसीटीभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।  

विशेषगरी रातको समयमा यसरी जथाभावी रूपमा फोहोर फालिने गरिएको छ। उपत्यकाको सीसीटीभी क्यामरोका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि मेयर शाहले जानकारी दिएका थिए। 

कोटेश्वरमा चेतावनी 
काठमाडौं मल, आरबी कम्पलेक्सका अस्थायी संरचना भत्काएलगत्तै महानगरको टोली कोटेश्वर पुगेको थियो। कोटेश्वरका व्यापारीहरुलेसमेत फुटपाथ मिचिने गरि सडकमै व्यापार गरिरहेको, नक्साभन्दा बाहिर संरचना बनाएका र पार्किङका लागि भए बमोजिमका व्यवस्था बिहीबारसम्म गरिसक्न निर्देशन दिएको छ। बिहिबारसम्म व्यवस्थित नगरे आवश्यक कारबाही गर्ने चेतावनी उनले दिएका छन्।

निर्वाचित भएर आएदेखि उनलाई काठमाडौंको फोहोर व्यवस्थापनको समस्याले सतायो। उचित विकल्प खोज्न नसकेको भन्दै उनको व्यापक आलोचनासमेत भयो। तर, त्यतातिरको समस्या समाधान उन्मुख देखिएपछि अन्य क्षेत्रबाट फोहोर व्यवस्थापनमा गुमेको साख फर्काउने कोशिसमा लागेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्