काठमाडौं– मंगलबार साढे ३ किलो सुनसहित पक्राउ परेका थाई महिलाले तस्करीको अनौठो शैली प्रयोग गरेका छन्। उनीहरुले बेल्टको बक्कल, घडीको कभर, सिक्का र चाबी बनाएर सुन तस्करी प्रयास गरेको प्रहरीले जनाएको छ।
बैंककबाट आएकी जुथामास र प्रेरायानुमले यस्तो तरिका अपनाएका हुन्। जुथामासबाट २१ वटा तथा प्रेरायानुमबाट २२ वटा सुनका टुक्रा बरामद भएको एसपी दिनेशराज मैनालीले बताए।
सोमबारमात्र तीन किलो सुनसहित ५ जना भारतीय विमानस्थलमा पक्राउ परेका थिए। उनीहरुले सुटकेशको पांग्रा नै सुनको बनाएर तस्करी प्रयास गरेका थिए।
केही दिनयता विमानस्थलमा दैनिक करोड रुपैयाँ बराबरको सुन बरामद भइरहेको छ। भारत सुन तस्करी गर्ने गिरोहले नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।